2026-10-27 12:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटन बर्ष २०२० लाई लक्षितगरी रारामा डुंगा थप्दै

दान बहादुर बुढा | साउन १४, मुगु | नेपालको ठूलो मुगु जिल्लामा रहेको ताल रारामा पछिल्लो समयमा पर्यटनको आर्कषण बढेसंगै नेपाल सरकारले देश ब्यापीपरुपमा २०२०लाई पर्यटन बर्ष मनाउने लक्ष्य पुरा गर्नको लागी  रारा तालमा हिलो आज धमाधम  नयाँ डुंगा  थपिदै छन ।

रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुको आर्थिक सहयोगमा २ वटा नयाँ ल्याएको छ भने एक लडमा १५ जना भन्दा बढी जना यात्रुलाई  यात्रा गर्न सकिर्ने यो बर्षमात्र डुंगा चालक र यात्रुलाई सुरक्षाको लागी १० बटा हेल्मेड,१०बटा प्याड,३० जना लाई प्रयोगहुने लाईफ जाकेट,  २ सोड सामान र नयाँ २  डुंगा  सहित रारा ताल सम्मको ढुवानि खरिद सहित २४ लाख रुपैया मूल्य बराबरको सामानको मुल्य रहेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लाल बहादुर भण्डारीले बताएका छन ।

भण्डारीका अनुसार केन्द्रीय सरकार ,प्रदेश सरकार ,स्थानिय सरकारले रारामा बिभिन्न थरिका कार्यक्रम, दिवस घोषण गरेपनि घोषणमा नै सिमित राखेका छन । रारा ताल बाहेक रारामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको लागी बासबस्ने राम्रो स्थान ,पदमार्ग, सुचान केन्द्र, सन्चार,बिद्युत लगाएत अन्य पुर्बाधारको ब्याबस्था गर्न नसकेको हुदाँ रारा घुम्न आउर्ने पर्यटकलाई निकै गाह्रो भईरहेको छ । रारामा घुम्न नेपाल सरकारका मन्त्री देखी उच्च पदसम्मका कर्मचारीहरु आउदा निकै ठूला गहकिला कुरा गर्छन रारा बाट र्फकेर गएपछि रारालाई भुल्ने गरेका छन ।जस्तो रारा छ, त्यस्तै  छ आफ्नो स्तरबाट केही गरौ भने पनि निकै गाह्रोहुने बताएका छन । 

उद्योग पर्यटन बन बातावरण मन्त्रालय कर्णाली प्रदेश सरकार डिभिजन बन कार्यालय मुगु बाट २ बटा डुंगा  ४ बटा पाईडल गरी १६ लाख ७० हजार मुल्य परेको पछिल्लो समयमा रारामा आन्तरिक तथा बाह्य  पर्यटकहरुको संख्या बढे पछि  डुंगा चढेर मनोरन्जन गरि फिर्ता जाने पर्यटकको गुनासो बढेको र नेपाल सरकारको लक्ष्य अनुसार पर्यटन बर्ष २०२० घोषणा मा पर्यटकको संख्या रारामा बिर्दी गर्ने उदेश्यले रारामा उद्योग पर्यटन बन बातावरण मन्त्रालय कणाली प्रदेश सरकारले २ नयाँ डुंगा ल्याएका  डिभिजन बन कार्यालय मुगुका प्रमुख भरत बुढथापाले बताएका छन ।

रारामा रहेका २ वटा पुराना डुंगा २ नयाँ रारा राष्ट्रिय निकुञ्ज बाट  २ वटा नयाँ डुंगा उद्योग पर्यटन बन बातावरण मन्त्रालय कणाली प्रदेश सरकार डिभिजन बन कार्यालय मुगु बाट २ गरि हिजो आज ६ वटा डुंगा रहेका छन । एक लडमा ६० जना भन्दाबढी रारा घुम्न आउर्ने पर्यटकहरुले डुंगा चढ्न पाउर्ने छन यस भन्दा अघिको समयमा २ वटा मात्र डुंगा  हुदाँ आधा भन्द बढी पर्यटकहरुले डुंगा  चढ्ने रहर हुदाँ हुदैँ पछि घर फिर्ता जाने गरेको र अबका दिनमा रारा घुम्न आउने जुनसुकै पर्यटकहरुले डुंगा  चढ्न पाउने  छन् |   दिनमा रारामा हावा चल्ने भएको हुदा बिशेषगरि बिहान ६ बजे बाट दिनको १२ बजे सम्म रारामा डुंगा  सन्चालनमा आउर्ने श्रीदल गुल्मका गुल्म पति रबि केसिले बताएका छन । 

रारा ताल समुन्द्रीय सतह देखी २  हजार ९ सय मिटरको उचाईमा रहेको यो रारा तालको ५.१ किमी लम्बाई २.७ किमि चौडाई र १६७ मिटरमा गहीरो रहेको छ | रारा अन्तराष्टिय महत्तवको सिमसार क्षेत्र घोषण मिती २०७४ असोज ६ गते रामसार क्षेत्रमा नम्बर १६९५मा रहेको रारा तालको आफ्नो फरक पहिचाहन बोकेको ताल हो यस लाई संरक्षण तथा पूर्वाधारको बिकास भएको खण्डमा पर्यटनको घुईचो लाग्र्ने र आर्थिक उन्नतीमा समेत बृदि हुर्ने देखिन्छ  |

रारा तालको छेउमा रहेको समुन्द्र सतह देखी ३ हजार ६ सय ३०तिस मिटरको उचाईमा रहेको मुर्माटप  रारा घुम्न आउनेहरुले मुर्माटप पूगे पछि बाजुरा ,जुम्ला ,हुम्ला ,कालीकोट ,अछाम ,मुगु र हुम्लामा रहेको  चंङखेली हिमाल ,छायानाथ हिमाल ,कोहिजि मरका हिमाल ,बुढीन्दा ,बडीमालीका हिमाल ,सैपाल हिमाल ,खेसमालिका हिमाल ,जस्ता धेरै हिमक्षृंखलाहरु मुर्माटप बाट देख्न सकिन्छ । 

रारा बाट २ घण्टा टाठा रहेको चुचेमारा लेक तिर जादा कस्तुरी ,भालु ,बदेल ,रेडपाण्डा ,निगाली बाघ ,जस्ता जनावर र कालीज डाफे,मुनाल,च्याखुरा , काडेभ्याकुड लागाय बिभिन्न जातका चरा चरचुरीङ्कगी ,२ सय भन्दा बढी प्रजातिका फूलहरु पाईन्छन |

 तस्बिरमा : मुगुको रारा ताल घुम्न आउने पर्यटकहरु डुंगामा रमाउदै |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने