२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा खानेपानीको सङ्कट

१ श्रावण २०७६, बुधबार ०८:१०

साउन १, महोतरी | पछिल्लो एक साता बाढी र डुबान खेपेका महोत्तरीवासीलाई खानेपानीको सङ्कट बढेको छ । खानेपानीका मुहान बाढीले धमिलिएपछि यहाँ खानेपानीको सङ्कट बढेको हो ।

जिल्लाको सुदूर उत्तरी क्षेत्रको करीब ७० हजार जनसङ्ख्या रहेको बर्दिवास नगरपालिका क्षेत्रमा खानेपानी आपूर्ति गरिने रातु नदी र खोल्सीहरुको पानी बाढीले धमिलिएपछि घरघरमा जडान भएका धारामा लेदो धमिलो पानी झर्ने गरेको छ । पानी धमिलिएपछि अब कसरी खानेपानीको व्यवस्था गर्ने चिन्ताले गृहिणी पिरोलिएका छन् ।

“अब खानेपानी कसरी व्यवस्था गर्ने होला ?”,बर्दिवास–२ बुद्धचोककी गृहिणी मञ्जु परियारले दिक्दारिँदै भन्नुभयो, “हुनेखाने सम्पन्नता भएका जार र सिल बोतलका पानी (मिनरल वाटर) ल्याउँछन्, हामी गरीबले अब घाँटी भिजाउन पनि धमिलो पानीकै सहारा लिनुपर्ने भयो ।”

बर्दिवास १, २, ३ र १४ मा खानेपानीको आपूर्ति गर्दै आएको साना शहरी खानेपानी तथा सरसफाइ संस्थाले मुहानमा बाढीले पानी धमिल्याएको हुँदा समस्या भएको स्वीकार गरेको छ । “के गरौँ जुन पानी सङ्कलन गरेका छौँ, त्यसको मुहान नै धमिलिएको छ”,संस्थाका अध्यक्ष भोला खड्काले भन्नुभयो, “मुहान सङ्ल्याउन प्रयत्न थालिए पनि लगातारको बाढीले पानी धमिल्याएको छ ।”मुहानमा पानी ल्याउन ओछ्याइएको पाइपको मुखमा छानेर शुद्ध पानी ल्याइने व्यवस्था मिलाइएको भए पनि बाढीले धमिल्याएको पानी नै पाइपमा आएपछि धारामा धमिलो पानी झरेको खड्काको भनाइ छ । अब वर्षा कम भएसँगै नदीको मुहान सङ्लिँदै गएको खड्काले बताउनुभयो । 

यसबाहेक ४ र  ५ वडाको माईस्थान, ८ को हाथीलेट तथा १० र ११ को खयरमारामा पनि खानेपानी सङ्कलन गरिने नदी र खोल्सीका मुहान धमिलिएको हुँदा स्वच्छ खानेपानी आपूर्तिमा समस्या परेको ती बस्तीका खानेपानी उपभोक्ता संस्थाले जनाएका छन् । यसबाहेक इनारबाट खानेपानी आपूर्ति हुँदै आएका बर्दिवास–६ र ७ को किसाननगर, ९ को पशुपतिनगर तथा १२ र १३ को बिजलपुरामा पनि बाढीको लेदो इनारभित्र पस्दा खानेपानीको समस्या परेको बर्दिवास नगरपालिकाका उपप्रमुख कृष्णमाया गौतमले स्वीकार गर्नुभयो । 

“बाढी र डुबानको समस्याले खानेपानीमा समस्या आएको छ”,गौतमले भन्नुभयो, “तत्काल पानी तताएर निर्मलीकरण गर्न सबैले तत्परता देखाउन प¥यो, हामी यसको निदान खोज्न लागिपरेका छौँ ।” नगरपालिका कार्यालयले विभिन्न संस्थाको समन्वयमा घरघरमै पानी निर्मलीकरण गर्ने चक्की पु¥याउने तयारी गरेको गौतमको भनाइ छ । 

बर्दिवासका अतिरिक्त गौशाला र भङ्गाहा नगरपालिकामा पनि खानेपानीमा सङ्कट परेको छ । खानेपानीका धारा, इनार र चापाकल खानेपानीका स्रोत रहेका दुवै नगरपालिका क्षेत्रमा अहिले चापाकल चाहिँ बालुवा थुप्रिएर थुनिएका र इनारमा लेदो पसेर पानी धमिल्याएको त्यहाँका स्थानीयवासीले बताएका छन् । गौशाला नगरक्षेत्रमा जडान भएका खानेपानीका धारामा पनि मुहान धमिलिँदा लेदो पानी झर्ने गरेको गौशाला नपाको लक्ष्मीनियाँ बटुवा बस्तीका सूर्यनारायण महतोले बताउनुभयो । 

जिल्लाका मध्य र दक्षिणी क्षेत्रमा खानेपानीका लागि प्रयोग गरिने चापाकल र आर्टिजिन बोरिङको पानी नधमिलिए पनि धेरैजसो ठाउँमा अझै चापाकल र आर्टिजिन बोरिङको मुख डुबानमै रहेकाले समस्या भएको छ ।

बर्दिवासमा खानेपानीको सङ्कट बढेसँगै खानेपानीका जार र सिल पानीका बोतलको बिक्री ह्वात्तै बढेको छ । स्वास्थ्य सचेतना भएका र पानी किन्न रकम जुटाउन सक्नेले यस्तै पानी किनेर खानपिउन प्रयोग गरेका छन् । पानीको माग बढेसँगै बर्दिवासचोकमा पानीको जारको १०० र एक लिटर पानीको बोतलको ५० रुपैयाँसम्म व्यापारीले लिने गरेका उपभोक्ताको गुनासो छ ।

बाढी र डुबान समस्यासँगै पानीका अतिरिक्त अन्य दैनिक उपभोग्य सामग्रीको मूल्य पनि आकासिएको छ । आपत्विपद्कै बेला गुणस्तरहीन सामान पनि उपभोक्ता लिन बाध्य देखिएका छन् । यस्तो बेला बजार अनुगमनलाई पनि राहत उद्धार कार्यक्रमको अङ्ग नै बनाएर सरकार र सम्बद्ध निकायले काम गर्नपर्ने बुद्धिजीवीले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो