2026-06-19 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकमा बजेटको कमिले १४० खानेपानी आयोजना रोकिए

2019-07-22

साउन ६, काभ्रेपलाञ्चोक | आर्थिक वर्ष २०७५-०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी आयोजनाको काम रोकिएका छन् । 

न्यून बजेटले क्रमागत आयोजनाअन्तर्गत २०७३ सालमा शुरु गरी २०७६ असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोकको ७५ वटा र सिन्धुपाल्चोकको ६५ वटा खानेपानी आयोजनाको काम सम्पन्न गर्न नसकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चौताराका प्रमुख लोकबहादुर चौलागाईंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रु पाँच करोडको आयोजनामा जम्मा दुई लाख बजेट आउँछ, गत असार मसान्तसम्ममा सक्नुपर्ने दुवै जिल्लाका चालू खानेपानी आयोजना त्यतिकै अलपत्र अवस्थामा छन् ।” 

चौलागाईंले गत आवमा न्यून बजेट आउँदा सङ्घीय मन्त्रालयमा थप बजेटका लागि गत वैशाखसम्म ताकेता गर्दा पनि थप बजेट निकासा नभएको बताउनुभयो । “दुई वटै जिल्लाका केही योजना सम्पन्न हुने चरणमा थिए, थोरै रकमले पनि रोकिएका छन्”,उहाँले भन्नुभयो । उहाँले न्यून बजेट निकासा हुनु र कर्मचारी समायोजन तथा डिभिजन कार्यालय स्थानान्तरणका कारण आयोजनाका काम प्रभावित भएको बताउनुभयो । 

मुलुक सङ्घीयतामा गएपछि २०७५ साउन महीनामा काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकको चौतारामा सारिएको थियो । त्यस कार्यालयको कार्यक्षेत्र अहिले दुवै जिल्लामा रहेको छ । 

पुनःनिर्माण योजनाअन्तर्गत शुरु गरिएका काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश खानेपानी आयोजना पनि थप बजेट नआउँदा अलपत्र अवस्थामा रहेका छन् । केन्द्रीय सरकारको पुनःनिर्माण शीर्षकको बजेटबाट २०७३ सालदेखि विभिन्न मितिमा शुरु गरिएका ९० वटामध्ये हाल करीब दुई दर्जन खानेपानी आयोजना सम्पन्न भएका छन् । 

खानेपानी आयोजनाको बाँकी बजेट रकम कहाँबाट आउने भन्ने अन्योलका कारण निर्माणाधीन आयोजनाका काम रोकिएको डिभिजन कार्यालयका काभ्रेपलाञ्चोकस्थित प्राविधिक राजेन्द्र श्रेष्ठले बताउनुभयो । बनेपा नगरपालिका–३ चुनातालका लिफ्टिङ खानेपानी उपभोक्ता समिति अध्यक्ष टेकप्रसाद दाहालले रु ३० लाखको खानेपानी योजनाको २०७३ साल साउनमा पहिलो किस्ता रु १० लाख लिएर शुरु गरिएको बताउँदै त्यसपछि थप बजेट नआउँदा काम अलपत्र अवस्थामा रहेको जानकारी दिनुभयो ।

मुलुक सङ्घीयतामा गएसँगै खानेपानी आयोजनाको बाँकी बजेट रकम केन्द्र सरकार वा प्रदेश सरकारमार्फत आउने भन्ने अन्योलका कारण निर्माणाधीन आयोजना अलपत्र अवस्थामा पुगेका हुन् । 

डिभिजन कार्यालय प्रमुख चौलागाईंले पुनःनिर्माण कार्यक्रमअन्तर्गतको निर्माणाधीन खानेपानी आयोजनाका लागि गत चैत महीनामा प्रदेश सरकारबाट बजेट आउने भएपछि केही योजनाको काम सकिएको र केहीको काम अघि बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुनःनिर्माणका खानेपानी आयोजनाको काम पनि तीन वर्षमा, अर्थात् असार मसान्तसम्ममा नै सक्नुपर्ने थियो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ