२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ

२४ असार २०७६, मंगलवार ०५:५१

असार २४, सिरहा | प्रहरीले सिरहाको गोलबजारबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगरसहित गोलबजार नगरपालिका–५ निवासी २५ वर्षीय बलिराम महतोलाई पक्राउ गरेको हो । 

पक्राउ परेका महतोको घरमा खानतलासी गर्दा लागुऔषध ब्राउन सुगर छ किलो ३०० ग्राम बरामद भएको र निजको शरीर तलासी गर्दा नगद रु २२ हजार ८१० र सामसुङ कम्पनीको मोबाइल एक थानसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।

यस्तै प्रहरीले सिरहा नगरपालिका–१९ दशगजाबाट करीब रु ५० हजार मूल्य बराबरको अवैध मदिरा बरामद गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको बीआर३२एच ९००६ नंको मोटरसाइकललाई शङ्का लागेर जाँच गर्दा तीन कार्टुन बियर, दुई कार्टुन सोफिया मदिरा, एक कार्टुन ब्ल्याक रक्सी बरामद गरेको छ । 

पोखरीमा डुबेर नाबालिकाको मृत्यु 

पोखरीमा डुबेर सिरहाको औरही गाउँपालिका–५ बबनटोलीमा एक नाबालिकाको मृत्यु भएको छ । सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर स्थानीय भरत यादवको अढाई वर्षीया छोरी अन्सु यादवको मृत्यु भएको हो ।

पोखरीमा डुबेर सिकिस्त भएकी अन्सुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र औरही लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान