2026-09-13 04:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

बालविवाहका कारण विद्यालय छाड्न बाध्य बालिकाहरु

असार १८,  पाल्पा | पाल्पा पाल्पाको निस्दी गाउँपालिका–२ का १५ वर्षीया मनमाया (नाम परिवर्तन) विवाहको तयारीमा जुटेकी छिन् । सोही गाउँपालिका–२ स्थित बालहित माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत रहेकी ती किशोरी विवाहको तयारीमा पढाइ नै छाडिन् ।  

“घरमा बसेर पनि पढ्ने वातावरण छैन, विद्यालय गएर मात्र के गर्नु भनेर बिहे गर्ने तयारीमा छु”,मनमायाले बताइन् । “सानै उमेरमा बालिकालाई विवाह गर्न बाध्य पार्ने हाम्रो सामाजिक संस्कार यस्तै छ”,सो विद्यालयका प्रधानाध्यापक नवलसिं बिरकट्टाले भन्नुभयो, “विशेष गरी गरीबी र चेतना अभावका कारण सानै उमेरमा विवाह गरेर पढाइ छाड्ने बालिका धेरै छन् यहाँ ।” 

सोही विद्यालयकै कक्षामा ६ पढ्दै गर्दा फुलमाया (नाम परिवर्तन) को पनि बिहे भयो । उनी पनि बिहे गरेपछि विद्यालय आउनै छाडिन् । उनलाई पढ्ने उमेरमा विद्यालयभन्दा पनि घरधन्दाको बोझ थपिएपछि बीचमै विद्यालय छाड्न बाध्य भइन् ।

“घरपरिवार आफन्त सबैले बिहे गर्न दबाब दिए, बिहे गरेपछि पनि पढ्छु भनेको थिए तर घरबाट पठाएनन्, घरायसी कामधन्दाले एकछिन पनि फुर्सद छैन”, उनले भनिन् । पढ्ने रहर भए पनि घर परिवारमा पढ्ने वातावरण नै नभएको उनी बताउँछिन् । 

सोही विद्यालयमा पढ्ने श्यामबहादुर र बाटुली (नाम परिवर्तन) ले पनि विवाह गरे । उनीहरु विवाह नहुञ्जेलसम्म नियमित विद्यालय आउने जाने गर्थे । विवाह भएपछि अहिले नियमित विद्यालय आउनै छाडेका छन् ।

यो विद्यालयमा उमेर नपुग्दै विवाह गर्ने अधिकांश बालिका रहेका छन् । वर्षेनी पाँच÷सात जनाको हाराहारीमा विद्यालय उमेरमा नै विवाह गरेर घरजम गर्ने गरेको प्रधानाध्यापक बिरकट्टाले बताउनुभयो । 

“बिहेपछि बीचमै पढाइ छाड्ने अधिकांश छन् भने केही बालिका कहिलेकाहीँ मात्र विद्यालय आउने जाने गरेका छन्, बिहेपछि उनीहरुको पढाइमा नियमितता छैन”, उहाँले भन्नुभयो ।

‘बिहेवारी बीस वर्ष पारी’ भन्ने गरिन्छ तर, पाल्पामा बालविवाह गर्ने र यसपछि बालिका यौन हिंसाको शिकार हुने क्रम बढ्दो देखिन्छ । नेपालको कानूनले २० वर्षमुनि विवाह गर्न निषेध गरेको छ । तर, कानूनबारे जानकारी नहुँदा र चेतना अभावका कारण धेरैजसो अभिभावकले विद्यालय उमेरमा नै छोरीलाई बिहे गरेर पठाउने गरिन्छ ।

कतिपयको पारिवारिक दबाब, कतिपयले आफ्नै रहरले बिहे गरी बालिका कलिलै उमेरमा घरजम गर्दै आइरहेका छन् । बिहे भएपछि बीचमै विद्यालय छाडेर घरायसी धन्दामा सीमित रहँदै आएको पाइएको छ । 

ग्रामीण भेगमा शिक्षाको चेतना अझै पनि अभिभावकसमक्ष नपुगेका कारण उमेर नपुग्दै आफ्ना सन्ततिको विवाह गरिदिँदा उनीहरु पढ्नबाट वञ्चित हुन पुगेको उहाँले बताउनुभयो । 

विद्यालयले बालविवाह न्यूनीकरणका लागि बेला बेलामा अभिभावकलाई बोलाएर विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गरिरहेको छ । विशेष गरी ग्रामीण भेगमा बसोबास गर्ने गरीब, विपन्न र आर्थिक तथा सामाजिक रुपमा पछाडि पारिएका समुदायका परिवारमा उमेर नपुग्दै छिटो विवाह गरेर वैवाहिक जीवनमा बाँधिने गरेको पाइन्छ ।

शहरोन्मुख हुँदै गरेका क्षेत्रमा बालविवाहको दर घट्दो अवस्थामा रहे पनि दुर्गम, विकट क्षेत्रका विद्यालयमा उमेर नपुग्दै बालिका विवाह गरेरबीचमै पढाइ छाडी घरजम गर्नेको सङ्ख्या धेरै रहेको नगरपालिकाका शिक्षा अधिकृत रमाकान्त अर्यालले बताउनुभयो ।

“विद्यालयमा पुगेर अभिभावक, विद्यार्थीबीचमा बालविवाहले समाजमा निम्त्याउने परिणाम, कलिलै उमेरमा अभिभावक बन्दा स्वास्थ्यमा पार्ने असरजस्ता विषयमा जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ”, नगर शिक्षा अधिकृत अर्यालले भन्नुभयो । विद्यालय उमेरमा नै विवाह गरेपछि उनीहरु घरायसी कामको बोझका कारण विद्यालय छाड्न बाध्य भएका छन् । पढ्ने चाहना हुँदाहुँदै पनि बीचमै पढाइ छाडेर घरजम गर्नुपर्ने बाध्यता छ ।

“विद्यालय पढ्न पुगेकी छात्रा १०÷११ वर्ष नपुग्दै विवाह बन्धनमा बाँधिनुपर्ने बाध्यता हुन आउँछ । जसले उनीहरु पढाइ छाड्न बाध्य हुन्छन् । अहिले यो समस्या सामाजिक परम्परा बनिरहेको छ”, शिक्षा अधिकृत रमाकान्त अर्यालले भन्नुभयो ।

भएको नियम कानूनबारे चेतना नहुँदा पनि सानै उमेरमा विवाह गर्ने प्रचलनले बाल यौन हिंसा बढाएको छ, उहाँले भन्नुभयो, “सानै उमेरमा विवाह गर्दा विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या बढ्दै गई यसले बाल यौनहिंसासमेत बढाएको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन