२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर अस्पतालमा आकस्मिक कक्ष साँघुरो हुँदा बिरामी मर्कामा

८ श्रावण २०७६, बुधबार ०७:४९

नारायण अधिकारी | साउन ८, चितवन  | आकस्मिक कक्षमा बिरामीको चाप बढेपछि भरतपुर अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी केशव श्रेष्ठलाई कहाँ राखेर उपचार गराउने भन्ने समस्याले सतायो । हिजो मङ्गलबार राति अस्पतालको आकस्मिक कक्षमा ५० जना बिरामी उपचारका लागि आएका थिए । 

सोही रात प्रहरीले परीक्षणका लागि ल्याएका २३ जना बिरामी पनि थपिएपछि अस्पताल प्रशासनलाई धौ धौ प¥यो । आकस्मिक कक्षमा रहेका जम्मा १२ वटा श्ययामा सबैलाई उपचार गर्न कठिन भएको श्रेष्ठले बताउनुभयो । तीमध्ये विषादी सेवन गरेका तीन र दमको एक जना बिरामीलाई अस्पतालको सघन उपचार कक्ष खाली नभएकाले निजी मेडिकल कलेज पठाइएको थियो । 

बाँकीमध्ये केही उपचारपछि घर गएका, थप उपचार गर्नुपर्ने भएकालाई विभागहरुमा पठाइएको र बाँकीलाई एउटै श्ययामा तीन जनासम्म राखेर उपचार गरिएको श्रेष्ठले जानकारी दिनुभयो । 

यो समस्या एक दिनको मात्र होइन । दैनिक दुई हजारभन्दा बढी बिरामीको उपचार गर्दै आएको यहाँको भरतपुर अस्पतालमा आकस्मिक कक्ष साँघुरो हुँदा एउटै श्ययामा तीन जनासम्म बिरामी राखेर उपचार गराउनु पर्ने अवस्था छ । उहाँ भन्नुहुन्छ, ‘‘कतिपय श्ययाको अभावमा आफ्ना बिरामीलाई अन्य निजी अस्पतालमा लैजान बाध्य भएका छन् ।’’अस्पतालको आकस्मिक कक्ष प्रमुख राजकुमार ढुङ्गाना निकै कठिनाइका साथ काम गर्नु परेको गुनासो गर्नुहुन्छ । अस्पतालका सबै विभाग व्यवस्थित भइसक्दा पनि अति महत्वपूर्ण विभाग आकस्मिक कक्षको व्यवस्थापन हुन नसकेको उहाँको भनाइ छ । 

दैनिकजसो श्यया नपाएपछि बिरामी र आफन्तले कर्मचारीहरुसँग झगडा गर्ने गरेको ढुङ्गानाले बताउनुभयो । अस्पतालको कूल श्ययाको १० प्रतिशत अर्थात् ६० श्ययाको आकस्मिक कक्ष हुनुपर्ने भए पनि स्थापनाको समयदेखिको १२ श्ययामा खुम्चनु परेको ढुङ्गानाको भनाइ छ ।   

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले बिरामीको चापअनुसारको आकस्मिक कक्ष नभएको स्वीकार्नुभयो । आकस्मिक कक्षसँगै प्रयोगशालासमेत आवश्यक हुने भए पनि यस्तो व्यवस्थापन हुन नसकेको उहाँले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा सुविधा सम्पन्न आकस्मिक कक्ष निर्माण गर्नुपर्ने आवश्यकता आफूले देखेको र सोही अनुरुप प्रक्रिया अघि बढाउन लागेको तिवारीको भनाइ छ । 

अस्पतालमा आउने बिरामीको आधारमा आकस्मिक कक्ष निकै सानो र अव्यवस्थित रहेको छ । पुरानो, जीर्ण र साँघुरो भवनमा आकस्मिक कक्ष सञ्चालन हुँदै आएको छ । आकस्मिक कक्षमा एउटा चरण (सिफ्ट) मा एक चिकित्सक, एक प्यारामेडिक्स र एक जना नर्सिङ कर्मचारीको दरबन्दी रहेको छ । 

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार आकस्मिक कक्षमा एक महीनामा तीन हजार पाँच सय हाराहारी बिरामी उपचारका लागि आउने गर्दछन् । दिनको समयमा बहिरङ्ग सेवामा समेत जाने भए पनि रातिको समयमा आकस्मिक कक्षमा बिरामीको चाप बढी हुने गर्दछ । 

थोरै श्ययाको साँघुरो आकस्मिक कक्ष भएकाले धान्न मुस्किल भएको उहाँको भनाइ छ । अस्पतालको वहिरंग सेवामा एक दिनमा एक हजार सात सयसम्म बिरामीको उपचार गरेको बताउँदै पौडेलले अस्पतालका ६०० श्यया बिरामीले भरिने गरेको जानकारी दिनुभयो । 

प्रसूति विभागमा बिरामी नअटेर भुइँमा उपचार गर्न बाध्य हुने गरेका छन् । अस्पतालमा २० श्ययाको सघन उपचार कक्ष, १२ श्ययाको बाल सघन उपचार कक्ष, २० श्ययाको वृद्धवृद्धा कक्ष, २० श्ययाको पोष्टअपरेटिभ कक्ष र १२ श्ययाको डायलासिस कक्षसमेत रहेका छन् ।     

विसंं २०१३ मा एउटा छाप्रोको १५ श्ययाबाट शुरु भएको भरतपुर अस्पतालले केन्द्रीय स्तरको बनेसँगै ५०० श्ययाको अनुमति पाए पनि अस्पतालमा ६०० श्यया सञ्चालनमा छ । हाल अस्पतालले १४ वटा विभागमार्फत सेवा दिँदै आएको छ । चितवन, मकवानपुर, नवलपरासी, धादिङ, गोरखा, लम्जुङ, तनहुँ लगायतका १९ वटा जिल्लाबाट उपचारका लागि यहाँ बिरामी आउने गर्दछन् । वार्षिक रुपमा करीब तीन लाख हाराहारी बिरामीले सेवा लिने गरेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो