2026-09-13 04:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

आफ्नै आमाको सहयोगमा यौन शोषणमा परेकी १२ वर्षीया किशोरीको पीडा

संजीतकुमार मण्डल | साउन ६, महोतरी  | आफ्नै आमाले एक किशोरीलाई १७ दिनसम्म यौन शोषण गराएको छ । महोत्तरीको भङ्गहा नगरपालिका–६ का १२ वर्षीया किशोरीलाई उनको आफ्नै आमाले गाउँबाट दिल्ली लगेर १७ दिनसम्म यौन शोषण गराएको घटना सार्वजनिक भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले आफ्नै आमाको सहयोगमा स्थानीयवासी ४० वर्षीय सीयाराम महतोले घरबाट दिल्ली पु¥याई ती किशोरीलाई १७ दिनसम्म यौन शोषण गरेको रहस्य खुलेको जानकारी दिनुभयो । 

काम लगाइदिने प्रलोभन दिएर किशोरी र उनकी आमा दुवैलाई गत जेठ २७ गते दिल्ली लगेर आमाकै अगाडि सीयारामले छोरीमाथि बारम्बार बलात्कार गरेको पीडित बालिकाले बयान दिएकी प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

पहिलेदेखि नै आमासँग सीयारामको अनैतिक सम्बन्धमा रहेको थियो । घरमा कामकाज गर्दै आएको सीयारामले एक दिन छोरीसँग पनि सम्बन्ध कायम गराउन भनेपछि आमाले घरमा सम्भव नहुने बताइन् । आमाले छोरीलाई गाउँबाट बाहिर लगेपछि मात्रै सम्भव हुने भनेपछि सीयाराम र आमा दुबै मिलेर योजना बनाउन थालें । योजना अनुसार काम लगाइदिने भन्दै सियारामले आमासँगै किशोरीलाई गाउँबाट जनकपुर हुँदै भारतको जयनगर र त्यसपछि दरभङ्गा भएर दिल्ली पु¥याएको थियो ।

दिल्ली पु¥याएकै दिनदेखि आमाले सीयाराम र छोरीलाईसँगै एउटै कोठामा सुत्न लगाएको र पटक-पटक बलात्कार गराएको किशोरीले बयान दिएकी छिन् । किशोरीलाई कोठामा कडा निगरानीका साथ राखेकी, शौचालय जाँदा पनि आमासँगै जाने गरेको र बाहिर निस्कन नदिएर चरम यौन शोषण गरेको किशोरीले बयान दिएकी छिन् ।

गाउँबाट जनकपुर काम गर्न गएकी बहिनीले एक दिन पनि फोनसम्म नगरेपछि किशोरीकी दिदीले गाउँमै बस्दै आएकी आफ्नी ठूली आमालाई लिएर बहिनीलाई आमासँगै कामको लागि बाहिर पठाउन सहयोग गरेका सीयारामका बुबा राम आशिष महतो र स्थानीय नेता भनिएका रामजतन महतोलाई आफ्नी बहिनी र आमाका बारेमा सुधखोज गरेका थिए । तर शुरुमा उनीहरु आलटाल गरेपछि आफू प्रहरीमा जाने, गाउँमा हो हल्ला गर्ने भनेपछि सीयारामका बुबा राम आशिष र नेता रामजतनले असार १६ गतेका दिन किशोरीलाई दिल्लीबाट घर मगाएका थिए ।

दिनसम्म यौन शोषणकी सिकार भएर आएकी किशोरीले सबै कुरा दिदी र ठूली आमालाई भनेपछि गाउँमा होहल्ला हुने र पक्राउ पर्ने डरले आफ्नै छोरीलाई यौन शोषण गराएकी आमा र यौन पिपासु सीयाराम दुवैजना पुनः भारतमै भागेका छन् ।

तर पीडित किशोरीले असार २२ गते आफूलाई काम गर्न बाहिर पठाएका सीयारामका बुबा राम आशिष महतो र स्थाीनय नेता रामजतन महतोमाथि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी जाहेरी दर्ता गराएकी प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक अधिकारीले पीडित किशोरीको मेडिकल जाँच गराउँदा उनको यौन शोषण भएको प्रमाणित भइसकेको जानकारी दिनुभयो । घटनामा संलग्न हुनेले कुनै पनि हालतमा उन्मुक्ति नपाउने दाबी गर्दै उहाँले घटनाको विस्तृत अध्ययन अनुसन्धान भइरहेको र घटनामा संलग्न मुख्य आरोपी अझै फरार रहेकाले उनको खोजतलाश भइरहेको जानकारी दिनुभयो । “हामीले जसरी पनि पीडितालाई न्याय दिलाउने गरी काम कारवाही अगाडि बढाएका छौं”, उहाँले भन्नुभयो, “घटनामा संलग्नहरूलाई मानव बेचबिखन तथा जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन