२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

वासिङटन डिसीमा डुवान, ह्वाइटहाउस समेत पानीबाट प्रभावित

२०७६, २४ असार मंगलवार १०:२९

असार २४, ऐजेन्सी | अमेरिकाको वासिङ्टन डिसीमा अत्यधिक बर्षाका कारण डुवान भएको छ । वासिङ्टन डिसी र यस आसपासमा सोमबार आएको अत्यधिक बर्षाका कारण डुवान हुनुका साथै विद्युत र यातायात सेवा अवरुद्ध भएको हो । 

राष्ट्रिय मौसम सेवा कार्यालयले उक्त क्षेत्रमा बाढी आउने चेतावनी समयमै दिएकाले बाढीको कारण मानवीय क्षति भने भएको छैन । बाढीबाट सडक तथा घरहरु डुबेका छन् । 

अमेरिकाको राजधानीमा रहेको रोनाल्ड रेगन विमानस्थलमा ३.३ इन्चसम्म पानी भरिएकाले विमान सेवा पनि प्रभावित भएको थियो । रेल सेवा पनि प्रभावित भएको अधिकारीहरुले जनाएका छन् ।  

  अचानक आएको बर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस समेत पानीबाट प्रभावित भएको थियो । त्यसैगरी महत्वपुर्ण दस्तावेजहरु रहेको कार्यालय पनि बाढीमा परेको जनाइएको छ । 

सुरक्षाकर्मी र उद्धारकर्ताहरूले बाढीमा परेकालाई उद्धारको प्रयास गरिरहेका छन् । कतिपय प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ