कृष्ण बिष्ट | साउन १०, बैतडी | बैतडीको गोकुलेश्वर कृषी तथा पशु विज्ञान कलेजले विद्यार्थी संघ, संगठन र स्ववियु खारेज गरेको सूचना सार्वजनिक गरेपछि अनेरास्ववियु बैतडीले आपत्ति जनाएको छ ।
संगठनलाई कुनै जानकारी नगराइकनै बिद्यार्थी संगठन खारेज गरेको भन्दै आपत्ति जनाएको हो । नेकपा निकट अखिल क्रान्तीकारी र अनेरास्ववियु बैतडीले संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै क्याम्पसले गरेको उक्त निर्णयप्रति आपत्ती जनाएको छ । अनेरास्ववियु र अखिल क्रान्तीकारी बैतडीका अध्ययक्ष द्धय भुवन कार्की र गोविन्द मालद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, कुनै बिद्यार्थी संगठनलाई जानकारी नगराई टेलर हेड र छापको दुरुपयोग गरि संगठन खारेज गरेको छ, संगठनको नाममा मनपरी र दुरुपयोग गर्नेहरुमाथि अनेरास्ववियुले छानबिन गर्नेछ र सत्यतथ्य पर्दाफास गर्ने छ ।’
बिना जानकारी कुनै क्याम्पसमा गठन गरिएको संगठन खारेज गर्ने अधिकार उक्त क्याम्पस प्रशासन संग नभएको अनेरास्ववियु बैतडीका अध्यक्ष भुवन कार्कीले बताउनुभयो । गोकुलेश्वर कृषी क्याम्पसले गरेको निर्णय नसच्या अनेरास्ववियु कडा भन्दा कडा रुपमा प्रतिकारमा उत्रने पनि उहाले बताउनुभयो ।
कलेजमा दर्ता भएका राजनीतिक पार्टीसँग आबद्ध संघसंगठन (नेविसंघ, अनेरास्ववियु) र स्ववियु खारेज गरिएको कलेजले जनाएको छ। कलेज प्रमुख परमानन्द जोशीले जारी गरेको सूचनाअनुसार कलेजमा दर्ता भएका राजनीतिक पार्टी आबद्ध विद्यार्थी संघ, संगठनहरू (नेविसंघ, अनेरास्ववियु) आपसमा झैंझगडा, कुटपिट गर्नाले कलेजको शैक्षिक वातावरण अशान्त बन्ने र संघ र संगठनमा आबद्ध विद्यार्थीहरू नै असुरक्षित रहने अवस्था रहेको भन्दै खारेजीका लागि उनीहरूले निवेदन दिएको र सोहि अनुसार प्रशासनले संघ संगठन खारेज गरेको क्याम्पसले जनाएको छ |