2026-09-08 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौंडामा बाढीले ट्रक बगायो

साउन ८, हेटौंडा  | मकवानपुरमा गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाको कर्रा खोलामा आएको बाढीले ट्रक बगाएको छ । आज बिहान ६ बजेको समयमा हेटौँडा–१७, हटियामा रहेको शिवम् सिमेन्टको सामान अनलोड गरेर फर्कदै गरेको युपी ५६ टि ४०३९ नम्बरको भारतीय ट्रक खोलामा आएको बाढीले बगाएर पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार, ट्रक पुरिए पनि मानवीय क्षति भने भएको छैन । पानी परिरहेकाले ट्रकलाई उद्धार गर्न कठिनाइ भएको जनाइएको छ  |

पहिरोका कारण धरान चतरा सडकखण्ड अवरुद्ध

साउन ८, हेटौंडा  | मङ्गलबार बेलुकादेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा हटिया हुँदै फापरबारी, राइगाउँ पुग्ने धरान चतरा सडकखण्ड अवरुद्ध बनेको छ । 

सडक अवरुद्ध हुँदा मकवानपुरको पूवी क्षेत्रमा चल्ने यातायात बन्द भएका छन् । सडकखण्डअन्तर्गत बकैया–५ श्रीपुरमा पहिरो जाँदा छितवन, फापरबारी, राइगाउँ जाने सडकखण्ड पूर्णरुपमा बन्द भएको हो ।

दुईदेखि तीन सय मिटरसम्म पहिरो गएकाले बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अनिष बुढाथोकीले जानकारी दिनुभएको छ । सडक अवरुद्ध भएसँगै छतिवन, फापरबारी, राइगाउँ जाने सवारीबीच बाटोमै रोकिएका छन् । पानी परिरहेकाले पहिरो खसिरहेको र पानी रोकिएपछि पहिरो हटाउने प्रहरी जनाएको छ ।

हेटौँडा—५ डुबानमा

मङ्गलबार बेलुकाबाट परेको अविरल वर्षाका कारण हेटौँडा उपमहानगरपालिका–५ को बानियाँटोल र शान्तिनगरका नौ घर डुबानमा परेका छन् । गोरदोई खोलामा आएको बाढी गाउँ प्रवेश गरेपछि हेटौँडा–५ का उक्त स्थानका करीब नौ घर डुबानमा परेका मकवानपुर प्रहरीले जनाएको छ । 

डुबानमा परेपछि वडा प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेतृत्वमा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । केही दिनअघि अविरल वर्षाका कारण उक्त स्थानका थुप्रै घर डुबानमा परेका थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ