२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा ९६ रोपनी क्षेत्रफलमा चिडियाखाना बन्ने

३१ असार २०७६, मंगलवार ०१:२९

असार ३१, जिरी (रासस) | पर्यटकीय जिल्ला दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माण गरिने भएको छ । दोलखालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न चिडियाखाना निर्माण गर्न नगरले योजना बनाएको हो । पारिस्थितिक पद्धतिलाई संरक्षण, जीवजन्तुको प्रजनन तथा वंशाणु स्रोत संरक्षण र वातावरणीय सन्तुलन हुने गरी निर्माण हुने चिडियाखाना ९६ रोपनी क्षेत्रफलमा बन्नेछ ।

चिडियाखानाले नगरपालिकाको मात्रै नभई समग्र दोलखाकै पर्यटन व्यवसायमा समृद्धि छाउने अपेक्षा नगरपालिकाको छ । चिडियाखानाको निम्ति गुरुयोजना तयार भइसकेको छ । गुरुयोजनाको तयारी साथै चिडियाखानाका लागि ढोका, पर्खाल र स्टिल दृश्यावलोकन स्तम्भ लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकिएको नगरप्रमुख भरत केसीले बताउनुभयो । चिडियाखाना क्षेत्रमा बाल उद्यानको पनि निर्माण गरिने छ ।

चिडियाखाना दृश्यावलोकन पैदल हिँडेर र गाडीमा चढेर पनि गर्न सकिने छ । साथै दृश्यावलोकन स्तम्भबाट पनि चिडियाखाना हेर्न सकिनेछ । चिडियाखानामा दुई हजारदेखि दुई हजार ५०० मिटरसम्मको उचाइमा सजिलै बाँच्न सक्ने जीवजन्तु राखिनेछ । जीवजन्तुलाई खोरमा राख्नेभन्दा पनि खुला क्षेत्रमा आवश्यक क्रियाकलापका लागि वातावरण व्यवस्था हुने गरी चिडियाखाना निर्माण गरिने नगरप्रमुख केसीले जनाकारी दिनुभयो । चिडियाखाना निर्माण शुरुआत गर्न आउँदो आर्थिक वर्षका लागि नगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको छ ।

त्यसैगरी प्रदेश सरकार तथा केन्द्रीय सरकारसँग समन्वय गरेर बजेट थप गर्ने योजनका साथ अघि बढेको केसीले बताउनुभयो । उहाँका अनुसार चिडियाखानाका लागि रु १५ करोड ६० लागत लाग्ने अनुमान गरिएको छ । चिडियाखाना निर्माणका लागि दोलखावासीलगायतले सहयोग गर्नुपर्ने केसीले बताउनुभयो । अहिले खोरथली सामुदायिक वनमा बँदेल, कालिज, मृग, चितुवा, स्याल, दुम्सीलगायतका जङ्गली पशुपक्षी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की