२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मर्जरमा जाने वाणिज्य बैंकका सीइओ र उच्च व्यवस्थापनलाई कुलिङ पिरियड नलाग्ने

२०७६, ८ श्रावण बुधबार १२:२९

साउन ८, काठमाडौं । यसैगरी मौद्रिक नीतिमा मर्जरमा जाने वाणिज्य बैङ्का सीइओ र उच्च व्यवस्थापनलाई कुलिङ पिरियड नलाग्ने व्यवस्था गरेको छ ।  गभर्नर डा. चिरन्जीवी नेपालले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् ।

यसअघि बैंकका सीइओले एउटा बैङ्क छाडेपछि ६ महिना अर्को बैङ्कमा  नियुक्ति लिन नपाउने व्यवस्था गरेको थियो । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई मर्जर र प्राप्तिमा प्रोत्साहन गर्न विशेष सहुलियतको प्याकेज घोषणा गरेको छ । 

२०७७ असारसम्म मर्जर र प्राप्तिमा सहभागी भएका बैङ्क तथा वित्तीय संस्थालाई ब्याजदर अन्तर (स्प्रेड) दरमा सहुलियत दिएको छ । मर्जर प्रक्रियामा सहभागी भएका बैङ्क तथा वित्तीय संस्थाले आगामी २०७८ असारसम्म स्प्रेडदर घटाएर ४.५ प्रतिशत पुर्याए हुने  नीतिगत व्यवस्था गरेको छ । मर्जरमा नजाने बैङ्क तथा वित्तीय संस्थाले यो वर्षभित्र न्यूनतम स्प्रेडदर कायम राख्नुपर्ने भएको छ । 

यस्तै कृषि, ऊर्जा र पर्यटन जस्ता प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा लगानी सीमा २५ प्रतिशतसम्म पुर्याउने अवधिलाई बढाएर २०७८ असार मसान्तसम्म पुर्याइएको छ । यस्तै चुत्तापुँजीको २५ प्रतिशतसम्म ऋणपत्र निष्कासन गर्नुपर्ने अनिवार्य व्यवस्थालाई २०७८ असारसम्म कायम गरिएको गभर्नर नेपालले जानकारी दिए । 

सरकारले चालू आर्थिक वर्षको बजेटमा मर्जर र प्राप्तिलाई जोड दिएको छ । सरकारले आफनोतर्फबाट दिँदै आएको सहुलियतलाई १ वर्षसम्म थप गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु