२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङमा खहरेको बाढीले यातायातसेवा अवरुद्ध

३० असार २०७६, सोमबार ०६:४२

असार ३०, ताप्लेजुङ |  पाथीभरा याङवरक र सिरिजङ्घा गाउँपालिकाको बीचमा पर्ने सोसुङवा खोलामा आएको बाढीका कारण यातायात सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै गए रातिदेखि आएको बाढीका कारण थुम्बेदिन सिनाम सडकखण्डको यातायात सेवा अवरुद्ध भएको हो । 

खोलामा एक्कासि बाढी आएपछि आइतबार हप्पुखोला, सिनाम पुगेर फर्कने क्रममा बसेका सवारी साधन सिनामै रोकिएका छन् भने ताप्लेजुङ सदरमुकाम, पाँचथर, झापालगायत ठाउँबाट सिनाम, आम्बेगुदिनलगायत स्थान पुग्ने सवारी साधन पनि थुम्बेदिनबाटै फर्किएको सिनामवासी भीम थेबेले जानकारी दिनुभयो । बीचैमा सवारी साधन रोकिएकाले ती स्थानमा आवत–जावत गर्ने यात्रु अलपत्र परेका छन् । 

यसैगरी सिनाम र आम्बेगुदिनको बीचमा पर्ने नेबु खोला आसपासमा झरेको पहिरोले पनि बाटो अवरुद्ध बनाएको छ । वर्षाकै कारण ग्रामीण क्षेत्रका कच्ची सडक हिलाम्मे हुनाका साथै ठाउँठाउँमा पहिरोसमेत झरेकाले सवारीसाधन सञ्चालन गर्न नसकिएको  यातायात व्यावसायीहरूले बताएका छन् । 

“केही दिनदेखि फक्ताङलुङ, दोभानलगायत ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनले बेल्चा र कोदालोसमेत बोकेर प्रस्थान गर्ने गरेका छन्, कतिपय गाडी बाटो पन्छाउँदै गन्तव्यसम्म नै पुगेर फर्किन्छन् र कतिपय बीचैबाट फर्काउनुपर्ने हुन्छ”,जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष टिकेन्द्र नेपालीले भन्नुभयो । प्राय ग्रामीण क्षेत्रका नयाँ सडकमा समस्या देखिएको उहाँकोे भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने