२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा पेट्रोलियम व्यवसायीको मनपरी

१८ असार २०७६, बुधबार १०:५३

 असार १८, नुवाकोट | सरकारले निर्धारण गरेकोभन्दा बढी मूल्यमा नुवाकोटमा पेट्रोलियम पदार्थ बिक्री भएको वर्षांै भइसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिँदा सवारी चालक र उपभोक्ता ठगिँदै आएका छन् । बढी मूल्य नलिनका लागि जिल्ला प्रशासनमा स्थानीयवासीले पटक पटक आग्रह गरे पनि अझै घटाउन पहल भएको छैन । 

जिल्ला प्रशासनले पेट्रोल बिक्री वितरण गर्ने व्यवसायीहरुलाई गत माघ महीनाको दोस्रो साता बोलाएर  छलफल गरेकामा उनीहरूले एक हप्ताभित्रै सरकारी मूल्यअनुसार नै पेट्रोलियम पदार्थ वितरण गर्ने प्रतिबद्धता गरेका थिए तर छलफल भएको छ महीना बितिसक्दा पनि बढी शुल्क लिएरै ती पदार्थ बिक्री वितरण गर्दै आएका छन् । 

प्रशासनले उपभोक्ता र व्यवसायीलगायत सरोकारवालासँग समन्वय गर्दै मूल्य सन्तुलन कायम राख्नेदेखि उपभोक्ताको अधिकार सुरक्षित पहल गरे पनि व्यवसायीहरुले अटेर गर्दै आएका थिए  । 

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल भन्नुहुन्छ, “म कार्यालयमा हाजिर भएको धेरै भएको छैन । जिल्लाका समस्या र चुनौतिहरु के कस्ता छन् भनेर मैले बुझिरहेको छु । पेट्रोलियम पदार्थका सम्बन्धमा आफूलाई  जानकारी नभएकाले अध्ययन गरेर सरकारी मूल्यअनुसार नै बिक्री गराउने प्रयास गर्ने छु”। उहाँले पेट्रोलियम पदार्थ विक्रेतालाई छिटै  छलफलमा  बोलाएर  मूल्य  सन्तुलन गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान