२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पैसाको अभावमा झापाका १० वर्षे समिरको मृगौला फेरिएन

२३ असार २०७६, सोमबार ०६:५४

असार २३, झापा |  शिवसताक्षी ७ हरियाली बस्तीका कक्षा ३ उतिर्ण बालक समिर माझी जीन र मृत्युको दोसाँधमा छन् । उनका दुईवटै मृगौला खराव भएका छन् । मृगौला रोगबाट थलिएका समिर स्कूल जान नसक्ने भएका छन् । उनी स्कूल जान पनि छाडेका छन् ।  

विगत चार वर्षदेखि मृगौला रोगबाट थलिएका समिरको आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण हुन सकेको छैन । आमा रेणु माझीले मृगौला दिने भए पनि गरिबीका कारण त्यारोपण गर्न नसकेको बुबा गोपाल माझीले बताए । सम्पतिका नाममा झुप्रो घर भएको एक कठ्ठा जमिन पनि छोराको उपचारका लागि धितो राखेको माझीले बताए । 

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले त्रिवि शिक्षण अस्पताल काठमाडौँमा मृगौला प्रत्यारोपण्मा लागि रिफर गरेको छ । तर, उनीसँग आर्थिक जोह नहुँदा छोराको मृगौला प्रत्यारोपण गर्न सकेका छैनन् । छोरो बचाउन पाए हुन्थ्यो, बुबा गोपालले भने, पैसा नभएरै छोराको मृगौला फेर्न पाइन । छोरा पनि बेला बेला सोध्छ, बुबा अब मलाई निको हुँदिन ? हुन्छ, हामी उपचार गर्दछौँ त भन्छौँ तर खै बचाउन पो सकिएला नसकिएला ! 

गोपालले छोरा बचाउने अझै आश मारेका छैनन् । पत्रपत्रिकामा समाचार छापिए, सहयोगिमनले सहयोग गर्लान भन्ने अपेक्षा छ । छोराको उपचार भन्दा दिमागमा केहि नभएको सुनाए । बुबा गोपाल माझी र छोरा समिर माझीको नाममा रहेको मेघा बैंक नेपाल, व्याङ्डाँडा, शिवसताक्षी शाखाको ०१७००५२६३१८०६ नम्बरको खातामा सहयोगका लागि आग्रह गरेका छन् । 

समिरको उपचारका लागि बीरबहादुर माझीको संयोजकत्वमा समिर बचाउ अभियान समिति गठन भएको छ । समितिले पनि जसले जति सकिन्छ त्यति सहयोग गरे बालकको जीवन बचाउन सकिने भएकाले सहयोगका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य