२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

आफ्नै आमाको सहयोगमा यौन शोषणमा परेकी १२ वर्षीया किशोरीको पीडा

६ श्रावण २०७६, सोमबार १०:१४

संजीतकुमार मण्डल | साउन ६, महोतरी  | आफ्नै आमाले एक किशोरीलाई १७ दिनसम्म यौन शोषण गराएको छ । महोत्तरीको भङ्गहा नगरपालिका–६ का १२ वर्षीया किशोरीलाई उनको आफ्नै आमाले गाउँबाट दिल्ली लगेर १७ दिनसम्म यौन शोषण गराएको घटना सार्वजनिक भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले आफ्नै आमाको सहयोगमा स्थानीयवासी ४० वर्षीय सीयाराम महतोले घरबाट दिल्ली पु¥याई ती किशोरीलाई १७ दिनसम्म यौन शोषण गरेको रहस्य खुलेको जानकारी दिनुभयो । 

काम लगाइदिने प्रलोभन दिएर किशोरी र उनकी आमा दुवैलाई गत जेठ २७ गते दिल्ली लगेर आमाकै अगाडि सीयारामले छोरीमाथि बारम्बार बलात्कार गरेको पीडित बालिकाले बयान दिएकी प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

पहिलेदेखि नै आमासँग सीयारामको अनैतिक सम्बन्धमा रहेको थियो । घरमा कामकाज गर्दै आएको सीयारामले एक दिन छोरीसँग पनि सम्बन्ध कायम गराउन भनेपछि आमाले घरमा सम्भव नहुने बताइन् । आमाले छोरीलाई गाउँबाट बाहिर लगेपछि मात्रै सम्भव हुने भनेपछि सीयाराम र आमा दुबै मिलेर योजना बनाउन थालें । योजना अनुसार काम लगाइदिने भन्दै सियारामले आमासँगै किशोरीलाई गाउँबाट जनकपुर हुँदै भारतको जयनगर र त्यसपछि दरभङ्गा भएर दिल्ली पु¥याएको थियो ।

दिल्ली पु¥याएकै दिनदेखि आमाले सीयाराम र छोरीलाईसँगै एउटै कोठामा सुत्न लगाएको र पटक-पटक बलात्कार गराएको किशोरीले बयान दिएकी छिन् । किशोरीलाई कोठामा कडा निगरानीका साथ राखेकी, शौचालय जाँदा पनि आमासँगै जाने गरेको र बाहिर निस्कन नदिएर चरम यौन शोषण गरेको किशोरीले बयान दिएकी छिन् ।

गाउँबाट जनकपुर काम गर्न गएकी बहिनीले एक दिन पनि फोनसम्म नगरेपछि किशोरीकी दिदीले गाउँमै बस्दै आएकी आफ्नी ठूली आमालाई लिएर बहिनीलाई आमासँगै कामको लागि बाहिर पठाउन सहयोग गरेका सीयारामका बुबा राम आशिष महतो र स्थानीय नेता भनिएका रामजतन महतोलाई आफ्नी बहिनी र आमाका बारेमा सुधखोज गरेका थिए । तर शुरुमा उनीहरु आलटाल गरेपछि आफू प्रहरीमा जाने, गाउँमा हो हल्ला गर्ने भनेपछि सीयारामका बुबा राम आशिष र नेता रामजतनले असार १६ गतेका दिन किशोरीलाई दिल्लीबाट घर मगाएका थिए ।

दिनसम्म यौन शोषणकी सिकार भएर आएकी किशोरीले सबै कुरा दिदी र ठूली आमालाई भनेपछि गाउँमा होहल्ला हुने र पक्राउ पर्ने डरले आफ्नै छोरीलाई यौन शोषण गराएकी आमा र यौन पिपासु सीयाराम दुवैजना पुनः भारतमै भागेका छन् ।

तर पीडित किशोरीले असार २२ गते आफूलाई काम गर्न बाहिर पठाएका सीयारामका बुबा राम आशिष महतो र स्थाीनय नेता रामजतन महतोमाथि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी जाहेरी दर्ता गराएकी प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक अधिकारीले पीडित किशोरीको मेडिकल जाँच गराउँदा उनको यौन शोषण भएको प्रमाणित भइसकेको जानकारी दिनुभयो । घटनामा संलग्न हुनेले कुनै पनि हालतमा उन्मुक्ति नपाउने दाबी गर्दै उहाँले घटनाको विस्तृत अध्ययन अनुसन्धान भइरहेको र घटनामा संलग्न मुख्य आरोपी अझै फरार रहेकाले उनको खोजतलाश भइरहेको जानकारी दिनुभयो । “हामीले जसरी पनि पीडितालाई न्याय दिलाउने गरी काम कारवाही अगाडि बढाएका छौं”, उहाँले भन्नुभयो, “घटनामा संलग्नहरूलाई मानव बेचबिखन तथा जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो