2026-09-12 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

विकास निर्माणमा बालबालिकाको प्रयोग

असार २१, जाजरकोट । शुक्रबार बिहानै सिँचाइ डिभिजन कार्यालय र आशा कार्यक्रमको अनुगमनमा भेरी नगरपालिका ८, ९ लगायतका ठाउँमा  जिल्लाका सरकारी अधिकारी पुग्दा त्यहाँ स्कूले बालबालिका पढाइ खर्च जुटाउन एकनासले काम गरिरहेका थिए । 

उनीहरु असार १५ गते विद्यालय बन्द भएपछि पढाइ खर्च जुटाउन विकास निर्माणको काममा सक्रियतापूर्वक लागेको बताउँछन् । उमेर छिपिएका मानिस काममा आउँदा काम ढिलो गर्नुका साथै कामचोर हुने भन्दै बालबालिकालाई काम लगाउँदा छिटो र कम रकम दिए पुग्ने भन्दै उपभोक्ता समिति बालबालिकाको प्रयोग गरिरहेका छन् । समय हुँदासम्म विकास निर्माणका ध्यान नदिने तर असार अन्तिममा आएर मुठीभरको बल प्रयोग गरी असारे विकास गर्ने प्रवृत्तिका कारण यस्तो समस्या आएको हो । पुरानो घट्टस्थित तटबन्ध निर्माण गर्नका लागि शिवशङ्कर मावि जगतीपुरमा कक्षा १० मा पढ्ने देवी राना काममा व्यस्त हुनुहुन्छ । उहाँ बिहानै घरबाट मकैको रोटी कम्मरका बाँधेर तटबन्ध निर्माणको काममा लागिरहनुभएको छ । उहाँलाई दैनिक रु ५०० ज्याला दिने गरी त्यहाँ काममा ल्याइएको हो । देवी भन्नुहुन्छ, “गाउँमा विकास निर्माणको काम भइरहेको थाहा पाइयो, हामीसँग पैसा पनि थिएन, त्यसैले काम गर्न आएका हौँ ।”, विद्यालयमा बिदा भएको समयमा कक्षामा दिएको गृहकार्य र अन्य पढाइसम्बन्धी काम गर्नुपर्ने  भए पनि पढाइ खर्च जुटाउन आफूहरु काम गर्न बाध्य भएको देवीले गुनासो गर्नुभयो । उहाँजस्तै भैरव आधारभूत विद्यालयमा कक्षा ७ मा पढ्ने प्रकाश राना पनि सोही तटबन्धमा काम गरिरहनुभएको छ । उहाँलाई दैनिक रु ५०० नै दिने गरी काममा लगाएको छ । रानाले भन्नुभयो, “यताबाट उपभोक्ता समितिका दाइले फोन गर्नुभयो, काम चलिरहेको छ रु ५०० दिउँला आउ भनेपछि काममा आएको हुँ ।” उहाँहरु जस्तै नौ जनाभन्दा बढी विद्यार्थी सो काम गरिरहेका छन् । त्यस्तै भुरचौर सिँचाइ योजना, शिवालय गाउँपालिकामा निर्माण हुने विकास निर्माणका काममा समेत व्यापकरुपमा विद्यार्थीको प्रयोग बढेको छ । उपभोक्ता समितिले नाफा गर्ने मनसायका कारण विद्यार्थीलाई काममा लगाउने गरेको खुलासा भएको छ । पढाइ खर्च जुटाउन विकास निर्माणका काममा लाग्नुपरेको उनीहरुको भनाइ छ । अहिले जिल्लाका अधिकांश ठाउँमा असारे विकासको काम जारी रहेको छ । विकास निर्माणका कामका सक्रिय सहभागिता जनाउने झण्डै ५० प्रतिशत विद्यालयका छात्रछात्रा रहेका छन् । सबैको एउटै समस्या छ, पढाइ खर्च जुटाउन काम गरिरहेका छौँ, घरको आर्थिक अवस्था कमजोर भएकाले भारत जानुभन्दा घर नजिकैको विकास निर्माणको काम गरिरहेका छौँ ।

विकास निर्माणको काम गर्ने ठाउँमा उपभोक्ता समितिका अध्यक्ष सहभागी भएको कमै देखियो । काममा स्थानीयलाई लगाएर आफू घरको व्यक्तिगत काममा लागेको अधिकांश ठाउँमा पाइएको छ । देशका ठूला, ठूला अनि महँगा विद्यालयमा पढ्न विद्यार्थी पढाइलाई मजबुत बनाउन लागिरहेका बेला जाजरकोटका ग्रामीण क्षेत्रमा पढ्ने बालबालिका भने मजदूर भएर काम गर्न बाध्य छन् । निजी विद्यालय पढ्ने विद्यार्थीलाई परीक्षाको समयमा सामुदायिक विद्यालयमा ल्याएर परीक्षा दिन लगाइने गरेको खुलासा भएको छ । सामुदायिक विद्यालयमा पढाइ शिक्षक, जनप्रतिनिधिका छोराछोरी सरकारी कर्मचारीका छोराछोरी निजी विद्यालयमा पढाउने गरेको देखिन्छ ।

कुशे गाउँपालिकाले पहिलो निर्णय गर्दै सबै सरकारी कर्मचारी, जनप्रतिनिधि र शिक्षकका छोराछोरी सामुदायिकमा पढ्नुपर्ने नीति बनाए पनि अध्यक्ष हरिचन्द्र बस्नेतकै छोरा निजी विद्यालयमा पढ्ने गरेको पाइन्छ । त्यस्तै नलगाड नगरपालिकाका नगरप्रमुखका नातिलगायत अन्य जुनिचाँदे गाउँपालिकाका अध्यक्षका छोराछोरीसमेत निजी विद्यालयमा पढिरहेका छन् । गरीबका छोराछोरी सामुदायिकमा, तर सोही सामुदायिकमा पढाउने शिक्षकका छोराछोरी निजीमा पढाउने गरेको देख्दा शैक्षिक अवस्था कसरी सुधार होला सजिलै अनुमान लगाउन सकिन्छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन