2026-09-13 03:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुर उपमहानगरपालिकाका चार वडाका उपभोक्ता धमिलो पानी लिएर उपमहानगर पुगे

दीपक बोहरा, असार ३०, लमही । दाङको तुलसीपुर उपमहानगरपालिकाका चार वडाका उपभोक्ता धमिलो पानी लिएर उपमहानगरपालिका कार्यालय पुगेका छन् ।  जडान गरिएका धारामा नियमित धमिलो पानी आउन थालेपछि उक्त पानी लिएर उपभोक्ता उपमहानगरपालिका कार्यालय पुगेका हुन् । 

बेलझुण्डी खानेपानी तथा सरसफाइ संस्थाअन्तर्गत तुलसीपुरका वडा नं– १६, १७, १८ र १९ का खानेपानी उपभोक्ताले धमिलो पानी बोतलमा ल्याएर आज उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको ध्यानाकर्षण गराएका हुन् । चार वर्षदेखि वर्षात्का समयमा धमिलो पानी आउने गरेको भन्दै ध्यानाकर्षण गराउन धमिलो पानी लिएर उपमहानगर कार्यालय पुगेका संस्थाका अध्यक्ष प्रदीप गौतमले बताउनुभयो । 

“धमिलो पानी आउन लागेको चार वर्ष भयो”, उहाँले भन्नुभयो, “यस विषयमा कुनै पनि निकायले ध्यान नदिएपछि धमिलो पानी लिएर सम्बन्धित निकायमा पुग्यौं । तर, कुनै पनि निकायले ध्यान नदिएपछि आज स्थानीय सरकारसम्म पुगेका छौं ।” विगतका वर्षमा पनि जिल्ला प्रशासन कार्यालय, उपमहानगरपालिका, डिभिजन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा गएका भए पनि कुनै पनि निकायले चासो नदिएकाले यसवर्ष धारामा आएको धमिलो पानी नै ल्याउन बाध्य भएका अध्यक्ष गौतमले बताउनुभयो । 

साथै वर्षात्मा खानेपानी समस्या हुने भएपछि आफूहरुले चैतमै उपमहानगरका प्रमुख, जिल्ला प्रशासन, जिल्ला खानेपानी डिभिजन, सडक डिभिजन कार्यालयलगायत सरोकारवाला व्यक्तिलाई अनुगमनसमेत गराएको उहाँले जानकारी दिनुभयो । मुहानको माथिबाट सोनापुर सिमेन्टले चुनढुङ्गा उत्खनन गर्ने गरेकाले पनि यस्तो समस्या निम्तिएको उहाँको भनाइ छ । 

खानेपानी फिल्टरका लागि प्रविधि जडान भएको भए पनि त्यसमा अत्यधिक लेदो जम्दा त्यसले पनि काम गर्नसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । धेरै लेदो जम्मा हुँदा फिल्टर बन्द हुने र धमिलो पानी नै उपभोक्ताको धारामा आउने अवस्था रहेको अध्यक्ष गौतमको भनाइ छ ।  

धारामा धमिला पानीे आउँदा खानेपानीको हाहाकार भएको वडा नं– १९ का धनमाया ओलीले बताउनुभयो । धारामा आएको पानीले नुहाउन र शौच गर्नसक्ने अवस्थासमेत नरहेको बताइएको छ । अहिले कुवाबाट लाइन लागेर खानेपानीको जोहो गर्नुपरेको वडा– नं १७ निवासी ज्ञानेन्द्र विष्टले जानकारी दिनुभयो । नुहाउन समेत खोलामा जानुपर्ने अवस्था आएको उहाँले दुखेसो पोख्नुभयो । 

लेदोले गर्दा खानेपानीको मिटरमा पनि समस्या आएको अध्यक्ष गौतमले बताउनुभयो । अहिले उक्त समितिअन्तर्गत करीब एक हजार चार सय धाराबाट १७ हजार नागरिक आश्रित रहेका अध्यक्ष गौतमले जानकारी दिनुभयो । खानेपानीमा देखिएको यो समस्या समाधानका लागि ठूलो फिल्टर निर्माण आवश्यक रहेको उहाँले बताउनुभयो । वडा नं– १९ स्थित शङ्करखोलामा ठूलो खानेपानी ट्याङ्की निर्माण गरेर समस्या समाधान गर्न सकिने उहाँको भनाइ छ ।

उक्त खानेपानीको समस्या समाधानका लागि सङ्घीय सरकारबाट रु एक करोड बजेट विनियोजन गरिएको उपमहानगरपालिकाका प्रमुख पाण्डेले बताउनुभयो । उपमहानगर र प्रदेश सरकारको पहलमा उक्त बजेट विनियोजन भएको भन्दै सो बजेटले त्यहाँको खानेपानीको समस्या समाधान हुने उहाँले जानकारी गराउनुभयो । उक्त समस्या समाधानका लागि सबै सरोकारवाला निकाय मिलेर समाधान गर्ने प्रमुख पाण्डेको भनाइ छ ।   

विसं २०३५ मा निर्माण कार्य शुरु भएको उक्त खानेपानी संस्थाको २०४० सालमा सम्पन्न भएको हो । सो आयोजनालाई सरकारले विसं २०५६ मा बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई हस्तान्तरण गरेको हो । आयोजना निर्माण भएको लामो समय बितिसक्दा पनि पुनःनिर्माण हुन नसकेको अध्यक्ष गौतमले बताउनुभयो । बगालेपानी, रिप्ले र डाँडीकाट गरी तीन वटा मुलको पानी ल्याइएको समेत उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन