2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

महिनावारीको समयमा धारामा नुहाउछन् भनेर यस्तो जुक्ति…

दान बहादुर बुढा | साउन ११, मुगु | सुन्दा अचम्म लाग्न सक्छ कि मुगु जिल्ला छायानाथ रारा नगरपालिका अन्तरगर्त रहेको एक गाँउका मानिसहरुले छोरी-बुहारी र महिलाहरु (महिनावारी) छाउ भएको समयमा धारामा नुहाउछन् भनेर धारामा मन्दीर निर्माण गरेका छन् । 

छायानाथ रारा नगरपालिका वडा नम्बर ६ बालै गाँउका स्थानिय बासीहरुले १ सय २० भन्दा बढी घर घुरी रहेको बस्तीमा पुर्खादेखी चल्दै आएको खानेपानी धारामा महिलाहरु महिनावारि भएको समय धारामा ननुहाउन भनेर त्यसको रोकथामको लागि धारामा मन्दिर बनाईदिएका छन् । 

महिनावारी भएकाहरुले पहिले त्यहि धाराको प्रयोग गर्ने गरेको भएपनि त्यहाँ घण्ट, ध्वजा, त्रिशुल राखेर मन्दिर बनेपछि धारामा छाउ भएको १ हप्ता पछि मात्र जाने गर्न थालेका छन् भने धारामा घरको भान्साको जुठो भाडाकुडा पनि धुन लान छाडेका छन् । मन्दिर अघि भाडा धोए वा छाउ भएकाहरुले धारा प्रयोग गरे गाउँमा अशुभ हुने, भोकमरी लाग्ने विश्वास छ । 

छाउ भएको समयमा धारामा नुहाउन गएपछि महिला बिरामी हुने, अशुभ हुने, धाराबाट बगेको पनि भुत बस्ने ठाँउमा जान्छ, पेट दुख्ने, भान्सामा पकाएको सबै भात भुतले खाने जस्ता पुरातनवादी विश्वासको कारण कोहि पनि महिलाहरु छाउ भएको बेला धारामा नुहाउन जाने गरेका छैनन् । 

यता छायानाथ रारा नगरपालिकाको उपप्रमुख सुन्तला रोकायाले छाउ महिलालाई धारामा रोक्ने उद्देश्यले मन्दिर बनेको प्रति आक्रोशित भइन् उनले सृष्ठी सन्चालन गर्नको लागी महिलाको उत्पति भएको भन्दै छाउ हुनु महिलालाई प्रकृतिले दिएको नियम भएको बताइन् । उनले धारामा ननुहाँए कहाँ नुहाउने भन्दै यस्तो दमन महिला माथि भएको भए एकपटक अनुगमन गरेर समस्यालाई समाधान गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले सरस्वाति, देवी, माई पनि महिलानै भंएको भन्दै  यीउनीहरुलाई सम्मान गर्ने तर महिलालाई छाउ भएको समयमा बिभेद हुनुले सबैभन्दा पनि स्थानिय बासिहरुको आत्म बिशुवास परिवतन हुनु पर्ने र महिला माथिए भएको बिभेद मार्थि लडिरहने नगर उपप्रमुख रोकायाले बताएकी छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल