२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दिया र कैलाली जोड्ने पुल मर्मत नहुँदा जोखिममा

२५ असार २०७६, बुधबार ०७:४५

असार २५, बर्दिया | बर्दियाको राजापुर हुलाकी राजमार्गअन्तर्गत बर्दियाको राजापुर र कैलाली जोड्ने कर्णाली नदीको सत्तीघाटमा निर्मित पुल मर्मत नहुँदा उच्च जोखिममा परेको छ । गत वर्षदेखि नै पुलको राजापुरतर्फको किनारमा ठूलो प्वाल परे पनि सम्बन्धित निकायले ध्यान नदिँदा पुल उच्च जोखिममा परेको हो ।

प्रदेश नं ५ र प्रदेश नं ७ लाई जोड्ने पुलको अन्तिम पिल्लरसँगै बनाइएको तटबन्धको तारजाली वर्षेनी भाँसिदै गएको राजापुर नगरपालिका–१ का बासिन्दा प्रभानन्द न्यौपानेले बताउनुभयो । कर्णाली नदीले धार परिवर्तन गरी पानी बग्न थालेकाले पुलको किनारमा ठूलो प्वाल परेको देखिन्छ । उहाँका अनुसार पुलको राजापुरतर्फको दुवै किनारमा नदीले तलबाट कटान गरेर ठूला ठूला प्वाल परेको छ । पुल किनारमा परेका प्वालका कारण सवारी साधनलाई आवतजावतमा समस्या परेको छ । प्वाल परेको ठाउँमा तारजाली राखिएको छ । पुलको उत्तरतर्फ बनाइएको तटबन्ध भत्किने अवस्थामा पुगेपछि पुल उच्च जोखिममा परेको हो । रसुवा कन्स्ट्रक्सन प्रालिले पाँच वर्षअघि पुल निर्माण गरेपछि गत वर्षसम्म मर्मत गर्दै आएको थियो तर गत वर्षदेखि उक्त कम्पनीको मर्मत गर्ने समय सकिएसँगै यस वर्ष पुलमा परेका प्वाल जस्ताका त्यस्तै छन् । स्थानीयवासीका अनुसार पुल निर्माण भएको एक वर्षपछि नै तारजाली भासिन थालेको थियो ।

वर्षायाम लागेसँगै नदीमा पानीको सतह बढ्न थालेपछि तारजाली भासिने गरेको बर्दिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार रेग्मीले बताउनुभयो । “नदीमा पानीको सतह बढेसँगै पुलको किनारको तारजाली भासिँदै गएको छ”,उहाँले भन्नुभयो, “गत वर्षसम्म निर्माण कम्पनीले तारजाली भर्दै आए पनि यस वर्ष कसैले ध्यान नदिएका कारण पुल जोखिममा परेको हो ।”स्थानीयवासीले पुल संरक्षणका लागि नदीको बीचमा बनेका साना टापु सफा गर्नुपर्ने माग गर्दै आइरहेका छन् । कर्णाली चिसापानी पुलभन्दा तल कर्णाली नदीको बीचमा सयौँको सङ्ख्यामा टापु छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता