Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना

२०७६, १० श्रावण शुक्रबार ०९:०२

साउन १०, दाङ | दाङका चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना शुरु भएको छ । रोजगारको नाममा विदेश जानेको सङ्ख्यालाई न्यूनीकरण गर्नका लागि यो परियोजना शुरु भएको हो । 

विदेश जानुपर्ने अवस्था सिर्जना भएमा त्यसलाई सुरक्षित बनाउनका लागि यो कार्यक्रम लागू भएको परियोजनाका कार्यक्रम संयोजक सनत सापकोटाले जानकारी दिनुभयो । “हामी सकेसम्म विदेश पलायनलाई निरुत्साहित गर्छौैं”,उहाँले भन्नुभयो, “यदि जाने नै भए त्यसलाई सुरक्षित बनाउने प्रयास गर्छौं ।”उहाँका अनुसार दाङको तुलसीपुर र घोराही उपमहानगरपालिकाको साथै लमही नगरपालिका र बबई गाउँपालिकामा उक्त कार्यक्रम लागू हुने भएको छ ।  

स्विस सरकारको सहयोगमा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हेल्विटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन सामी परियोजनामार्फत उक्त कार्यक्रम लागू भएको हो । दाङ प्रदेश नं ५ का १२ जिल्लामध्ये दाङ दोस्रो नम्बरमा रहेको भन्दै यसलाई न्यूनीकरण गर्न परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।  

साविक जिल्ला विकास समितिमार्फत कार्यक्रम सञ्चालन भएको सामी परियोजना अब चार पालिकासँग जोडिएको हो । परियोजना सञ्चालनका लागि घोराहीमा रु ४२ लाख ५० हजार, तुलसीपुरमा रु १७ लाख ७५ हजार, लमही र बबईमा ११ लाख ६१ हजारका दरले बजेट आएको छ ।

जिल्ला प्रशासन र इलाका प्रशासनबाट निकै धेरै राहदानीहरु बन्ने गरेको तर श्रम स्विकृति लिएर जानेको सङ्ख्या थोरै देखिएको भन्दै लुकीचोरी विदेश जाने क्रमलाई रोक्न, सीप र ज्ञान लिएर मात्रै विदेश जानेलाई परामर्श दिन र सकेसम्म आफ्नै ठाउँमा काम गरेर खाने वातावरण बनाउने गरी गरी कार्यक्रम लागू हुने भएको छ । कार्यक्रममा यसअघि सामी परियोजनाले घोराही आप्रवासी स्रोत केन्द्रबाट रु तीन करोड ४२ लाख पीडकहरुबाट क्षतिपूर्ति भराएर न्याय दिएको थियो भने १५ हजारलाई परामर्श दिएको परियोजनाका पञ्चराम चौधरीले जानकारी दिनुभयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित