2026-07-08 05:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कानून बाझिएपछि यातायात कर उठाउन समस्या

2019-07-26

साउन १०, हेटौंडा  | प्रदेश नं ३ सरकारले साउन १ गतेदेखि लागू गरिएको सवारी तथा यातायात व्यवस्था ऐनको कार्यान्वयनमा समस्या देखिएको छ । 

सो ऐनको केही प्रावधान सङ्घीय कानूनसँग बाझिएकाले यसको कार्यान्वयनका समस्या देखिएको यातायात व्यवस्था सेवा कार्यालय मकवानपुरले जनाएको छ । समस्या देखिएपछि सवारी साधनमा जरिवानासहितको कर उठाउनसमेत रोकिएको हो । कर बुझाउन आएका सेवाग्राहीलाई साउन अन्तिममा आउनका लागि अनुरोध गरेर पठाइएको यातायात कार्यालयका कर्मचारी पप्पु मण्डलले जानकारी दिनुभयो ।

 यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाका प्रमुख पोषण थापाले मुख्यमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री डोरमणि पौडेलसहित प्रदेशका प्रमुख सचिव, सचिव लगायतको छलफलबाट कानून सच्याउन आवश्यक कदम चाल्ने सहमति बनेको बताउनुभयो । उहाँका अनुसार छलफलको निष्कर्षपछि मात्र कर बुझिनेछ ।

कानून कार्यान्वयनमा समस्या देखिएपछि प्रदेशअन्तर्गतका १० वटै यातायात व्यवस्था सेवा कार्यालयले सङ्घीय कानूनसँग बाझिएका बुँदाको टिपोट गरी भौतिक पूर्वाधार मन्त्रालयमा बुझाएको छ । प्रदेश सवारी ऐन र सङ्घीय सरकारको यातायात ऐन र निर्देशिकासँग बाझिएका २९ वटा दफा पहिचान गरी संशोधनका लागि सुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको प्रमुख थापाले बताउनुभयो । 

 प्रदेशसभाबाट २०७५ माघ १८ गते पारित भएका सो ऐन आन्तरिक मामिला तथा कानून मन्त्रालयले जेठमा मात्रै प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो । साउन १ गतेदेखि कार्यान्वयनमा आएको सो ऐनमा सवारी साधनमाथि लगाइने जरिवाना, चालक अनुमतिपत्र, रुट इजाजतलगायतका २९ वटा दफा सङ्घीय कानूनसँग बाझिएको पाइएको छ ।

 प्रदेशको ऐनमा सवारी साधनको करमा लगाइने जरिवाना शत प्रतिशतसम्म तोकिएपछि सबैभन्दा बढी विवाद देखिएको छ । सङ्घीय कानूनमा बढीमा ३२ प्रतिशतसम्म मात्र जरिवाना गर्न सक्ने व्यवस्था रहेकामा प्रदेशले शतप्रतिशतसम्म जरिवाना गरेपछि सेवाग्राहीले आलोचना गरेका छन् ।

सवारी ऐन २०४९ अनुसार बनेको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को संशोधन २०७४ अनुसार भने आर्थिक वर्ष पार भएमा पनि सवारी साधन करको अधिकतम जरिवाना ३२ प्रतिशत मात्रै तोकिएको छ । यस्तै सवारी चालक अनुमतिपत्र लिने उमेर पनि सङ्घीय कानूनसँग बाझिने गरी प्रदेश ऐनमा व्यवस्था गरिएको छ । चालक अनुमतिपत्र वितरण तथा नवीकरणमा पनि त्रुटि भेटिएको बताइएको छ । 

नयाँ अनुमतिपत्र दिँदा पाँच वर्षको अवधि राखिएको छ भने अनुमतिपत्र नवीकरणपछि भने १० वर्षसम्म मान्य हुने व्यवस्था राखिएको छ । सङ्घीय कानूनमा भने चालक अनुमतिपत्र हरेक पाँच वर्षमा नवीकरण गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले