असार १६, काठमाडौँ | संखुवासभामा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच जम्काभेट भएको छ । त्यसक्रममा फायरिङ भएको प्रहरीले दाबी गरेको छ । तर, दुवै पक्षमा कुनै क्षति भएको छैन ।
प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीका अनुसार सिलिचोङ गाउँपालिका-१ मा गस्तीका लागि टोली गएको थियो । ‘गस्तीमा टोली गएको छ, कहिले काहीँ फिल्डमा जाँदा सांकेतिक फायरिङ हुन्छ । अरु केही होइन ।’प्रहरीको भनाइ छ |
हुइंला भन्ने स्थानमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेको र उनीहरुले फायर गर्दै जंगलतिर भागेपछि प्रहरीतर्फबाट पनि गोली चलेको छ | थप बिवरण आउन बाकि छ | प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले भने | अहिले त्यस क्षेत्रमा थप मद्दतको टोली पनि पठाइएको प्रहरीले जानकारी दिएको छ |