२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोतरीमा बाढी र डुबानले पशु आहारा जुटाउन सकस

८ श्रावण २०७६, बुधबार ०७:४१

गोपालप्रसाद बराल | साउन ८, महोतरी  |  महोत्तरी जिल्लाका पशुपालक किसान घरपालुवा वस्तुभाउको आहारा जोहो गर्न नसक्दा पिरोलिएका छन् । असार अन्तिम साताको बाढी र डुबानले चरण क्षेत्र पुरिनाका साथै घाँस लगाएको ठाउँमा डुबानको हिलो वा लेदोले छोपेपछि गाईवस्तुकोे आहारा जुटाउन नसकेर उनीहरू बिलखबन्दमा परेका हुन् । साउन लागेपछि  दुई-तीन दिन पानी थामिए पनि गत शनिबारयता लगातार झरी परिरहेकाले तिनको आहारा जुटाउन झन् सकस परेको हो । 

“गोठमा गाई-भैँसी ड्वाँ–ड्वाँ कराइरहेका छन्, फुकाएर कतै चराउन लाने ठाउँ छैन”, भङ्गाहा नगरपालिका–६ हतिसर्वा मजराका पशुपालक किसान सीताराम सरदारले विरक्तिँदै भन्नुभयो, “रातु नदीको तटीय चरन क्षेत्र बालुवाले पुरेको छ, धेरैजसो सार्वजनिक पर्ति र ऐलानी चौर अतिक्रमित भएका छन्, अब वस्तु पाल्न नसकिने भइयो हजुर !”  रातु नदीका पुराना भँगाला क्षेत्र तटबन्धले बाढी नआउने बनाएपछि भूमाफियाहरुले खाली जग्गा कब्जा गरकाले चरन क्षेत्र मासिएको सरदारको भनाइ छ ।

बाढी र डुबानले बस्ती तहसनहस बनाएपछि अहिले पशुपालन व्यवसाय निकै कठिन भएको पीडित किसानले बताएका छन् । “घरमा १० वटा भैँसी छन्”, भङ्गाहा–४ की पशुपालक किसान हिरादेवी दाहालले भन्नुभयो, “पछिल्लो १५ दिनदेखि पराल र पानीका भरमा छन्, डुलाउने र घाँस काटेर ल्याउने ठाउँ पुरिएपछि ज्यादै अप्ठ्यारो परेको छ ।” बाढी, डुबान र यता केही दिनदेखिको झरीले हरियोपरियो खान नपाएपछि दुधालु वस्तुको दूध स्वात्तै घटेको दाहालको गुनासो थियो । 

जिल्लामा पशुपालन व्यवसायमा बर्दिवास नगरपालिका–७ मनहरीपुर, वडा नं ९ को पशुपतिनगर तथा १२ र १३ को बिजलपुरा उम्दा ठाउँ मानिन्छन् । त्यसैगरी भङ्गाहा, लोहारपट्टी, औरही र गौशाला नगरपालिका क्षेत्रमा पहिलेदेखि नै पशुपालन व्यवसाय राम्रो देखिँदै आएको थियो । यी क्षेत्र खुला नदी तटमा प्रशस्त चरन क्षेत्र हुँदा किसानले गोठमा टन्न गाई-भैँसी पाल्दै आएका थिए । तर पछिल्लो दिनमा चरन क्षेत्र अतिक्रमित भएका र केही बाँकी क्षेत्र बाढीले पुरेपछि किसानको पिरोलो बढेको औरही नगरपालिका भोइल सोनामाइका किसान मोहन महतोले बताउनुभयो ।

आफ्ना स्थानीय तहका प्रतिनिधिले पशुपालन व्यवसायलाई सघाउन कुनै कार्यक्रम नल्याएको पनि पशुपालक किसानको गुनासो छ । “सबैको जीवन त कृषि नै हो तर हाम्रा स्थानीय तहका प्रतिनिधिले हामीलाई ल राम्ररी वस्तु पाल्नुहोस्, हामी हेर्न आउँछाँै पनि भन्दैनन्”, गौशाला नगरपालिका बेलगाछी ढल्केवरकी किसान मनमायाँ ल्हायोले भन्नुभयो, “स्थानीय तहले पशुपालन व्यवसायलाई सहयोग पुग्ने कार्यक्रम ल्याइदिए किसानलाई राहत हुने थियो ।”

जिल्लामा रहेका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये यसपालि औरही नगरपालिकाले भने पशुपालक किसानलाई उत्साहित बनाउन आफ्नै घरपालुवा दुधालु वस्तुबाट कम से कम आठ लिटर दूध उत्पादन गर्नेलाइ वार्षिक २५ हजार पुरस्कार दिने निर्णय गरेको छ । यो र यस्तै पशुपालक किसानलाई प्रोत्साहित गर्ने कार्यक्रम अरू स्थानीय तहले गर्नुपर्ने किसान आन्दोलनमा सरिक रहँदै आउनुभएका महोत्तरी भङ्गाहा–४ का किसान मुकुन्द दाहालको सुझाव छ ।  

पशुपालक किसान आहारा जुटाउन नसकेर पिरोलिएका बेला पशु स्वास्थ्य विज्ञले भने घरमा आफ्नै प्रयत्नले पोषिलो पशु आहारा बनाउन किसानलाइ सुझाएका छन् । अहिले बाढी, डुबान र झरीले पशु आहार जुटाउन अप्ठ्यारो परेका बेला धेरै पटक पानीमा पीठो तताएर घरपालुवा पशु वस्तुलाई दिइरहन र घर वरपर नै राखिएको पराल टुक्र्याएर गहुँको भुस्सामा  मिसाएर खान दिए तत्कालको अभाव टार्न सकिने पशु स्वास्थ्य र हेरचाहबारे अभिरुचि राख्दै यस क्षेत्रमा स्वयंसेवा गर्दै आउनुभएका सामाजिक अभियन्ता बर्दिवास–२ का महेशकुमार झाले बताउनुभयो  ।  

पशुपालक किसानले शीतलहर र लगातार वर्षा हुने यामका लागि घर वरपर नै पोषिलो घाँस लगाउने गरे केही दिनको प्रतिकूल मौसममा पशुवस्तुलाई आहारा जुटाउन गाह्रो नहुने पशु स्वास्थ्यबारे चासो राख्ने अर्का सामाजिक अभियन्ता भङ्गाहा–४ प्रेमनगरका जवाहर महतोले  बताउनुभयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो