३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा विश्वविद्यालयमा तालाबन्दी

२५ असार २०७६, बुधबार १२:०२

असार २५, पोखरा  | परीक्षामा छुटेकालाई मौका परीक्षा दिन माग गर्दै पोखरा विश्वविद्यालयका बिपिएचका विद्यार्थीले केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेका छन् । 

गत शुक्रबारदेखि क्याम्पसको सेवा आयोग, उपकुलपतिको कक्ष, लेखा लगायतका शाखामा विद्यार्थीले तालाबन्दी गरेका हुन् । 

परीक्षामा छुटेकालाई मौका परीक्षा सञ्चालन नगरे थप आन्दोलन गर्ने उनीहरुले क्याम्पस प्रशासनलाई चेतावनी दिएका छन् । पब्लिक हेल्थको स्नातक तहको (बिपिएच) पहिलो सेमेष्टरका ३४६ विद्यार्थीमा १६० विद्यार्थीको परीक्षा गत वैशाखमा छुटेको थियो । 

स्नातक तह व्यवस्थापन सङ्कायमा भर्ना हुन न्यूनतम ‘सि’ ग्रेड ल्याउनुपर्नेमा सो नगरिएकाले विधि मिचिएको भन्दै वैशाखमा गरिएको आन्दोलनमा  बिपिएचका विद्यार्थी छुटेका थिए । क्याम्पसले भर्ना गरेका ३४६ विद्यार्थीलाई  परीक्षामा सहभागी गराउन सर्वोच्चले आदेश दिएको थियो । 

सो विरोधमा उत्रिएका केही विद्यार्थी  घाइते समेत भएका थिए । 

छुटेका विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउन मिल्ने नमिल्ने बारेमा अहिले भन्न सक्ने अवस्था नरहेको परीक्षा समितिका अध्यक्ष एवं क्याम्पसका रजिष्टार गोविन्द शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एकेडेमिक काउन्सिलका अध्यक्ष उपकुलपति प्राध्यापक चिरञ्जीवीप्रसाद शर्मा बिदामा बस्दै हुनुहुुन्छ । उहाँ काठमाडौँ हुनुहुन्छ । उहाँको उपस्थितिबिना परीक्षा समितिले निर्णय गरेर अगाडि बढ्न सक्दैन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड