2026-09-13 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सन्दर्भ बाघ दिवस : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा थोरै क्षेत्रफलमा धेरै बाघ

साउन १३, कंचनपुर | तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ पाटेबाघ छन् । क्षेत्रफलका हिसाबले बाघका लागि पर्याप्त नभए पनि शुक्लाफाँटा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जका रूपमा परिचित छ ।

विश्वमै बाह्रसिङ्गाको ठूलो झुण्ड देख्न पाइने शुक्लाफाँटामा दुई हजार दुई सयभन्दा बढी दुर्लभ बाह्रसिङ्गा छन् । कञ्चनपुरको भीमदत्तनगरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको आयोजनामा आज ११औँ बाघ दिवस मनाइरहँदा शुक्लाफाँटाको बाघ संरक्षणका विषयमा जोड दिइएको छ ।

सन् २०१३ को गणनाअनुसार १७ बाघ रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा एकले कमी आएको हो । “शुक्लाफाँटामा बाघका लागि सानो बासस्थान भए पनि क्षेत्रफलका हिसाबले धेरै बाघ छन्”, प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले भन्नुभयो, “बाघका लागि पर्याप्त आहार भएकाले पनि यहाँ बाघ धेरै भएका हुन् ।” आहारका कारण पनि यहाँ बाघको सङ्ख्यामा वृद्धि हुने उहाँको भनाइ छ ।

निकुञ्जको वरिपरि मानव बस्ती भए पनि बाघ र मानवबीच द्वन्द्व नरहेको निकुञ्ज कार्यालयले जनाएको छ । चोरी सिकार न्यूनीकरणका लागि शुक्लाफाँटाको चौतर्फी नेपाली सेनाको देवीदल गण खटिएको छ ।

“सुरक्षा सतर्कता पनि मजबुत भएकाले यहाँ वन्यजन्तु सुरक्षित राख्न सकिएको छ”, पौड्यालले भन्नुभयो, “बाघसँगै शुक्लाफाँटामा पर्यटक लोभ्याउने धेरै कुरा छ ।” यहाँको लालझाडी, ब्रह्मदेव र डडेल्धुरा जिल्लाको सिमाना लगायतका जङ्गलमा बाघ आवतजावत गर्ने गरेको भए पनि बाघको प्रमुख बासस्थान शुक्लाफाँटा नै भएको निकुञ्जको भनाइ छ ।

सरकारले सन् २०२२ सम्ममा बाघको सङ्ख्यामा दोब्बर बनाउने घोषणा गरेको छ । सन् २०१८ को गणनाअनुसार हाल नेपालमा २३५ बाघ छन् । बाघ दिवसका अवसरमा भीमदत्तनगर बजारमा बाघ बचाउन सचेतना ¥यालीका साथै सडक नाटकसमेत गरिएको छ ।

शुक्लाफाँटामा ६ हजार पर्यटक

त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा हालसम्मकै बढी आन्तरिक तथा विदेशी पर्यटक भित्रिएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले गत आर्थिक वर्षमा ६ हजार ६९ पर्यटकले शुक्लाफाँटा भ्रमण गरेको बताउनुभयो । तीमध्ये पाँच हजार ७४० स्वदेशी र ३२९ विदेशी पर्यटक रहेको निकुञ्जले जनाएको छ ।

त्यस्तै निकुञ्जभित्रका विभिन्न क्षेत्रमा वन्यजन्तुको पानीको प्यास मेटाउन कृत्रिम ताल निर्माण, सडक सुधार, प्राकृतिक तलाउहरुको सरसफाइ लगायतका कामहरु भएको प्रमुख संरक्षण अधिकृत पौड्यालको भनाइ छ ।

“राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा शुक्लाफाँटाको प्रचारप्रसार त्यति धेरै हुन सकेको छैन”, उहाँले भन्नुभयो, “भूगोलका हिसाबले पनि काठमाडौँबाट टाढा पर्ने भएकाले विदेशी पर्यटक यहाँ धेरै आउन सकेका छैनन् ।” गत आर्थिक वर्षमा शुक्लाफाँटा निकुञ्जले रु ८६ लाख २३ हजार राजश्व सङ्कलनसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले