2026-09-19 06:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

आगामी तीन वर्षमा भक्तपुर देशकै नमूना जिल्ला बन्ने श्रममन्त्रीको दाबी

असार २३, भक्तपुर । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले निर्वाचनको समयमा जनतासमक्ष गरेका प्रतिबद्धता आगामी तीन वर्षभित्रमा अक्षरश पालना पूरा गर्ने बताउनुभएको छ ।

चाँगुनारायण नगरपालिकाको पाँचाँै नगरसभाले पारित नीति, कार्यक्रम तथा बजेट पुस्तिका सार्वजनिक गर्दै उहाँले अञ्जानमा भएका त्रुटिलाई जनताको सुझावका रुपमा ग्रहण गर्दै सच्याएर समृद्धिको गन्तव्यमा पुगेरै छाड्ने बताउनुभयो । 

प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको सिङ्गो जिल्ला विकासमा लम्किएको बताउँदै आगामी तीन वर्षमा भक्तपुर देशकै नमूना जिल्ला बन्ने बताउनुभयो । 

प्रदेश नं ३ का प्रदेश सदस्य शशीजङ्ग थापा, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, चाँगुनारायण नगरपालिकाका प्रशासकीय अधिकृत चिरिञ्जीवी तिमिल्सिनाले स्थानीय सरकारले विकासको मूल फुटाएको बताउनुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले एक अर्ब ४१ करोड ८० लाखको बजेट सार्वजनिक गरेको बताउँदै पछाडि परेको चाँगुनारायणमा विकासको बहार आएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई