2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा पाठेघरपीडितका लागि निःशुल्क किटब्याग बितरण

साउन ९, दोलखा | नेपालका अधिकांश महिला पाठेघरसम्बन्धी रोगबाट पीडित भएपछि बेलायत सरकारको सहयोगमा फ्रिडम किटब्याग संस्थाले दोलखामा महिलालाई निःशुल्क किटब्याग बाँडेको छ ।

पन्ध्रदेखि ४९ वर्षभित्रका आमा, दिदीबहिनीमा योनी चिलाउने, पाठेघरको मुख दुख्ने, पाठेघर खस्ने र पाठेघरको क्यान्सर हुनेजस्ता समस्याबाट धेरै नै प्रताडित भएकाले त्यसबाट जोगाउन फ्रिडम किटब्याग संस्थाले निःशुल्क किटब्याग बाँडेको हो । 

तीन वर्षअघिदेखिको अनुसन्धानमा किटब्याग प्रयोग गर्ने महिलामा योनी चिलाउने, पाठेघरको मुख दुख्ने, पाठेघर खस्ने समस्यामा धेरै नै कमी भेटिएको चरिकोट प्रस्तावित अस्पतालका डा विनोद दङ्गालले बताउनुभयो । दोलखामा तीन वर्षअघि बेलायत सरकारको सहयोगमा फ्रिडम किटब्याग संस्थाले दोलखाका १६० महिलालाई निःशुल्क किटब्याग बाँडेको थियो । उनीहरुको स्वास्थ्य जाँच गर्दा यो समस्या अत्यन्तै न्यून देखिएको अनुसन्धानमा खटिएका डा दङ्गालको भनाइ छ ।

 पाँचौँ पटकमा गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट र श्री पशुपति कन्या मन्दिर माध्यामिक विद्यालयका छात्रा गरी १६० जनालाई संस्थाले दोलखामा महिलालाई निःशुल्क किटब्याग बाँडेको संस्थाकी सद्भावनादूत निर्मला श्रेष्ठले बताउनुभयो ।

वातावरण संरक्षण तथा महिलाको स्वास्थ्यमा केन्द्रित भई दोलखालगायत सिन्धुपाल्चोक, काठमाडाँै, रुकुम, रोल्पा, डडेल्धुरा, अछाम, बाजुरा र तराईका सबै जिल्लामा फ्रिडमले महिलालाई निःशुल्क किटब्याग बाँड्दै जनचेतना जागृत गराउने कार्यक्रम गदै आएको संस्थाकी सद्भावनादूत श्रेष्ठले जानकारी दिनुभयो । एउटा किटब्यागलाई राम्रोसँग प्रयोग गरे कम्तीमा तीन वर्षसम्म चलाउन मिल्ने श्रेष्ठले बताउनुभयो । एक किटब्याग तयार गर्न कम्तीमा रु दुई हजार लाग्ने उहाँको भनाइ छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई