२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मानव अधिकार उल्लङ्घनमा सबैभन्दा बढी बलात्कारका घटना

२०७६, १७ असार मंगलवार १०:२२

असार १७,  खोटाङ  | गएको छ महीनामा खोटाङ जिल्लामा भएको मानव अधिकार उल्लङ्घनका घटनामा सबैभन्दा बढी बलात्कारसम्बन्धी घटना भएकोे पाइएको छ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङ शाखाले सोमबार सार्वजनिक गरेको मानव अधिकार उल्लङ्घनका घटनासम्बन्धी प्रतिवेदनमा जिल्लामा १४ बलात्कारसम्बन्धी घटना भएका थिए । 

‘नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२० को पूर्व अर्धवार्षिक समीक्षा’मा गत पुस–१५ देखि हालसम्मका प्रतिनिधिमूलक घटना प्रस्तुत गरिएको थियो । यस अवधिमा छ बलात्कार तथा आठ बलात्कार प्रयासको घटना भएको इन्सेक प्रतिनिधि रामधन राईले जानकारी दिनुभयो । 

इन्सेकको अभिलेखअनुसार बलात्कारका घटनामा बालिका बढी पीडित भएका थिए । जिल्लामा चार बालिका तथा दुई महिलामाथि बलात्कारको घटनासम्बन्धी तथा  पाँच महिला र तीन बालिकामाथि बलात्कार प्रयास भएको उजुरी दर्ता भएका थिए । 

बलात्कार प्रयाससम्बन्धी मुद्दाका चार आरोपीले भने सफाइ पाइसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । “पीडित भनिएकाले रिसिइबीका कारण मुद्दा दर्ता गराएका रहेछन्”,उहाँले भन्नुभयो, “प्रहरीमा उजुरी आएपछि घटनाका बारेमा अनुसन्धान गर्दा उनीहरु निर्दोष रहेको पाएपछि पीडक भनिएकालाई अदालतले सफाइ दिएको थियो ।”

यस्तै हाडनातामा पर्ने एक बालिकालाई जबर्जस्ती करणी गर्ने एक जनालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतले जनाएको छ । इन्सेकको प्रतिवेदनअनुसार दुई महिलाको हत्या, दुई महिलालाई कुटपिट गरी घाइते बनाइएको र एक जनालाई हत्याको प्रयास गरिएको घटना दर्ता भएका थिए । 

छ महीनाको अवधिमा जिल्लामा एउटा मात्र बहुविवाहको मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा