२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा २१ वटा‘सेवाप्रवाह बडापत्र’ सार्वजनिक

२०७६, २१ असार शनिबार ०२:०२

असार २१, झापा | जिल्ला प्रशासन कार्यालय झापाले २१ वटा सरकारी कार्यालयमा सेवाग्राहीले प्रयोग गर्ने विभिन्न निवेदनलगायतका कागजातको नमूना समेटेर पहिलोपल्ट ‘सेवाप्रवाह बडापत्र–२०७५’ प्रकाशित गरेको छ । 

प्रदेश नं १ का मुख्यसचिव सुरेश अधिकारीले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमबीच सो बडापत्रको विमोचन गर्नुभयो । ४०७ पृष्ठ रहेको बडापत्रमा सरकारी कार्यालयमा प्रयोग हुने निवेदन, सिफारिस, दर्तालगायतका महत्वपूर्ण कागजातको औपचारिक ढाँचा राखिएको छ । 

बडापत्रमा जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजश्व कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालय, भूमिसुधार व्यवस्था कार्यालय, कृषि ज्ञान केन्द्रलगायत स्थानीय गाउँपालिका र नगरपालिकामा सेवाग्राहीका लागि आवश्यक पर्ने निवेदनका सबै नमूना समेटिएको छ ।

मुख्यसचिव अधिकारीले देशभरका सरकारी कार्यालयमा एउटै ढाँचाको निवेदन प्रयोग हुने भएकाले झापा प्रशासनले प्रकाशित गरेको बडापत्र उपयोगी र नागरिकमैत्री भएको बताउनुभयो ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यो बडापत्र प्रयोग गरेर हरेक नागरिकले विचौलियाको सहयोगबेगर आफैँ सरकारी कार्यालयको सेवा प्राप्त गर्नसक्षम हुने विश्वास व्यक्त गर्दै अब सरकारी सेवा लिनका लागि कुनै झन्झट नहुने बताउनुभयो ।

निवेदनलगायतका सरकारी कागजातको ढाँचा थाहा नहुँदा विचौलियाले सेवाग्राहीसँग त्यसको नाजायज आर्थिक लाभ लिने गरेको जनगुनासो बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय झापाले सबै सरकारी कार्यालयको निवेदनलगायतको ढाँचा डाउनलोड गर्न सकिने गरी आफ्नो वेबसाइटमा राख्ने तयारी गरिरहेको बडापत्रको सम्पादक मण्डलका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा