2026-09-01 01:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर अस्पतालमा आकस्मिक कक्ष साँघुरो हुँदा बिरामी मर्कामा

नारायण अधिकारी | साउन ८, चितवन  | आकस्मिक कक्षमा बिरामीको चाप बढेपछि भरतपुर अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी केशव श्रेष्ठलाई कहाँ राखेर उपचार गराउने भन्ने समस्याले सतायो । हिजो मङ्गलबार राति अस्पतालको आकस्मिक कक्षमा ५० जना बिरामी उपचारका लागि आएका थिए । 

सोही रात प्रहरीले परीक्षणका लागि ल्याएका २३ जना बिरामी पनि थपिएपछि अस्पताल प्रशासनलाई धौ धौ प¥यो । आकस्मिक कक्षमा रहेका जम्मा १२ वटा श्ययामा सबैलाई उपचार गर्न कठिन भएको श्रेष्ठले बताउनुभयो । तीमध्ये विषादी सेवन गरेका तीन र दमको एक जना बिरामीलाई अस्पतालको सघन उपचार कक्ष खाली नभएकाले निजी मेडिकल कलेज पठाइएको थियो । 

बाँकीमध्ये केही उपचारपछि घर गएका, थप उपचार गर्नुपर्ने भएकालाई विभागहरुमा पठाइएको र बाँकीलाई एउटै श्ययामा तीन जनासम्म राखेर उपचार गरिएको श्रेष्ठले जानकारी दिनुभयो । 

यो समस्या एक दिनको मात्र होइन । दैनिक दुई हजारभन्दा बढी बिरामीको उपचार गर्दै आएको यहाँको भरतपुर अस्पतालमा आकस्मिक कक्ष साँघुरो हुँदा एउटै श्ययामा तीन जनासम्म बिरामी राखेर उपचार गराउनु पर्ने अवस्था छ । उहाँ भन्नुहुन्छ, ‘‘कतिपय श्ययाको अभावमा आफ्ना बिरामीलाई अन्य निजी अस्पतालमा लैजान बाध्य भएका छन् ।’’अस्पतालको आकस्मिक कक्ष प्रमुख राजकुमार ढुङ्गाना निकै कठिनाइका साथ काम गर्नु परेको गुनासो गर्नुहुन्छ । अस्पतालका सबै विभाग व्यवस्थित भइसक्दा पनि अति महत्वपूर्ण विभाग आकस्मिक कक्षको व्यवस्थापन हुन नसकेको उहाँको भनाइ छ । 

दैनिकजसो श्यया नपाएपछि बिरामी र आफन्तले कर्मचारीहरुसँग झगडा गर्ने गरेको ढुङ्गानाले बताउनुभयो । अस्पतालको कूल श्ययाको १० प्रतिशत अर्थात् ६० श्ययाको आकस्मिक कक्ष हुनुपर्ने भए पनि स्थापनाको समयदेखिको १२ श्ययामा खुम्चनु परेको ढुङ्गानाको भनाइ छ ।   

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले बिरामीको चापअनुसारको आकस्मिक कक्ष नभएको स्वीकार्नुभयो । आकस्मिक कक्षसँगै प्रयोगशालासमेत आवश्यक हुने भए पनि यस्तो व्यवस्थापन हुन नसकेको उहाँले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा सुविधा सम्पन्न आकस्मिक कक्ष निर्माण गर्नुपर्ने आवश्यकता आफूले देखेको र सोही अनुरुप प्रक्रिया अघि बढाउन लागेको तिवारीको भनाइ छ । 

अस्पतालमा आउने बिरामीको आधारमा आकस्मिक कक्ष निकै सानो र अव्यवस्थित रहेको छ । पुरानो, जीर्ण र साँघुरो भवनमा आकस्मिक कक्ष सञ्चालन हुँदै आएको छ । आकस्मिक कक्षमा एउटा चरण (सिफ्ट) मा एक चिकित्सक, एक प्यारामेडिक्स र एक जना नर्सिङ कर्मचारीको दरबन्दी रहेको छ । 

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार आकस्मिक कक्षमा एक महीनामा तीन हजार पाँच सय हाराहारी बिरामी उपचारका लागि आउने गर्दछन् । दिनको समयमा बहिरङ्ग सेवामा समेत जाने भए पनि रातिको समयमा आकस्मिक कक्षमा बिरामीको चाप बढी हुने गर्दछ । 

थोरै श्ययाको साँघुरो आकस्मिक कक्ष भएकाले धान्न मुस्किल भएको उहाँको भनाइ छ । अस्पतालको वहिरंग सेवामा एक दिनमा एक हजार सात सयसम्म बिरामीको उपचार गरेको बताउँदै पौडेलले अस्पतालका ६०० श्यया बिरामीले भरिने गरेको जानकारी दिनुभयो । 

प्रसूति विभागमा बिरामी नअटेर भुइँमा उपचार गर्न बाध्य हुने गरेका छन् । अस्पतालमा २० श्ययाको सघन उपचार कक्ष, १२ श्ययाको बाल सघन उपचार कक्ष, २० श्ययाको वृद्धवृद्धा कक्ष, २० श्ययाको पोष्टअपरेटिभ कक्ष र १२ श्ययाको डायलासिस कक्षसमेत रहेका छन् ।     

विसंं २०१३ मा एउटा छाप्रोको १५ श्ययाबाट शुरु भएको भरतपुर अस्पतालले केन्द्रीय स्तरको बनेसँगै ५०० श्ययाको अनुमति पाए पनि अस्पतालमा ६०० श्यया सञ्चालनमा छ । हाल अस्पतालले १४ वटा विभागमार्फत सेवा दिँदै आएको छ । चितवन, मकवानपुर, नवलपरासी, धादिङ, गोरखा, लम्जुङ, तनहुँ लगायतका १९ वटा जिल्लाबाट उपचारका लागि यहाँ बिरामी आउने गर्दछन् । वार्षिक रुपमा करीब तीन लाख हाराहारी बिरामीले सेवा लिने गरेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला