२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा बालश्रम न्यूनीकरण अभियान शुरु

२२ असार २०७६, आईतवार ०६:०३

असार २२, नुवाकोट | विदुर नगरपालिकाको सहयोग तथा सामुदायिक विकास केन्द्र नेपाल र जालपा मिडिया सर्भिसको सहजीकरणमा विदुर नगरपालिकामा बालश्रम न्यूनीकरण अभियान शुरु भएको छ । प्रारम्भिक चरणमा नगरपालिकाका वडा नं १, २, ४ र ५ मा सञ्चालन हुने अभियान आगामी वर्ष सबै वडामा विस्तार हुने नगरपालिकाले जनाएको छ ।

 अभियानअन्तर्गत शनिबार विदुर नगरपालिका–४ को समन्वयमा बट्टारमा बालश्रम न्यूनीकरणका लागि सरोकारवालाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरियो । अन्तक्र्रियामा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बालश्रम न्यूनीकरणका लागि आफूहरु प्रतिबद्ध रहेको र विदुर नगरक्षेत्रलाई बालश्रमरहित बनाउने उद्देश्यका साथ अभियान शुरु गरिएको बताउनुभयो । 

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख गीताकुमारी दाहालले समाज विकासको अवरोधका रुपमा रहेको बालश्रम अन्त्यका लागि सबैभन्दा पहिला परिवार नै जिम्मेवार बन्नुपर्ने बताउँदै यसका कारकहरुको पहिचान गरी समाधान खोजिनुपर्नेमा जोड दिनुभयो । यस्तै कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष टलकमान श्रेष्ठले आफ्नो वडालाई बालश्रम न्यूनीकरणका लागि नमुना वडाका रुपमा बिकसित गरिने बताउँदै बालश्रमको स्रोत र गन्तब्य बन्ने संभावनाको अन्त्य वडाको अभिष्ट रहेको स्पष्ट पार्नुभयो ।

वडा नं ४ भित्रका सहकारी संस्था, महिला स्वयंसेविका, होटल व्यवसायी, यातायात व्यवसायी र विभिन्न विद्यालयका बालक्लबका प्रतिनिधि सहभागी कार्यक्रममा बालबालिकाको क्षेत्रमा काम गर्दै आउनुएका विष्णबहादुर खत्रीले बालश्रम न्यूनीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने जालपा मिडिया सर्भिसका प्रबन्ध निर्देशक शिव देवकोटाले अभियानको सार्थकताका लागि सञ्चालन गरिने कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । 

यसअघि बिहीबार विदुर नगरकार्यपालिकाका सदस्य र सरोकारवालासँग गरिएको अन्तक्र्रियामा बालश्रम न्यूनीकरणका सन्दर्भमा उपनाउनुपर्ने उपाय र आगामी रणनीतिका बारेमा छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान