२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा बाढीले बगाएका पतिको खोजी गरिदिन पत्नीको आग्रह

२ श्रावण २०७६, बिहीबार ०५:४८

साउन २, झापा |  खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।

 ज्यालादारीमा काम गरेर घर फर्किने क्रममा भद्रपुर र मेचीनगरको सीमामा पर्ने फुलबासाखोला पार गर्न खोज्दा गत असार २७ गते अति गरीब परिवारका सुफललाई बाढीले बगाएको थियो । झापामा असार अन्तिम साताको बाढीमा तीन बालबालिकाको मृत्यु भएको छ भने बेपत्ता हुने सुफल मात्र हुन् ।

बेपत्ता सुफलकी पत्नी तलामी हस्दाले प्रहरी चौकी चारआली र मेचीनगर नगरपालिका–१४ को कार्यालयमा खोजीकार्य गरिदिन निवेदन दिनुभएको छ । फुलबासाखोलाको डिलमा छाप्रे घर भएका सुफलको पत्नी, एक छोरी र दुई छोरा छन् ।

मेचीनगर–१४ का अध्यक्ष शङ्कर पोखरेलले गाउँले, आफन्त र प्रहरी मिलेर खोज्दा सुफलको सास वा लाश केही फेला नपरेको बताउनुभयो । खोलाले बगाउँदै गरेको देख्नेहरु भएको हुँदा सुफल जीवित भेटिने आशा नभएको वडाध्यक्ष पोखरेल बताउनुहुन्छ ।

डेढ दशकअघि सवारी दुर्घटनामा परेर दाहिने खुट्टा गुमाएका सुफलले वैशाखी टेकेर हिँड्ने भएता पनि एक खुट्टाको भरमा दिनभर खेतमा आली लगाउने, बीउ काढ्ने, घर निर्माणमा इँटा सिमेन्ट जोड्नेलगायतका कृषि तथा निर्माण क्षेत्रमा मजदुरी गर्दै आएको छिमेकी ढेना बेस्रा बताउनुहुन्छ ।

 खोलाले बगाएको भोलिपल्ट घरैमा आएर नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीले खोजविन गर्न रु दुई हजार नगद सहयोग दिनुभएको बेपत्ता सुफलका वयोवद्ध बुबा चरण हस्दाले बताउनुभयो ।नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले प्रहरीले बेपत्ताको मुचुल्का प्रमाणित गरेर नगरपालिकाको प्रक्रिया पूरा भएपछि बेपत्ता परिवारले सरकारी राहत पाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य