२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा वडा कार्यालय नै पहिरोको जोखिममा

७ श्रावण २०७६, मंगलवार ०९:२७

साउन ७, रुकुमपूर्व |  सिस्ने गाउँपालिका–७ को वडा कार्यालय पहिरोको उच्च जोखिममा परेको छ । माथिबाट आएको पहिरोले सिस्नेरीमा रहेको वडा कार्यालयको एक भाग पुरिएको त्यहाँका  वडाध्यक्ष अमृत बुढाथोकीले बताउनुभयो । 

करिव ४० मिटर माथिबाट झरेको पहिरोले टिनको छाना भएको दुईकोठे भवनको एकापटिको सबै भाग पुरेकाले त्यसस्थान आसपासका बासिन्दा त्रस्त भएका छन् । गए रातिको लगातार वर्षाले बिहान ४ बजे पहिरो झरेको वडा कार्यालयले जनाएको छ । 

पहिरोका कारण वडा कार्यालय भवनको ठाउँठाउँमा चर्किनाका साथै पहिरो झरेकै ठाउँबाट एउटा ठूलो रूख पनि पहिरासँगै बगेर आउन सक्ने सम्भावना भएकाले सो रूख नहटाए उक्त कार्यालयमा ठूलो क्षति पुग्नसक्ने उहाँले जानकारी दिनुभयो । त्यहाँको सामान तत्काल अन्त सार्नका लागि सुरक्षित ठाउँ नभएकाले स्थानीयवासीको सक्रियतामा वडा कार्यालयमा आएको पहिरो र रूखलाई हटाइने अध्यक्ष बुढाथोकीले बताउनुभयो । 

जुनसुकै बेलामा पनि पहिरो झर्न सक्ने भएकाले स्थानीयवासीलाई सचेत भई बस्न स्थानीय प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक वीरबहादुर बुढाले आग्रह गर्नुभएको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य