2026-10-27 01:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुमा साना ब्यावसायले अनुदानमा सामान पाउदा खुसी (८ तश्वीर)

दान बहादुर बुढा | असार ३०, मुगु | हिमाली जिल्ला मुगु रहेका साना ब्यावसाय गर्दै आईरहेका उद्यमीहरुलाई कणाली प्रदेश सरकार सामाजिक मन्त्रालयको आर्थिक सहयोगमा ब्यावसाय गर्नका लागी ब्यावसाय सामान प्रदान गरेको हुँदा स्थानिय ब्यावसायीहरु निकै खुसी भएका छन् ।

आ.व २०७५/७६को बार्षिक कार्यक्रम अनुसार कर्णाली प्रदेश र सरकारको सामाजिक मन्त्रालयको आर्थिक सहयोग र जिल्ला समन्वय समितिको पहलमा मुगु जिल्लामा रहेको साना ब्याबसाय गर्दै आईरहेको उद्यमीहरुका लागि हौशला स्वरूप २५ लाख बराबरको ब्यावसायमा प्रयोग हुने बिभिन्न आईटमका सामान जिल्ला समन्वय समिति मुगुले बस्तु अनुदान सहायता बितरण तथा हस्तान्तरण गर्ने एक कार्यक्रम गर्दै आज मुगु जिल्लामा रहेका होटल, चाउमीन उद्योग, ग्रिल उद्योग, सिलाई कटाई, आरन चलाउने, लगायत अन्य ब्यावसाय गर्दै आईरहेको उद्यमीहरुलाई आज एक औपचारीक कार्यक्रम गरी एक ब्यक्ति बराबर ४ वटा आईटमको सामान हस्तान्तरण गरेको जिल्ला समन्वय समिति मुगुको संयोजक पुर्ण बहादुर रोकायाले बताएका छन् । 

संयोजकका अनुसार असारको पहिलो हप्ता कर्णाली प्रदेश सरकार सामाजिक मन्त्रालयबाट निर्देशिका, अख्तियार सहित बजेट आएको हो । जिल्लामा रहेको एक समितिले निर्देशिका अनुसार सार्वजनिक सुचना गर्दा ६० वटा निबेदक परेको हुँदा निवेदनको छानबिन गरि ३६ जना ब्यावसाय गरी रहेका उद्यमीहरुको निवेदनमा माग भए अनुसार मिलाएर  सामान खरिद गरि आज उद्यमीहरुलाई सामान हस्तान्तरण गरेको छ ।

उद्यमीहरुले पाएका सामानहरु समयमा सहि सदुपयोग गर्नुहुन अनुरोधका साथै ईमान्दार उद्यमीहरुले आफ्नो आत्मनिर्भर नभई देशको आर्थिक उन्नतीको मूख्य मेरुदण्ड उद्यमीहरु हुन् भन्दै पछिल्लो समयमा हाम्रो देश नेपालमा बाहिरी देशबाट सामान आयात गरेको छ, देशको दक्ष जनशक्त्ती निर्यात गरेको छ, यसको रोकथामको लागी प्रदेश सरकारले नेपालमा वा कर्णाली प्रदेशमानै सानो रोगजारी भएर बसुन भन्ने हेतुले साना उद्योगीहरुलाई लक्ष्छीत गरी ल्याएका यो कार्यक्रम हो, लिएको सामानको सही सदुपयोग गरी प्रयोगमा ल्याई उद्यमीलाई भबिष्यमा प्रगतिको शुभकामना सहित अनुदानको सामान हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताएका छन ।

उद्यमीहरुलाई फ्रिज, सिलाई कटाई मेशिन, आरन चुलो, जुत्ता सिलाउने मेशिन, जेनेटर, मम बनाउने भाडो, फिल्टर, आईरन, लगाएतका सामानहरु जिल्ला समन्वय समिति मुगुले खरिद गरि शत प्रतिशत अनुदानमा  बितरण गरेको छ ।

सत प्रतिशत अनुदानमा सामान पाउदा मुगु जिल्लामा रहेका ३६ जना उद्योगीहरु निकै खुसी भएका छन् ।  बिगत १५ बर्षदेखी होटल ब्याबसाय गर्दै आईरहेका पार्वती होटलका प्रोपराईटर हरीचन्द्र रावतका अनुसार लाम्रो समयसम्म आफ्नै मिहिनेतबाट होटल संचालन गर्दै आईरहेको थिए, बल्ल नेपाल सरकार सामाजिक मन्त्रालय कणाली प्रदेश सरकारको आर्थिक सहयोग र जिल्ला समन्वय समिति मुगुको पहलमा मम बनाउने भाडो, डीफ्रिज, लगायतको सामान पाउदा निकै खुसी भएको र यी अनुदानमा पाएको सामानको सहि सदुपयोग गर्ने समेत बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने