2026-09-13 04:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

खानेपानी, झुल र टर्चलाइट बाढी- डुबान प्रभावितको पहिलो आवश्यकता

साउन ५, महोतरी  |  महोत्तरीका बाढी र डुबानपीडित परिवारलाई अहिले शुद्ध खानेपानी, झुल र टर्चलाइट पहिलो आवश्यकता खट्किएको छ । प्रभावितलाई दिइने राहत प्याकेजमा खानेपानी, झुल र टर्चलाइटको व्यवस्था नछुटाउन यहाँका बुद्धिजीवीले सम्बद्धपक्षलाई सुझाएका छन् ।

अहिले विभिन्न बस्तीमा राहत लिएर पुग्ने क्रम बढेसँगै जिल्लाका बुद्धिजीवीले खानेपानी, झुल र टर्चलाइट अतिआवश्यक राहत सामग्रीमा राख्न सहयोगी निकायको ध्यानाकर्षण गराएका हुन् । “जिल्लामा अहिले ठाउँठाउँमा राहत सामग्री पुग्दैछ, यस्तो बेला जीवनका लागि अतिआवश्यक कुरा परुन् भन्ने हाम्रो आशय हो”बर्दिवासस्थित साहित्यिक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष इन्द्रराज लामाले भन्नुभयो, “जे जति राहतका सामग्री ठिक पारिने हो, त्यसमा यी सामग्री (खानेपानी, झुल र टर्चलाइट) प्राथमिकतामा परुन् ।” 

असार अन्तिम साताको वर्षासँगैको बाढी र डुबानले खानेपानीका मुहान धमिलिएको र  त्यस्तो पानी प्रयोग गर्दा प्रभावित बस्तीमा बिरामी हुने क्रम ह्वात्तै बढेको छ । यसका लागि शुद्ध खानेपानी वा पानी शुद्ध बनाउने सामग्री प्रभावितसम्म पु¥याएर शुद्धिकरण गर्ने तरिका सिकाउन आवश्यक रहेको बर्दिवास नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलीप तिवारीले बताउनुभयो ।

त्यसैगरी डुबानपछि चर्को घाम लागेसँगै विषालु सर्प र लामखुट्टेको बिगबिगी बढेकाले झुल र राति निरन्तर विद्युत् अबरुद्ध हुने भएकाले उज्यालोको लागि टर्चलाइट उपलब्ध गराउनु आवश्यक भएको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो पटक अहिले वितरण गरिएको राहत सामग्रीको पोकामा खाद्यान्न (चामल, दाल, चिउरा), तयारी खानेकुरा (चाउचाउ, बिस्कुट) र नून, तेल र त्रिपालसहितका छन् ।  यी सामग्री राहतका लागि  आवश्यक भए पनि खानेपानी, झुल र टर्चलाइटभन्दा पछिल्लो प्राथकितामा पर्ने बर्दिवास नगर पत्रकार सञ्जालका सचिव राजकरण महतोको भनाइ थियो । “सामान्यतया राहत सामग्रीको पोकामा अहिले राखिँदै आएका सामग्री आवश्यक नै हुन्”उहाँले भन्नुभयो, “मानव जीवनसँग जोडेर हेर्दा खानेपानी , झुल र टर्चलाइट अहिलेको मुख्य आवश्यकता भएको छ ।”

आपत् विपतका बेला डुवानका क्षेत्रमा पुयाउनै पर्ने सामग्रीको सूची बनाउँदा तत्काल अति आवश्यक समान छुटाउन नहुने बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरीले जोड दिनुभयो । राहत सामग्रीबारे जिल्लाका बुद्धिजीवीबाट यस्तो सुझाव आएपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले यी सामग्री राहत पोकामा राख्न जिल्लाका सबै स्थानीय तह र सम्पर्क, समन्वयमा रहेका सामाजिक सङ्घ, संस्थालाई आग्रह गरिने जनाएको छ । “आवश्यकता र महत्वका दृष्टिले अहिले खानेपानीको प्रबन्ध वा शुद्धिकरण सचेतना, झुल र टर्चलाइट प्राथकितामै पर्ने सामग्री हुन्” समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भन्नुभयो, “राहत र उद्धारमा संलग्न सबैपक्षसँग यसबारे आग्रह गरिने छ ।

”पछिल्लोपटक धमिलो तथा प्रदूषित पानी खाँदा ठाउँठाउँमा बिरामी हुने क्रम बढेको र झुल तथा टर्चलाइट नहुँदा विषालु सर्पको टोकाइ बढेको बताउँदै बुद्धिजीवीले यसलाई प्राथमिकतामा राख्न आग्रह  गरिएको स्पष्ट पारेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन