Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा हत्या भएको नौ वर्षसम्म हत्यारा पत्ता लागेन

२०७६, ७ श्रावण मंगलवार ०४:४२

साउन ७, दाङ |  दाङका सञ्चारउद्यमी हेमराज धितालको हत्या भएको नौ वर्ष पुग्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । दाङ तुलसीपुरबाट सञ्चालित रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष धितालको हत्या भएको सोमबार साउन ६ गते नौ वर्ष पूरा भएको छ । 

तत्कालीन संविधानसभा चुनावको प्रचारप्रसार गरेर फर्कने क्रममा विसं २०६७ साउन ६ गते धितालको हत्या भएको थियो । काङ्ग्रेसको चुनाव प्रचार सकेर फर्कने क्रममा राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगरमा अज्ञात समूहले गोली हानी हत्या गरेका थिए ।

त्यही दिनलाई सम्झेर प्रत्येक वर्ष साउन ६ गते देवीप्रसाद धिताल (हेमराज) प्रतिष्ठानले अन्तक्र्रिया कार्यक्रम गर्ने गर्छ । यस्ता कार्यक्रम धितालका परिवार तथा आफन्तलाई खाटो परेको घाउलाई कोट्याउनुभन्दा कुनै उपलब्धि भएको छैन । आफन्तले हेमराजको सम्झनामा आँशु बगाउन थालेको नौ वर्ष भयो । तर, उपलब्धि भने हुनसकेको छैन । हेमराजको हत्या भएको केही दिनमा प्रहरीले ९८ प्रतिशत अनुसन्धान पूरा भएको बताएको थियो, तर त्यही बाँकी दुई प्रतिशतमा अनुसन्धान अड्किएको छ । त्यही दुई प्रतिशत अनुसन्धानको प्रतीक्षामा रहेका छन् आफन्तहरु ।

 धितालकी श्रीमती मञ्जु धितालले गहभरि आँशु झाँदै भन्नुभयो, “हामीले उहाँलाई गुमाएको नौ वर्ष भयो, तर अझै पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।” उहाँले यति भनिरहँदा प्रतिष्ठानले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सहभागी भावविह्वल भएका थिए । “१० दिन, एक महीना भन्दाभन्दै नौ वर्ष बितिसक्यो, प्रहरीले हामी घटनाको सत्यतथ्य पत्ता लगाउने कार्यमा अन्तिम अवस्थामा पुगिसकेका छौँ, भन्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिलेसम्म पनि पत्ता नलाग्दा हामी परिवारलाई थप पीडा भएको छ ।”

 यस विषयमा आफूहरुले अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । “हामीले अहिले नै कसैलाई पनि तँ अपराधी होस्, भनेर भन्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “हामीले प्रमाणाका आधारमा भन्नुपर्छ, यस विषयमा हामीले थप अनुसन्धान गर्नेछौँ ।”

 उक्त घटनामा साक्षी कोही पनि नभएको र घटनाको अनुसन्धान गर्ने आधार भनेको आर्थिक कारोवार र शरीरमा रहेको बन्दुकको गोली नै त्यसको प्रमाण भएको भन्दै यसमा केही समयपछि अनुसन्धान गर्ने बताउनुभयो । उक्त अनुसन्धानको फाइल पनि विसं २०७४ माघमा ‘हेडक्वार्टर’मा पुगिसकेको उहाँको भनाइ छ । हेमराजकै हत्या भएको स्थानमा केही दिनअघि मात्रै अर्को घटना भएको भन्दै त्यो घटनाको अनुसन्धान सकिएपछि पुनः हेमराजको घटनाको अनुसन्धानलाई अघि बढाउने प्रहरी उपरीक्षक पाण्डेको भनाइ छ ।

 हेमराजको मृत्यु भएको दिनमा चर्का–चर्का भाषण गर्न थालेको नौ वर्ष बिते पनि हत्यारा पत्ता नलाग्नु दुःखद् पक्ष भएको प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले बताउनुभयो । उहाँले यस घटनाका दोषीलाई पहिचान गरी कारवाहीका लागि सरकारी पक्षबाट आवश्यक पर्ने जनशक्ति खटाउन पहल थाल्ने बताउनुभयो । “यदि जनशक्ति अभावले अनुसन्धानलाई समस्या भएको हो भने म जनशक्ति व्यवस्था गर्न पहल गर्छु”, उहाँले भन्नुभयो, “तर यो अनुसन्धानलाई यथाशीघ्र अघि बढाउनुप¥यो ।”

 त्यस अवसरमा प्रमुख जिल्ल अधिकारी गोविन्द रिजालले अनुसन्धान भइरहेको र पीडितपक्षले पनि पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइराख्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित