२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नेपालमै पहिलोपटक बागलुङमा टेलिकमको फाइबर सेवा शुरु

२०७६, ३० असार सोमबार ११:०७

असार ३०, गलकोट । नेपाल टेलिकमले देशमै पहिलोपटक बागलुङ बजारबाट आफ्नो सेवालाई पूर्णतः फाइबर तारयुक्त बनाएको छ । 

टेलिकमले बागलुङ बजारमा पहिलोपटक नमूनाका रुपमा आफ्ना सेवालाई गुणस्तरीय बनाउनका लागि कपर प्रविधि (तामाका तार) को प्रयोग हटाई पूर्णतः फाइबर तारको प्रयोग गर्नेगरी ‘फाइबर टु दि होम’ सेवा शुभारम्भ गरिएकोे नेपाल टेलिकम बागलुङले जनाएको छ ।

 टेलिकमले एक वर्ष लगाएर प्रमुख लाइनका रुपमा जमीनमुनि र शाखा लाइनका रुपमा पोलको प्रयोग गरेर सेवाग्राहीको घरसम्म फाइबर तार बिछ्याउने काम शुरु गरेको थियो । नेपाल टेलिकम बागलुङले फाइबर तार बिछ्याउने काम सम्पन्न गरेर सेवाग्राहीको घरघरसम्म तार टाँग्ने र डिभाइस वितरण गरी सेवाको शुभारम्भ गरेको हो । नेपालमै नमूनाका रुपमा रहेको फाइबर टु दि होमको सम्पूर्ण काम सम्पन्न भई सेवाको सञ्चालन गरिएको नेपाल टेलिकमका प्रमुख केशव शर्माले बताउनुभयो । 

सेवाग्राहीको घरघरसम्म तार तथा डिभाइस वितरण गरिसक्यौँ”, शर्माले भन्नुभयो, “टेलिकमका नयाँ ग्राहकको घरमा फाइबर सेवा शुरु भयो भने पुराना ग्राहकलाई केही दिनमै सेवा प्रदान गर्नेछौँ ।” टेलिकमले नेपालका विभिन्न ठाउँमा फाइबरमार्फत इन्टरनेट सेवा प्रदान गरे पनि बागलुङमा भने इन्टरनेट र फोन दुवै सेवा फाइबरमार्फत दिन थालिएको हो ।

पुरानो प्रविधिको कपर (तामाको तार)को प्रयोग गर्दा धेरै प्रकारका तार टाँग्नुपर्ने, इन्टरनेटको गति घट्दै जाने, पटकपटक आउने समस्याले सेवाग्राहीले हैरानी खेप्नुपर्ने अवस्था अब अन्त्य भएको शर्माको भनाइ छ । 

अबको एक महीनाभित्र सम्पूर्ण ग्राहकलाई कपर विस्थापित गरेर फाइबरमा लगिसक्ने योजना रहेको टेलिकमले जनाएको छ । बागलुङ बजार क्षेत्रमा रहेका करीब तीन हजार बढी ल्याण्डलाइन टेलिफोन तथा सोही सङ्ख्याका एडिएसएल इन्टरनेटका सेवाग्राहीले एकैसाथ फाइबर प्रविधिको भ्वाइस तथा डाटाको सेवा लिन पाउनेछन् । पुरानो प्रविधिलाई पूर्णतः विस्थापित गरी नयाँ प्रविधि प्रयोग गरेर फाइबर सेवा दिन शुरु गरेको टेलिकम बागलुङले जनाएको छ । 

नयाँ ग्राहकलाई फाइबर सेवा प्रदान गरेर सेवाको शुभारम्भ गरे पनि अबको एक महीनाभित्र बागलुङ बजारका सबै ग्राहकलाई फाइबर उपलब्ध गराउने टेलिकम प्रमुख शर्माले बताउनुभयो । हाल बागलुङ बजारको रामरेखा तथा उपल्लचौरबाट टेलिकमले आइतबारदेखि नयाँ ग्राहकलाई फाइबर सेवा शुरु गरिएको हो । कपर प्रविधिको इन्टरनेटमा भन्दा फाइबर प्रविधिको इन्टरनेट द्रुतगतिमा चल्नेछ ।

टेलिकमको नयाँ तथा पुराना ग्राहकलाई निःशुल्क डिभाइस प्रदान गरिएको टेलिकम प्रमुख शर्माले बताउनुभयो । “पुरानो प्रविधिको एडिएसएल चलाइरहेकालाई पुनःनयाँ डिभाइस किन्न समस्या हुनसक्ने भएकाले नयाँ प्रविधिका डिभाइस टेलिकमले निःशुल्क उपलब्ध गराउने अभियान शुरु गरेको छ”, शर्माले भन्नुभयो, “सेवाग्राहीले निःशुल्क डिभाइस प्राप्त गर्दा पुरानो डिभाइस विस्थापित गर्न सहज भयो ।”

हाल तामाको तारमार्फत जडिट एडिएसएल इन्टरनेट सेवा दुई एमबिपिएसदेखि ५ एमबिपिएस गतिमा मात्र चल्ने भए पनि यो प्रविधिको प्रयोग हुँदा घटीमा आठ एमबिपिएसदेखि ५५ एमबिपिएस गतिमा चल्नेछ । फाइबर जडानपछि हाल पुरानो प्रविधिमा प्रयोग भइरहेका आठ वटा तार विस्थापित भई एउटा मात्र तारको प्रयोग गरिएको छ ।

अनावश्यक तार हटाउँदा बागलुङ बजारको सौन्र्दयीकरणसमेत हुने टेलिकमले जनाएको हो । टेलिकमले बागलुङ बजारको जमीनमा अप्टिकल फाइबर बिछ्याएर छ हजारभन्दा बढी ग्राहकले लाइन तान्न मिल्ने गरी छ वटा क्याबिनेटसमेत निर्माण गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने