2026-09-01 01:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अध्यक्षविहीन

असार २९, चितवन | बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा गत असोज ३ गतेबाट रिक्त रहेको अध्यक्ष पदमा अझै नियुक्ति हुनसकेको छैन । 

अध्यक्ष अभावका कारण एशियाकै नमूना अस्पतालको रुपमा विकास गर्न लागिएको यो अस्पतालको व्यवस्थित विकासमा बाधा पुग्ने देखिएको छ । डा प्रकाशचन्द्र न्यौपानेले आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेसँगै विभिन्न व्यक्तिको नाम चर्चा चलेपनि सरकारले यसको टुङ्गो लगाउन सकेको छैन । स्वास्थ्यमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्ले अध्यक्षको नियुक्ति गर्ने प्रावधान छ । 

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार एम डि गरेर क्यान्सर अस्पतालमा १५ वर्ष वा बाह्य अस्पतालमा २० वर्ष काम गरेको अनुभव भएका व्यक्ति मात्र अध्यक्षका लागि योग्यहुने अस्पतालको नियमावलीमा उल्लेख छ । सबै योग्यता पुगेका व्यक्ति कम भएकाले पनि अध्यक्षको टुङ्गो लाग्न ढिला भएको बताइएको छ । 

आचार्यले अहिले सबै निर्णय सञ्चालक समितिको बैठकमार्फत गरिँदै आएको जानकारी दिनुभयो । काम नरोकिए पनि छलफल गरेर काम गर्न नपाएको उहाँको भनाइ छ ।

यसैगरी कतिपय विषयमा पहल गर्ने कुरा र जिम्मेवारीका विषयमा समेत अफ्ठ्यारो परेको आचार्यले बताउनुभयो । सञ्चालक समितिमा १४ सदस्य रहेका छन् । हरेक दुई दुई महीनामा बैठक बस्नुपर्ने हुन्छ । अध्यक्षको रिक्ततासँगै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बैठक बस्ने गरेको छ । पछिल्लो समय अस्पताल सुधारको गतिमा अगाडि बढिरहेको अवस्थामा अध्यक्षको चयन छिटो भएमा अस्पताललाई अझ सुदृढ बनाउन सहयोग पुग्ने बताइएको छ ।

अस्पतालमा छिमेकी देश भारत र नेपालभरबाट उपचारका लागि यहाँ बिरामी आउने गर्दछन् । चीन सरकारको सहयोगमा यो अस्पताल स्थापना भएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला