२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा बेपत्ता भएको ११ दिनपछि गौतमको शव भेटियो

२०७६, ८ श्रावण बुधबार ०४:५२

साउन ८, झापा  | प्रेम सम्बन्ध गाँसेको २८ दिनपछि एक वर्षअघि मात्र २०७५ को असारमा कल्पना थापासँग विवाहबन्धनमा बाँधिएका ३० वर्षीय डिल्ली गौतम बेपत्ता भएको ११ दिनपछि शव फेला परेको छ ।

झापाको कनकाई नगरपालिका–७ मा स्थायी बसोबास भएपनि सिदार्थ बैंक शाखा विर्तामोडमा कार्यरत गौतम जागिरको सिलसिलामा विर्तामोडमै कोठा लिएर बस्दै आएका थिए । असार १७ गते मङ्गलबार बिहान ८ बजे सधैँझै कार्यालय जान भनी हिँडेका गौतम अचानक बेपत्ता भएका थिए । 

सोही दिनको दिउँसो करीब १ बजेको समयमा विर्तामोडबाट १२ किलोमिटर पश्चिमको सुरुङ्गादेखि दुई किलोमिटर उत्तर धनुषकोटीधामबाट आफ्नो अत्यन्तै मिल्ने साथी यामबहादुर रसाइलीलाई आँप लिएर आउन फोन गरेका गौतम आफ्नो साथी धनुषकोटी पुग्नुअघि नै सम्पर्कविहीन भएका थिए ।

आँप लिएर धनुषकोटी पुगेका रसाइलीले साथीलाई फोन गर्दा फोन सम्पर्क हुन नसकेपछि अन्य आफन्तजनलाई खबर गरेका थिए । स्थानीयवासीसहित आफन्तजनको खोजीकार्य निरन्तररूपमा चलिरहे पनि ११ दिनपछि असार २७ गते शुक्रबारका दिन कनकाई सामुदायिक वन क्षेत्रमा मृतावस्थामा गौतमको शव फेला परेको हो ।

दिउँसो १ बजेको समयमा घाँस काट्न आएका स्थानीयवासीले झाडीभित्र नचिनिने अवस्थामा रहेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही दिन घोपामा शव परीक्षण गरेर शनिबारको दिन मात्र कनकाई नदीमा गौतमको अन्त्येष्टि भएको हो ।

आर्थिक अवस्था कमजोर भएका गौतमका बाबु तुलसीप्रसाद गौतमको तीन वर्षअघि नै निधन भएको हो भने आमा ईश्वरा गौतम माइलो छोरा बासुदेवसँग कनकाई–७ कालीमुडास्थित आफ्नै घरमा बस्दै आउनुभएको छ । कान्छो भाइ युवराज वैदेशिक रोजगारीमा छन् ।

“अघिल्लो दिन सोमबार बेलुकातिर घर आएको थियो, के छ आमा खबर, के गर्दै हुनुहुन्छ भनेर सोध्यो, अनि केही समय गफगाफ गरेर हिँडेको छोरो, आजसम्म देख्न पाएकी छैन, हामी कसैलाई पनि केही भनेन, भाइ कान्छासँग भने फोनबाट केही कुरा भएको भन्ने सुनेकी छु , के कसो भयो, केही पनि थाहा छैन”, स्व गौतमकी आमा ईश्वराले गहभरि आँशु पार्दै भन्नुभयो, “छोरो हराएको कुरा सुनेपछि विर्तामोडस्थित सिद्धार्थ बैंकमा गएँ, उसका साथीलाई सोधेँ, उनीहरुले चिन्ता नलिनु आमा हराएको छैन भनेर सम्झाए, अनि आउँछ होला भन्ने आशा लागेको थियो, यो के को बज्र प¥यो ।”

विर्तामोडस्थित कोठामा बस्दै आएका गौतम अघिल्लो दिन बेलुका आफ्नी श्रीमती कल्पना शारिरीकरूपमा केही अस्वस्थ भएपछि विर्तासिटी अस्पतालमा भर्ना गरेर रातभरि अस्पताल बसेका थिए । बिहान ७ बजेतिर बिरामी श्रीमतीलाई कोठामा पु¥याएको केही समयपछि ‘औषधि राम्ररी खाँदै गर्नु म अफिस हिँडेको’ भनेर ८ बजेतिर निस्कनुभएको श्रीमती कल्पना बताउनुहुन्छ । 

बेपत्ता हुनुपर्ने कारणका बारेमा जिज्ञासा राख्दा कल्पनाले त्यस्तो नराम्रो केही नभएको तर कहिलेकाँही भने सामान्य ठाकठुक पर्ने गरेको प्रतिक्रिया दिनुभयो । बैंकको जागिरबाट पैसा कम्ती आउने, उहाँ आफू पनि मुटुको बिरामी, श्रीमती र आमाको उपचारका लागि पैसा खर्च गरिरहनुपर्ने भएपछि तनावमा परेर यस्तो निर्णय गरेको हुनसक्ने आफूलाई लागेको उहाँले बताउनुभयो । 

मृत्युको कारण अनुत्तरीत

घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, विर्तामोडले गौतमकको शव छेउ ‘सुसाइड नोट’समेत भेटेको थियो । भिजेको अवस्थामा भेटिएको नोटमा परिवारसँग गुनासो पोखिएको अनुसन्धान अधिकृत बताउँछन् ।

झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले शव छेउ सुसाइड नोट भेटिए पनि के लेखिएको थियो भन्नेबारे बताउनुभएन । हाल अनुसन्धानमै रहेकाले परीक्षणको रिपोर्ट आएपछि धेरै कुराको जानकारी आउनसक्ने प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । 

गौतमको शवलाई परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर, रिपोर्ट अझैसम्म आएको छैन । त्यहाँका चिकित्सकले शव सडेको अवस्थामा भेटिएकाले रिपोर्ट आउन ढिलो भएको बताउनुभयो । सामान्यतयाः मानिसको मृत्युको २४ घण्टापछिबाटै शव बिग्रिन थाल्छ । चिसो मौसममा लामो समयसम्म शव नबिग्रिने भए पनि गर्मीका कारण गौतमको शव पूर्णतः बिग्रिएको अवस्थामा भेटिएको थियो ।

सुसाइड नोटले आत्महत्या भएको हुनसक्ने आशङ्कालाई जोड दिए पनि घटनास्थल वरपर विष वा झुण्डिएको हुनसक्ने सबुत नभेटिनुले गौतमको मृत्यु रहस्यमय छ । रहस्यको पर्दा चिकित्सकले परीक्षण रिपोर्ट दिएपछि मात्रै खुल्नेछ । रिपोर्टमा गौतम मृत्युको प्रकृति र कारणबारे खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह