२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली प्रदेशमा अधिकांश प्रहरी कार्यालय भाडामा

८ श्रावण २०७६, बुधबार ०४:५७

साउन ८, सुर्खेत  | कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालयहरु भवनविहीन भएका छन् । आफनै भवन नहुँदा चर्को रकम तिरेर अधिकांश प्रहरी कार्यालय भाडामा बस्ने गरेका छन् ।

 कर्णाली प्रदेशका १० जिल्लामा रहेका नेपाल प्रहरीका १८९ कार्यालयमध्ये ८६ कार्यालय अरुको घरमा भाडा तिरेर बसेको नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार जाजरकोटमा १३, रुकुम पश्चिम १२, दैलेख १०, कालीकोट नौ, हुम्ला नौ, सुर्खेत आठ, सल्यान आठ, डोल्पा छ, मुगु छ र जुम्ला चार प्रहरी कार्यालय आफ्नो भवन नहुँदा महङ्गो रकम तिरेर भाडामा बसेका छन् ।

७४ लाख भाडामा खर्च

कर्णाली प्रदेशमा नेपाल प्रहरीका विभिन्न कार्यालयको कार्यालय व्यवस्थापनका लागि वार्षिक झण्डै रु ७४ लाख बढी रकम भाडामा खर्च हुने गरेको छ । कार्यालय सञ्चालनका लागि आफ्नो भवन नहँुदा कर्णाली प्रदेशका विभिन्न प्रहरी कार्यालयले वार्षिक रु ७३ लाख ८० हजार ८५२ बढी रकम भाडामा मात्र खर्च गर्ने गरेको प्रहरी नायब महानिरीक्षक जोशीले जानकारी दिनुभयो ।

 आफ्नो नाममा भवन नहुँदा कर्णाली प्रदेशअन्तर्गत सुर्खेतमा रु १९ लाख ९३ हजार १५२, रुकुम रु १० लाख ६२ हजार ६७२, जाजरकोटमा रु सात लाख ३७ हजार २०८, सल्यानमा रु सात लाख २० हजार, कालीकोटमा रु छ लाख ६२ हजार ८८ घरभाडामा भुक्तानी गर्ने गरेको जोशीले जानकारी दिनुभयो ।

त्यस्तै दैलेखमा रु पाँच लाख ७९ हजार ७२०, हुम्लामा रु पाँच लाख ६३ हजार ४०, मुगुमा रु चार लाख १० हजार ४००, डोल्पामा रु तीन लाख ९८ हजार ५३२ र जुम्लामा रु दुई लाख ५४ हजार ४० भाडावापत वार्षिकरूपमा भुक्तानी गर्ने गरिएको उहाँले बताउनुभयो ।

 आफ्नो वार्षिक भाडाको रकमले नपुग्दा स्थानीय तह तथा अन्यले केही प्रहरी चौकीको भाडा तिरिदिने गरेको उहाँको भनाइ छ । जनतासँग प्रत्यक्षरूपमा जोडिएको नेपाल प्रहरी नै भवन अभावमा बस्नुपर्दा कार्यसम्पादनमा असर पर्ने उहाँले बताउनुभयो । सामान्यतया खाने, बस्ने, शौचालयलगायतका आधारभूत कुरा परिपूर्ति नहुँदा प्रहरीलाई दैनिक कार्यसम्पादनमा असर पर्ने गरेको उहाँको भनाइ छ । “प्रदेशको आफ्नो जग्गा छैन, जग्गा प्राप्तिका लागि पहल गरिएको छ, जग्गा प्राप्ति भएमा भवन निमार्णको पहल गरिनेछ”, उहाँले भन्नुभयो । आफ्नो नाममा जग्गा भए पनि कर्णालीका अधिकांश प्रहरी चौकीहरुले बजेट अभावमा भवन बनाउन सकेका छैनन् ।

 आधा दर्जन कार्यालय प्रदेश बाहिर 

आफ्नो प्रदेशमा भवन नहुँदा कर्णाली प्रदेशका आधा दर्जन कार्यालय प्रदेश बाहिर सञ्चालन भएका छन् । प्रहरीका महत्वपूर्ण कार्यालय भवन अभावमा प्रदेश नं ५ को नेपालगञ्जबाट सञ्चालन हुन बाध्य छन् । कर्णाली प्रदेशको प्रदेश प्रहरी तालीम केन्द्र, प्रदेश प्रहरी दङ्गा नियन्त्रण गण, सङ्घी प्रहरी एकाइ कार्यालय, प्रदेश प्रहरी कुकुर शाखा, प्रदेश प्रहरी सवारी शाखा र प्रदेश प्रहरी भण्डार शाखा नेपालगञ्जबाट सञ्चालन भएको प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो