२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको हलेसीमा दूधकोशीको पानी तान्ने काम तीव्र

२०७६, १८ असार बुधबार ११:५३

असार १८, खोटाङ | धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा नदीको पानी लिफ्टिङ गरेर वितरण गर्ने गरी शुरु गरिएको खानेपानी आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको छ । दूधकोशीको पानी लिफ्ट गरेर गाउँमा सुक्खाग्रस्त क्षेत्र हलेसी, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका उपभोक्तालाई वितरण गर्ने उद्देश्यले शुरु गरिएको बृहत् पम्पिङ प्रविधिको खानेपानी आयोजनाको काम तीव्र गतिमा अगाडि बढाइएको हो ।  

करीब २० हजार उपभोक्ता रहेको उक्त क्षेत्रमा नदीको पानी तान्नका लागि सडक निर्माण, विद्युत् विस्तार, वितरण केन्द्रको ट्याङ्की निर्माण र पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाढि बढाइएको छ । महादेवस्थान, दुर्छिम, मङ्गलटार र बडहरेका लागि दूधकोशीको महादेवबेँसी तथा च्यास्मिटार, डिकुवा र बडहरेका उपभोक्ताका लागि दूधकोशीकै पिप्लेबाट लिफ्टिङ गरेर अग्लो डाँडामा पानी निकालेर वितरण गरिनेछ । 

मुख्य वितरण केन्द्र रहने हलेसीको काभ्रे र अर्को मुख्य वितरण केन्द्र रहने डिकुवाको भुम्जुडाँडामा ट्याङ्की निर्माणको काम धमाधम भइरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले बताउनुभयो । “विद्युत्मार्फत सल्लेको महादेवबेँसीबाट तानिने पानीलाई एक हजार ७५८ मिटरको उचाइमा पर्ने काभ्रेमा निर्माण गरिने ट्याङ्कीमा जम्मा गरेर चार वटा वडाका उपभोक्तालाई वितरण गरिनेछ”,उहाँले भन्नुभयो, “एक हजार ७२४ मिटर उचाइ रहेको भुम्जुडाँडामा निर्माण गरिने अर्को ट्याङ्कीबाट च्यास्मिटार, डिकुवा र बडहरेका उपभोक्ताको घरघरमा पु¥याउने योजना बनाइएको छ ।”

दुवै स्थानमा निर्माणाधीन ट्याङ्की १२-१२ लाख लिटर क्षमताको हुने जनाइएको छ । काभ्रे र भुम्जु दुवै ठाउँमा चार-चार लाख लिटरको तीन-तीन वटा ट्याङ्की निर्माण गरिने हलेसी तुवाचुङ नगरपालिकाका प्रमुखसमेत रहनुभएका निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले जानकारी दिनुभयो

नजिकमा पानीको स्रोत नभएको, भएको स्रोत सुक्दै गएको र अन्यत्रबाट पानी ल्याउने सम्भावना कम भएका कारण नदीकै पानी लिफ्टिङ गरेर निकाल्ने आयोजना शुरु गरिएको जनाइएको छ । उत्तरी क्षेत्रमा पर्ने तापखोला, भाङ्गुखोला, चिमचिमाखोला र नाखामखोलाबाट उक्त सुक्खाग्रस्त क्षेत्रमा पानी लैजान सकिने सम्भावना भए पनि मुहान पाउन नसकिएको उपभोक्ता समितिले जनाएको छ । 

करीब दुई हजार २०० मिटर तल रहेको दूधकोशी नदीको पानी हलेसी क्षेत्रमा निकाल्न खानेपानी तथा ढल निकास विभागको टोलीले विस्तृत सर्भेक्षणको काम गरेको थियो । लिफ्टिङको मुख्य लाइनका लागि महादेव खिम्ती कन्स्ट्रक्सन र वितरणका लागि लामा कन्स्ट्रक्सन र सगरमाथा कन्स्ट्रक्सन प्रालि जेभीले जिम्मा लिएको छ । 

करीब रु एक अर्ब लगानीमा सम्पन्न हुने उक्त आयोजना तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी तथा आसपासमा अहिले वर्षाको पानी जम्मा गरेर र दूधकोशी नदीबाट गाडीमा बोकेर ल्याएको पानी उपभोग गर्ने गरिएको छ । 

सडकको सुविधा नभएका ठाउँमा बसोवास गर्ने स्थानीयवासी घण्टौँ लगाएर डोकोमा बोकेर ल्याएको पानी उपभोग गर्न बाध्य छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको सात वटा वडामा उक्त रमस्या रहेको छ । मानिसले घण्टौँ टाढाबाट बोकेर ल्याएको पानी उपभोग गरे पनि पशुचौपायको लागि ज्यादै समस्या रहेको छ । वर्षायाममा घरको छानाबाट झरेको पानी पाइपमार्फत जम्मा गरेर उपभोग गर्दै आएका हलेसी तथा आसपासका स्थानीयवासी यस वर्ष भने अहिलेसम्म वर्षात् शुरु नहुँदा झनै समस्यामा परेका छन् । 

खानेपानी अभावकै कारण हलेसी आसपासका स्थानीयवासीको कतिपय बालबालिका विद्यालय जानबाट समेत वञ्चित भएका छन् । वैदेशिक रोजगारी तथा अन्य कामका सिलसिलामा अभिभावक घर बाहिर रहेका कतिपय परिवारका बालबालिका आफैँ पानी बोक्न जानुपर्ने बाध्यताले विद्यालय जानबाट वञ्चित हुने गरेका वडा नम्बर–३ च्यास्मिटारका स्थानीयवासी एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हलेसी नगर समितिका अध्यक्ष सुरेन्द्रकुमार राईले बताउनुभयो । 

मध्यपहाडी लोकमार्गमा पर्ने त्रिधार्मिकस्थल हलेसी क्षेत्रका कतिपय स्थानीयवासी खानेपानी अभावकै कारण बसाइँ सरेर अन्यत्र गइसकेका छन् । लामो समयदेखि पानीको समस्या झेल्दै आएका उक्त क्षेत्रका स्थानीयवासी ढिलै भए पनि नदीको पानी लिफ्ट गरेर निकाल्ने आयोजनाको काम अघि बढेपछि हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा