२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट : स्थानीयवासीलाई खानेपानी वितरण गरिने

१९ असार २०७६, बिहीबार १२:००

असार १९, विदुर । नुवाकोटको विदुर नगरपालिका–५ स्थित पीपलटारको मुख्य चोकमा डिप बोरिङबाट खानेपानी वितरण गरिने भएको छ ।

प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतिवडा, नगरपालिकाको कार्यालय, विदुर नगरपालिका–५ को वडा कार्यालय र स्थानीयवासीको आर्थिक सहयोगमा डिप बोरिङ निर्माण भएको हो ।

रु २० लाखको लागतमा निर्माण भएको बोरिङ निर्माणका लागि सांसद खतिवडाले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत छुट्याएको रु सात लाख, विदुर नगरपालिका–५ कार्यालयबाट रु पाँच लाख, विदुर नगरपालिकाको कार्यालयबाट रु चार लाख  र स्थानीयवासीको रु चार लाख सहयोग गरेको स्थानीय युवा व्यवसायी तथा समाजसेवी उद्धव पनेरुले जानकारी दिनुभयो ।  

पनेरुले डिप बोरिङको पानीले पीपलटारका करीब सय घरधुरी लाभान्वित हुने र बोरिङमार्फत प्रत्येक घरमा धारा जडान गर्ने बताउनुभयो ।

सञ्चालनमा आएको डिप बोरिङको पानीबाट पीपलटार, माझगाउँ, देविघाट, भथ्रोक लगायतका स्थानमा खानेपानीको व्यवस्था सहज हुने बताइएको छ । बोरिङको पानीलाई एक साता परीक्षण गरी त्यसपछि वितरणको व्यवस्था मिलाइनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध न्यायाधीशसमक्ष रविले भने– तारेखमा छाडिदिनुहोस्, हरेकपटक पीडितको रिपोर्ट बोकेर आउँछु बलात्कार आरोपमा एमाले काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा पक्राउ पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी : ओली अलि बढी ‘खुला र प्रष्ट’, प्रचण्ड सदा झैँ कुटील र ‘छद्‍म’