२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा प्रधानमन्त्री रोजगार कार्यक्रम : ५२ राउटेलाई रोजगारी

२०७६, १९ असार बिहीबार ११:५६

 असार १९, दुल्लु । कर्णालीका विभिन्न जिल्लामा जीवनयापन गर्दै आएका लोपोन्मुख राउटे समुदायले रोजगारी पाएका छन् । सामुदायिक वन क्षेत्रको काठ काटेर कलात्मक भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आएका राउटे समुदायका युवा र महिलालाई दैलेखको गुराँस गाउँपालिकाले रोजगारी प्रदान गरेको हो ।  ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत समुदायका युवा र महिला गरी ५२ जनालाई रोजगारी दिइएको छ । 

कार्यक्रमअन्तर्गत रोजगारी पाएको राउटेलाई नाङ्गो डाँडाहरुमा वृक्षरोपण गर्न लगाइएको छ । उनीहरुले वन संरक्षणको कार्य गर्ने गाउँपालिकाले जनाएको छ । उनीहरुले टिमुर, काउलो लगायतका बिरुवा रोप्नाका साथै वन संरक्षणको कार्य गर्नेछन् । त्यसका लागि गाउँपालिकाले विभिन्न औजारहरुसमेत उपलब्ध गराएको छ । राउटेहरु अब रूख काट्ने र मास्ने मात्र नभई वृक्षरोपण गर्नुपर्छ भन्ने भावना जगाउने गाउँपालिकाले लक्ष्य लिएको छ । उनीहरुलाई काम गरेबापत राष्ट्रिय मापदण्डको आधारमा प्रतिदिन प्रतिव्यक्ति ५१७ रुपैयाँका दरले ज्याला उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो । 

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गुराँस गाउँपालिकाको स्थायी नागरिकका रुपमा रहेका राउटे समुदायका व्यक्तिहरुको नाम बेरोजगारमा सूचीकृत गरेर रोजगारी दिएको अध्यक्ष ओलीले बताउनुभयो । गाउँपालिकाभित्र हुने विभिन्न विकास निर्माणका काममा राउटे समुदायलाई पनि समावेश गरेर व्यवस्थित ढङ्गबाट परिचालन गरी कार्यक्रमलाई सफल बनाउने उहाँको दाबी छ । 

राउटे समुदायको क्षेत्रमा काम गर्दै आएको सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापाले राउटे समुदायलाई सबैले वन विनाश गर्छन् भनेर बुझ्ने गरेकामा त्यसलाई सकारात्मक चेतना दिनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत राउटेहरुले वृक्षरोपण गर्ने कार्यमा लागेको बताउनुभयो । “यसअघि जथाभावी वन विनाश हुन्थ्यो, वातावरणमा नकारात्मक प्रभाव पथ्र्यो, उनीहरुलाई नै वृक्षरोपणको कार्यमा संलग्न लगाएपछि राउटे समुदायलाई पनि वनप्रति अपनत्व जाग्नेछ”, उहाँले भन्नुभयो । यो कार्यक्रमले राउटे समुदायमा वन विनाश रोक्नुपर्छ र वन संरक्षणमा जागरण ल्याउन मद्दत पुग्ने उहाँको भनाइ छ । 

कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र आयआर्जनका कार्यहरु पनि भइरहेको रोजगार संयोजक मोहन पौडेलले बताउनुभयो । रोजगारी पाएका राउटे युवा मात्र नभई महिलाहरुसमेत वृक्षरोपणको कार्यमा खटिएका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाको बेतिनी खोला किनारबाट एक महीनाअघि दैलेखको गुराँस गाउँपालिका–५ कान्छीबजारमा उनीहरुले बस्ती सारेका छन् । राउटे समुदायको जनसङ्ख्या १४६ छ । उनीहरु कल्याल, रास्कोटी र राजवंशी ठकुरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित