२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बागलुङका किसानलाई आलुको बीउ पाउनै कठिन

२०७६, १४ श्रावण मंगलवार ०४:४६

तारानाथ | आचार्य साउन १४, बागलुङ | बागलुङका किसानलाई हिउँदमा लगाउने स्थानीय जातको आलुको बीउ अभाव देखिएको छ । गत चैत–वैशाखमा परेको असिनापानीका कारण वर्षे आलुको उत्पादन घटेकाले स्थानीय जातको आलुको बीउ अभाव भएको हो ।

विशेषगरी वर्षाको समयमा उत्पादन गरेर हिउँदे बीउ तयार गर्ने बागलुङको ताराखोला, भकुण्डे, दमेकको कालापाताललगायतका क्षेत्रमा यस वर्ष आलुको उत्पादन ह्वात्तै घटेको छ । उच्च पडाडी क्षेत्रमा लगाइने स्थानीय जातको आलुलाई हिउँदको समयमा किसानले समथर भू–भागमा लगाएर उत्पादन लिँदै आएका थिए । खेतबारीको काम सकेर हिउँदे जोहोमा लागेका किसान आलुको बीउ नपाएपछि चिन्तामा परेका छन् । 

“रोपाइँको मेसो सकियो अब गोड्ने बेला नहुञ्जेलसम्म आलुको बीउ खोजेर राखिन्थ्यो”,बागलुङको नारायणस्थानका किसान लालप्रसाद पौडेलले भन्नुभयोे, “अहिले त सधैँ लिन जाने ठाउँमा आलु नै फलेन भन्छन् ।”साउनमा ल्याएर भण्डारण गरेको आलु किसानले असोज, कात्तिकमा लगाउने गरेका थिए । यो वर्ष बीउ नपाएका कारण बाहिरबाट खरीद गरेर लगाउनुपर्ने अवस्था आएको किसान पौडेलले बताउनुभयो ।

बागलुङ नगरपालिका–१० भकुण्डेको आलु बलेवा, जैमिनी नगरपालिका र पर्वतको कुश्मा तथा फलेवास नगरपालिकासम्मका किसानले बीउको रुपमा प्रयोग गर्ने गरेका थिए । अहिले भकुण्डेमा आलुको उत्पादन शतप्रतिशतले घटेको किसान बताउँछन् । “पहिले–पहिले चार मुरी लगाएको ठाउँमा २० मुरी फल्थ्यो, कोही साटिन्थ्यो, कोही बेचिन्थ्यो”, भकुण्डेका आलु उत्पादक किसान चन्द्रवीर थापाले भन्नुभयोे, “अहिले त पाँच मुरी लगाएको ठाउँमा चार मुरी फलेको छ । आउनेलाई दिनु कि बीउ जोगाउनु ।” भकुण्डेको आलु विगतमा फल्ने जस्तो राम्रो पनि छैन, निकै साना दाना लागेको थापा बताउनुहुन्छ ।

 गत वर्ष झण्डै ४० हजार टन आलु उत्पादन भएको ताराखोलामा यस वर्ष बीउसमेत नउठेकाले बेँसीका किसानले बीउ पाउने छैनन् । ताराखोलामा प्रतिकिसानले हरेक वर्ष १५ देखि ९० क्विन्टलसम्म आलुको उत्पादन गर्दै आएका थिए । यो वर्ष भने चार-पाँच क्विन्टलसमेत नपुगेको किसानको गुनासो छ । आलुको बिरुवा हुर्किने बेलामा परेको असिनापानीले उत्पादन घटेको ताराखोला गाउँपालिका–५ करिमेलाकी नन्दी घर्तीले बताउनुभयो ।

आलुको बिरुवा हुर्किने बेलामा असिनापानी परेका कारण उत्पादनमा गिरावट आएको कृषि प्राविधिकहरु बताउँछन् । “बिरुवा मासियो भने जमीनमुनि आलु फल्दैन”, जैमिनी नगरपालिकाको कृषि शाखाका प्रमुख अर्जुनप्रसाद श्रेष्ठले भन्नुभयोे, “अहिले आलु राम्रो फलेको छैन, किचरा दाना हुनुको कारण असिनाले बिरुवा मास्नुनै हो ।” स्थानीय जातको आलुको स्वाद मिठो हुने भएकाले किसानले अन्नबालीसँग साटासाट गरेर आलुको बीउको जोहो गर्ने गरेका थिए ।

“धान, कोदो, मकैसँग साटिन्थ्यो, नभए पैसा लिएर बेचिन्थ्यो”, भकुण्डेका किसान थापा भन्नुहुन्छ, “अहिले त आफँैले लगाउने बीउ छैन, के बेच्नु, के साट्नु !” स्थानीय बजारमा हरेक वर्ष साउन लागेपछि नियमित प्रयोग गर्ने र बीउका लागि छुट्टाछुट्टै आलु गाउँबाट आउने गरेको भए पनि अहिले आलु नदेखिएको बागलुङ बजारका व्यवसायी नन्दप्रसाद घिमिरेले बताउनुभयो । स्थानीय आलु बागलुङमा पाथीको रु १५० देखि १७० सम्म बिक्री हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ