२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ

२०७६, २४ असार मंगलवार ०५:५१

असार २४, सिरहा | प्रहरीले सिरहाको गोलबजारबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगरसहित गोलबजार नगरपालिका–५ निवासी २५ वर्षीय बलिराम महतोलाई पक्राउ गरेको हो । 

पक्राउ परेका महतोको घरमा खानतलासी गर्दा लागुऔषध ब्राउन सुगर छ किलो ३०० ग्राम बरामद भएको र निजको शरीर तलासी गर्दा नगद रु २२ हजार ८१० र सामसुङ कम्पनीको मोबाइल एक थानसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।

यस्तै प्रहरीले सिरहा नगरपालिका–१९ दशगजाबाट करीब रु ५० हजार मूल्य बराबरको अवैध मदिरा बरामद गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको बीआर३२एच ९००६ नंको मोटरसाइकललाई शङ्का लागेर जाँच गर्दा तीन कार्टुन बियर, दुई कार्टुन सोफिया मदिरा, एक कार्टुन ब्ल्याक रक्सी बरामद गरेको छ । 

पोखरीमा डुबेर नाबालिकाको मृत्यु 

पोखरीमा डुबेर सिरहाको औरही गाउँपालिका–५ बबनटोलीमा एक नाबालिकाको मृत्यु भएको छ । सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर स्थानीय भरत यादवको अढाई वर्षीया छोरी अन्सु यादवको मृत्यु भएको हो ।

पोखरीमा डुबेर सिकिस्त भएकी अन्सुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र औरही लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला