2026-07-09 06:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक दुई हजार तलब

2019-07-17

साउन  १, चितवन  | इच्छाकाना गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक रु दुई हजार उपलब्ध गराउने भएको छ । आव २०७५-७६ मा प्रोत्साहनस्वरुप यातायात खर्चका लागि मासिक रु एक हजार ५०० उपलब्ध गराउँदै आएकामा गाउँपालिकाले आव २०७६-७७ देखि भने रु ५०० वृद्धि गरेर मासिक रु दुई हजार दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई झोला, छाता र टर्चलाइट पनि उपलब्ध गराएको छ । महिला स्वास्थ्य स्वंयसेविका रातदिन घामपानी नभनी जनताको सेवामा खटिरहनुपर्ने भएकाले काम गर्न सहज होस् भनेर यी सामग्री उपलब्ध गराइएको अध्यक्ष गुरुङले बताउनुभयो ।

सात वटा वडा रहेको यस गाउँपालिकाभित्र ३६ महिला स्वास्थ्य स्वयंसेविका रहेको गाउँपालिका स्वास्थ्य संयोजक धनकुमार खड्काले जानकारी दिनुभयो ।  नेपालमा बाल मृत्यु र मातृ मृत्युदर रोक्न, प्रजनन स्वास्थ्यका बारेमा गाउँगाउँमा  महिला स्वास्थ्य स्वयंसेविकाले जनचेतना दिँदै आएका छन् ।

यसैबीच गाउँपालिकाको वडा नं ४ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक धनकुमार खड्काले सरकारले तोकेको मापदण्ड पूरा गरेपछि पूर्ण संस्थागत सुत्केरी वडा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पूर्ण संस्थागत वडा घोषणा गर्न स्वास्थ्य संस्थामा ९५ प्रतिशतले सुत्केरी गराएको हुनुपर्नेछ ।  

आर्थिक वर्ष २०७५-७६ को साउनदेखि जेठ महीनासम्म यस वडामा १३१ मध्ये छ जनाले मात्र घरमै सुत्केरी गराएको र यो संस्थागत सुत्केरी गराउनेको सङ्ख्यामा ९५.५ प्रतिशत भएको संयोजक खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो