२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा प्रधानमन्त्री रोजगार कार्यक्रम : ५२ राउटेलाई रोजगारी

१९ असार २०७६, बिहीबार ११:५६

 असार १९, दुल्लु । कर्णालीका विभिन्न जिल्लामा जीवनयापन गर्दै आएका लोपोन्मुख राउटे समुदायले रोजगारी पाएका छन् । सामुदायिक वन क्षेत्रको काठ काटेर कलात्मक भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आएका राउटे समुदायका युवा र महिलालाई दैलेखको गुराँस गाउँपालिकाले रोजगारी प्रदान गरेको हो ।  ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत समुदायका युवा र महिला गरी ५२ जनालाई रोजगारी दिइएको छ । 

कार्यक्रमअन्तर्गत रोजगारी पाएको राउटेलाई नाङ्गो डाँडाहरुमा वृक्षरोपण गर्न लगाइएको छ । उनीहरुले वन संरक्षणको कार्य गर्ने गाउँपालिकाले जनाएको छ । उनीहरुले टिमुर, काउलो लगायतका बिरुवा रोप्नाका साथै वन संरक्षणको कार्य गर्नेछन् । त्यसका लागि गाउँपालिकाले विभिन्न औजारहरुसमेत उपलब्ध गराएको छ । राउटेहरु अब रूख काट्ने र मास्ने मात्र नभई वृक्षरोपण गर्नुपर्छ भन्ने भावना जगाउने गाउँपालिकाले लक्ष्य लिएको छ । उनीहरुलाई काम गरेबापत राष्ट्रिय मापदण्डको आधारमा प्रतिदिन प्रतिव्यक्ति ५१७ रुपैयाँका दरले ज्याला उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो । 

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गुराँस गाउँपालिकाको स्थायी नागरिकका रुपमा रहेका राउटे समुदायका व्यक्तिहरुको नाम बेरोजगारमा सूचीकृत गरेर रोजगारी दिएको अध्यक्ष ओलीले बताउनुभयो । गाउँपालिकाभित्र हुने विभिन्न विकास निर्माणका काममा राउटे समुदायलाई पनि समावेश गरेर व्यवस्थित ढङ्गबाट परिचालन गरी कार्यक्रमलाई सफल बनाउने उहाँको दाबी छ । 

राउटे समुदायको क्षेत्रमा काम गर्दै आएको सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापाले राउटे समुदायलाई सबैले वन विनाश गर्छन् भनेर बुझ्ने गरेकामा त्यसलाई सकारात्मक चेतना दिनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत राउटेहरुले वृक्षरोपण गर्ने कार्यमा लागेको बताउनुभयो । “यसअघि जथाभावी वन विनाश हुन्थ्यो, वातावरणमा नकारात्मक प्रभाव पथ्र्यो, उनीहरुलाई नै वृक्षरोपणको कार्यमा संलग्न लगाएपछि राउटे समुदायलाई पनि वनप्रति अपनत्व जाग्नेछ”, उहाँले भन्नुभयो । यो कार्यक्रमले राउटे समुदायमा वन विनाश रोक्नुपर्छ र वन संरक्षणमा जागरण ल्याउन मद्दत पुग्ने उहाँको भनाइ छ । 

कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र आयआर्जनका कार्यहरु पनि भइरहेको रोजगार संयोजक मोहन पौडेलले बताउनुभयो । रोजगारी पाएका राउटे युवा मात्र नभई महिलाहरुसमेत वृक्षरोपणको कार्यमा खटिएका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाको बेतिनी खोला किनारबाट एक महीनाअघि दैलेखको गुराँस गाउँपालिका–५ कान्छीबजारमा उनीहरुले बस्ती सारेका छन् । राउटे समुदायको जनसङ्ख्या १४६ छ । उनीहरु कल्याल, रास्कोटी र राजवंशी ठकुरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ