२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

उच्च अदालत तुलसीपुरमा वाणिज्य इजलास स्थापना हुने

३ श्रावण २०७६, शुक्रबार ०८:३४

दीपक बोहरा | साउन ३,  तुलसीपुर  | उच्च अदालत तुलसीपुरमा वाणिज्य इजलास स्थापना हुने भएको छ । सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुरमा वाणिज्य इजलास सञ्चालन गर्ने भनी सहमति दिइसकेकाले अबको केही समयमा वाणिज्य इजलास सञ्चालन हुने भएको उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले जानकारी दिनुभयो । 

“यहाँ वाणिज्य इजलास थिएन्”, उहाँले भन्नुभयो, “तर भर्खरै मात्रै सर्वोच्च अदालतले वाणिज्य इजलास सञ्चालन गर्ने भनी सहमति दिएको छ, अबको केही समयमा वाणिज्य इजलास सञ्चालन हुनेछ ।” 

उच्च अदालत तुलसीपुरको बुटवल र नेपालगञ्ज इजलासमा यसअघि नै वाणिज्य इजलास भए पनि उच्च अदालतमा भने थिएन । जसले गर्दा यहाँका वाणिज्यसम्बन्धी मुद्दाहरु हेर्न नेपालगञ्ज वा बुटवल जानुपर्ने अवस्था रहेको मुख्य न्यायाधीश सुवेदीले बताउनुभयो । अब भने यो समस्या अन्त्य हुने उहाँको भनाइ छ ।

“तुलसीपुरमा वाणिज्य इजलास नहुँदा यहाँका मुद्दाहरु लिएर नेपालगञ्ज वा बुटवल जानुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “तर अब भने सबै यहीँबाट हुनेछ ।” 

वाणिज्य इजलासमा कम्पनी ऐन, सुरक्षित कारोवार ऐन, दामासाही ऐन र प्रतिस्पर्धा प्रवद्र्धन ऐनअन्तर्गत परेका अर्थ वाणिज्यसम्बन्धी मुद्दा हेर्नुपर्ने हुन्छ । यी इजलासमा कम्तीमा दुई जना न्यायाधीश निश्चित गरिने व्यवस्था रहेको छ । 

उच्च अदालत तुलसीपुरका लागि जग्गा खोजिँदै  

उच्च अदालत तुलसीपुरका लागि जग्गा खोज्ने कार्य भइरहेको छ । अहिले तुलसीपुर–६ स्थित शीतलपुर रोडमा उच्च अदालतको कार्यालय रहे पनि पर्याप्त जग्गा तथा संरचना नहुँदा सेवा प्रवाहमा समस्या भएको भन्दै नयाँ स्थानमा जग्गा खोज्ने कार्य भइरहेको अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले बताउनुभयो । 

“अहिले निर्माण भएको संरचना हाम्रो लागि अपर्याप्त छ, यति सानो क्षेत्रमा न्याय सम्पादन गर्न समस्या भएको छ”, उहाँले भन्नुभयो, “त्यसैले उपमहानगरपालिका र नगर विकासले जग्गा खोज्ने कार्य गरिरहेक छन् ।” 

उहाँका अनुसार तुलसीपुर–९ स्थित बेलुवामा एक बिघा १० कट्ठा जग्गा पाइएको र उक्त जग्गा अदालतको नाममा बनाउने प्रक्रियासमेत अघि बढेको छ । उक्त जग्गा अदालतको नाममा आएपछि संरचना निर्माणको काम अघि बढ्ने उहाँको भनाइ छ । 

समयमा फैसलाको प्रति पु¥याउन गाह्रो 

न्याय सम्पादनमा आवश्यक जनशक्ति अभाव हुँदा समस्या भएको मुख्य न्यायाधीश सुवेदीले बताउनुभयो । अहिले अधिकृतलगायत दक्षजनशक्ति अभाव हुँदा केही समस्या भएको उहाँको भनाइ छ । 

फैसला भएकोप्रति समयमै पु¥याउन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । “हामीले फैसला गर्छांै”, उहाँले भन्नुभयो, “तर जनशक्ति अभावमा त्यो फैसलाको प्रति समयमै पु¥याउन कठिन भएको छ ।” 

मेलमिलापमा जोड 

उच्च अदालत तुलसीपुरले मेलमिलापमा जोड दिएको मुख्य न्यायाधीश सुवेदीको भनाइ छ । उहाँका अनुसार अदालतको मुख्य कार्य मेलमिलाप गराउने भएकाले पनि दुवै पक्षलाई आपसी मेलमिलाप गर्ने कार्यलाई जोड दिएको उहाँले बताउनुभयो । सुवेदीका अनुसार गएको वर्ष ११४ मद्दामा मेलमिलापका लागि अनुरोध गरिएको भएपनि २९ जनाको मेलमिलाप भएको छ । तर अघिल्लो वर्ष १० जनाको मात्रै मेलमिलाप भएको थियो । त्योभन्दा अघिल्ला वर्षमा मेलमिलाप गर्ने पद्धति थिएन ।  

सहायता कक्ष

धेरै जना अदालतमा आउनसमेत डराउने गरेका छन् । अन्य सरकारी कार्यालय गए जसरी अदालतमा सहजै जान नसक्ने अवस्थाको अझै अन्त्य हुन सकेको छैन् । यस्तो अवस्थाबाट सेवाग्राहीलाई मुक्त गराउन उच्च अदालतले सहायता कक्षा स्थापना गरेको मुख्य न्यायाधीश सुवेदीले बताउनुभयो । 

उहाँका अनुसार अदालतका सबै सेवा तथा जानकारीहरु त्यही सहायता कक्षाबाटै दिने गरिएको छ ।  यस्तै समुदायमा पनि अन्तर संवाद कार्यक्रम गर्ने गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य