२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ बन्दै गरेको लमजुङको पर्यटकको आकर्षण चिया बगान

२०७६, २० असार शुक्रबार ०५:४५

असार २०, लमजुङ । नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ बन्दै गरेको क्व्होलासोथर गाउँपालिकाभित्र लगाइएको चिया खेती पर्यटकको मुख्य आकर्षण बन्न थालेको छ । गाउँपालिकाभित्रका घलेगाउँ, भुजुङ, पसगाउँमा लगाइएको चियाबगानमा दैनिक सयौँ आन्तरिक पर्यटक रमाउने गरेका छन् ।

चिया बगानको सुन्दर दृश्य हेर्दा निकै रमाइलो लाग्ने काठमाडौँबाट घलेगाउँ आएका पर्यटक अनिल महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यो चिया बगानले म लगायतसँगै आएको साथीहरुको समेत मन तानेको छ । महर्जन लगायत यहाँ आएका जो कोहीको पनि यस चिया बगान आकर्षणको केन्द्र बन्ने गरेको छ । इलामको चिया बगानको झल्को दिने यस चिया बगान हेर्नकै लागि समेत आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीय कृषक भुजुङकी मीनकुमारी गुरुङले बताउनुभयो । 

घलेगाउँका स्थानीय दीर्घराज घलेका अनुसार दैनिक १०० देखि ३०० सम्म आन्तरिक पर्यटक चिया बगान पुग्ने गर्दछन् । पर्यटकको आकर्षण चिया बगान बन्न थालेपछि गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा लिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । “पहिला यहाँको प्रकृति, संस्कृति हेर्न पर्यटक आउँथे, अहिले चियाबारी हेर्न पनि आउन थालेका छन्”, उहाँले भन्नुभयो”, “यहाँका स्थानीयलाई चिया बगानले आर्थिक समृद्धितर्फ अघि बढाएको छ ।” चियाखेती हेर्न पर्यटकको ओइरो लागिरहेको घलेगाउँ चियाखेतीका अध्यक्ष यमप्रसाद घलेले भन्नुभयो ।

समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको चिया बगान ७५० रोपनीमा लगाइए पनि पाँच सय रोपनी क्षेत्रफलमा राम्रो चियाखेती भइरहेको एक्याप भुजुङका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ताले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पहिलोपटक परीक्षणका रूपमा २०५५ सालमा चियाखेती गरेको थियो । अहिले घलेगाउँमा २०० रोपनी, भुजुङमा ४०० रोपनी  र पसगाउँमा १५० रोपनी क्षेत्रफल जमीनमा चियाखेती गरिरहेको उहाँले जानकारी दिनुभयो । विसं २०५५ बाटै चियाखेतीको शुरुआत गरिए पनि जनयुद्धका कारण चियाखेती फष्टाउन नसकेको र पछि मुलुकमा शान्ति स्थापना भएपछि व्यावसायिकरुपमा चियाखेती गरिएको एक्याप कार्यालय प्रमुख गुप्ताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित