२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा घर–घरमा गएर मोबाइल, गहनालगायतका सामग्री चोरी गर्ने गिरोह पक्राउ

८ श्रावण २०७६, बुधबार १५:५१

 साउन ८, धादिङ । घर–घरमा गएर मोबाइल, गहनालगायतका सामग्री चोरी गर्ने एक गिरोहलाई जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरी सार्वजनिक गरेको छ । धादिङबँेसी र आसपासका क्षेत्रमा मोबाइल, सुनका गरगहना, ढलौटका कचौरा, करुवालगायतका सामग्री चोरी गरी लुकाई राखेको अवस्थामा सामाग्रीसहित तीन युवालाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो । 

नीलकण्ठ नगरपालिका–३ एमालेचोकका चोकनारायण श्रेष्ठले गत असार ९ गते आफ्नो मोबाइल हराएपछि जिल्ला प्रहरी कार्यालयमा सामान खोजी गर्न निवेदन दिनुभएको थियो ।

श्रोष्ठको निवेदन र जिल्ला सदरमुकाम तथा आसपासका क्षेत्रमा मोबाइल र अन्य सामाग्री निरन्तर हराइरहेका भन्ने प्रहरीमा आएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा नीलकण्ठ–४ का २० वर्षीय सुजन ठकुरी, १८ वर्षीय किशान श्रेष्ठ र २० वर्षीय निशान सुन्दास रहेका छन् । प्रहरीले मोबाइल चोरको सुराकीका आधारमा सुन्दासको कोठा खानतलासी गरेपछि चोरी गरेर राखेका सामग्री फेला पारेको थियो ।

उनीहरुका साथबाट विभिन्न ब्राण्डका १२ थान मोबाइल, दुई खुकुरी, दुई ढलौटका लोटा, १४ ढलौटका कचौरा, चोरी गर्नमा प्रयोग गरिएको फलामको हम्मर, रेन्ची, लाइटर, सुनजस्तै देखिने मङ्गलसुत्र र माला प्रहरीले बरामद गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य