२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी जिल्लाको नाम कसरी रहन गयो ? के छ यहाँका धार्मिक र पर्यटकीय स्थलको महत्व ?

२०७६, २ श्रावण बिहीबार ११:१४

साउन २, काठमाडौँ  | बैतडी जिल्ला नेपाल अधिराज्यको सुदूरपश्चिम प्रदेशमा नै वटा जिल्ला मध्ये एक पहाडी जिल्ला हो |  विभिन्न साना ठूला पहाड, खोच बेसीहरूवाट निर्मित यो जिल्लाको पश्चिममा महाकाली नदीले भारतको सिमाना छुट्याएको छ र सो नदीको पारिपट्टी भारतको उत्तराखण्डको पिथौरागढ जिल्ला पर्दछ | यसको उत्तरमा दार्चुला, पूर्वमा बझाङ र डोटी एवं दक्षिणमा डडेल्धुरा जिल्लाहरू पर्दछन् |  यस जिल्लाको कुल क्षेत्रफल १४५१.१३ वर्ग किलोमिटर छ, जुन नेपाल अधिराज्यको कुल क्षेत्रफलको ०.६८ प्रतिशत भू-भाग पर्न आउँछ | 

यो जिल्ला जलश्रोत, वनजङ्गल, जडीबुटी र वन्यजन्तु आदि प्राकृतिक सम्पदाको दृष्टिकोणले धनी मानिन्छ |  खाद्यान्न उत्पादनमा हालसम्म आत्मनिर्भर रहन नसके पनि केहि कृषिजन्य उत्पादनहरू जस्तै फलफूल, तरकारी, भटमास, घ्यू, मह आदि जिल्ला बाहिर निर्यात हुने गर्दछन् भने जिल्लामा आवश्यक पर्ने खाद्यान् वाहिरवाट आयात गरी परिपूर्ति गरिन्छ |  

यो जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात र संचार जस्ता सेवा सुविधाहरू क्रमशः विस्तार हुदै गएका छन् | देश संघीय संरचनामा गए संगै विभिन्न नगरपालिका र गाउपालिकाले आ-आफ्नो ठाउमा बिकासका  कार्यक्रमहरु अगाढी बढिरहेका छन्  | जिल्लाका लगभग सम्पूर्ण स्थानीय तहहरुमा स्वास्थ्य सेवा विद्यालय, बैंक र कृषि एवं पशु सेवा केन्द्रहरूबाट सामान्य रुपमा सेवा सुविधा उपलव्ध गराइने व्यवस्था क्रमिकरुपमा भैरहेको छ |  केहि गाउपालिका/नगरपालिकाहरूमा टेलीफोन र विद्युत सेवा विस्तार भइसकेको छ | भने केहि स्थनीय तहहरुमा स्थानीय जनप्रतिनिधिहरुले काम अगाडी बढाई राखेका छन्  | जील्लाको करिब ६७ प्रतिशत जनसङ्ख्यालाई पाइपद्वारा खानेपानी उपलव्ध गरा्इएको छ |  विकट पहाडी जिल्ला भएको हुनाले खोला नाला प्रसस्त भए पनि सिंचाई र तटवन्धन निर्माणमा प्रभावकारिता ल्याउन सकिएको छैन |  यातायातको दृष्टिकोणले यो जिल्ला अन्य पहाडी जिल्लाहरूभन्दा अगाडि नै रहेको देखिन्छ। हरेक ठाउँ र स्थानले केहि विशेष किसिमको इतिहास वोकेको हुन्छ। सोहि अनुसार यस जिल्लाको नाम बैतडी रहनुमा केहि ऐतिहासिक कुराहरू छन् | 

बैतडीको वरिपरिका उच्च पहाडहरूमा चारवटा केदार देवताहरूको देवस्थल छ |  ती चारवटा केदार मध्ये दक्षिणमा ग्वाल्लेक केदार, पूर्वमा रोलाकेदार, उत्तरमा देउलेक केदार र पश्चिममा ध्वजकेदार पर्दछन्। यी केदारहरू आराध्यदेव महादेवका रुप हुन भन्ने जनश्रुति छ | शक्तिशाली देवताको छत्रछाया माझ रहेको बैतडी जिल्ला हिन्दुहरूको आध्यात्मिक तवरले ज्यादै पवित्र र पुण्यभूमी हो भनेर पुराणहरूमा वर्णन गरेको पाइन्छ |  यी चारवटै केदारहरूका देवस्थलहरूमा यात्रा गर्न सके चारधाम गरे सरह हुन्छ भन्ने भनाई पनि छ। देवस्थलहरूमा बैतडी सदरमुकामवाट सहज ढंगले यात्रा गर्न सकिन्छ। नेपालको प्रशासनिक विभाजनमा ३५ जिल्ला हुँदा यो जिल्ला डोटी जिल्ला अर्न्तगत पर्दथ्यो पछि ७५ जिल्ला कायम गर्दा डोटी जिल्लावाट छुट्याएर अलग गरी बैतडी जिल्लाको रुपमा स्थापित गरिएको हो |  बैतडी अमर सहिद दशरथ चन्दको जन्मथलो हो | 

बैतडी जिल्लाको नाम कसरी रह्यो ? प्राचिन लेख र किम्ब्दंतिका आधारमा केहि भनाइहरु  निम्न छन्  |

हाल ग्वाल्लेक केदार भनिने पर्वतलाई पहिले वायोत्तड भनिन्थ्यो, त्यहाँ ज्यादै हावा लाग्ने गर्दछ। वढी हावा लाग्ने भएकोले संस्कृतमा वायोत्तड पर्वत (वायु ‍‌+उत्तड = वायोत्तड) अर्थात् वायु चल्ने ठाउँ भन्ने अर्थमा वायोत्तडबाट अपभ्रंश हुदै वायोत्तड र बैतड भई अन्तमा बैतडी भएको हो भन्ने परम्परा रहेको छ | 

यो जिल्लामा एक वायावड नामको पहाड छ जहाँ जोडले हावा चल्ने हुदा संस्कृत भाषामा त्यसलाई वैतड भन्न थालियो जो पछि बैतडी नामले प्रख्यात भयो यही नाममा जिल्लाको नाम रहन गएको हो | 

बैतडी जिल्लाको वरिपरि पहाडहरूमा चार वटा केदार देवताहरूको देवस्थल छ। ती चारवटा केदार मध्ये दक्षिणमा ग्वाल्लेक केदार पूर्वमा रौलाकेदार उत्तरमा देउलेक केदार र पश्चिममा ध्वज केदार पर्दछन् जुन आराध्यदेव महादेवका रूप हुन भन्ने भनाई छ। यसरी शक्तिशाली देवताको छत्रछाँयामा रहेको यो हिन्दुहरूको आध्यात्मिक तवरले ज्यादै पवित्र र पुण्यभूमी हो भनेर पुराणकालमा वर्णन गरेको पाइन्छ। यी चारैवटै केदारको देवस्थलमा यात्रा गर्न सके चारधाम गरे सरह हुन्छ भन्ने भनाई पनि छ। देवस्थलहरूमा बैतडी सदरमुकामबाट सहज ढंगले यात्रा गर्न सकिन्छ। हाल ग्वाल्लेक केदार भनिने पर्वतलाई पहिले वायोत्तड पर्वत भनिने रहेछ र त्यहाँ ज्यादै हावा लाग्ने गर्दछ। बढी हावा लाग्ने भएकोले संस्कृतमा वायोत्तड (वाय+त्तड) अर्थात वायु चल्ने ठाँउ पछि वायुत्तडबाट बायोत्तड र बैतडी पछि शब्दको अपभ्रंस हुदै गई अन्तमा बैतडी नाम रहेको हो" भन्ने भनाई छ। 

बैतडीमा  ४ वटा नगरपालिका र ६ वटा गाउपालिका रहेका छन्  | 

बैतडीको भौगोलिक अवस्था

अक्षांश:- २९.२२" डि देखि २९.५७" डि. उत्तरमा , देशान्तर:- ८०.१५" डि देखि ८१.४५" डि. पूर्व सम्म रहेको छ | भने यस जिल्लाको सिमाना पूर्वमा बझाङ र डोटी जिल्ला, पश्चिम भारतको उत्तराखण्ड राज्य, उत्तर दार्चुला जिल्ला, दक्षिण डडेल्धुरा जिल्ला पर्दछन | क्षेत्रफल १५१९ वर्ग किलोमिटर रहेको छ | 

बैतडी जिल्लाको सबैभन्दा अग्लो भाग:- कोटपेटरा २९५० मी. मा अबस्थित छ भने सबभन्दा होचो भाग :- शर्माली ३९० मी मा रहेको छ | 

बैतडी जिल्लाका प्रमुख नदी ताल तलैया महाकाली, चौलानी, सुरनैया, जमाडी, गर्मा ढिकगाड, कोटेनीगाड, निलगढगाड, मङ्रौ खोला, बगरा खोला, देगाड खोला, स्याडी खोला, रहेका छन् |

यस जिल्लामा अवस्थित प्रमुख धार्मिक तथा पर्यटकीयहरू क्षेत्र : रौलेश्वर केदारनाथ मन्दिर,  जगन्नाथ मन्दिर,  बैतडी ईश्वरी गंगाधाम , त्रीपुरासुन्दरी , मेलौली भगवती मन्दिर, पाताल भुमेश्वर महादेव मन्दिर, कुलगडे देवता, डिलाशैनी मन्दिर,  दोगडा धाम ,शिगाशधुरा ,निङ्गलाशैनी मन्दिर ,रौलकेदार मन्दिर, शिवनाथ मन्दिर, महारूद्र मन्दिर, डाँडाबाघ/लोटने, बारागढ, सिद्धनाथ मन्दिर ,बनारसी, हंशराज त्रिपुरेश्वर धाम, समैजी मन्दिर, देबताल् ,गणमेशोर मंदीर, पशूमाण्डौ मन्दिर, ग्वालेक केदार, महारूद्र देवताको मन्दिर आदि रहेका छन्  |

व्यापारिक महत्वका स्थान : सिल्लेगाडा, कालिका माण्डौ, गोरिल, बेतालबाबा, श्रीभावर, खोडपे, पाटन, झुलाघाट, खोचलेक, देहीमाण्डौं, सतबाँज, चौराहा, मुस्याचौर, तलस्याडी, गोकुलेश्वर, मेलौली, पुर्चौडी हाट, गोठालापानी, शहिलेक, देबताल्, कूलडा, त्रपूरेश्वर आदि व्यापारिक स्थानहरु रहेका छन् | 

बैतडी जिल्लामा बोलिने भाषा भनेको बैतडेली नै हो | यहाका अधिकाश मानिसहरुले यहि भाषा बोल्ने गर्दछन  | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा