२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको ककनी गाउँपालिका वडा कार्यालयमा आगजनी

१५ श्रावण २०७६, बुधबार ०५:१०

साउन १५, नुवाकोट  | नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा अज्ञात समूहले गए राति बम विस्फोट गराएका छन् । बम विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा कागजपत्र सबै जलेर नष्ट भएको वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ (बलामी)ले जानकारी दिनुभयो ।

 उहाँका अनुसार रातको ११ः४५ बजेको समयमा आएका पाँच-छ जनाको समूहले कार्यालयमा तोडफोड गरेर कागजात, कम्युटर, फर्निचरलगायतका सामग्री एकै स्थानमा राखेर आगजनीसहित बम विष्फोट गराएको पाइएको छ ।

 वडा कार्यालय सार्वजनिकस्थलमा संस्थाले बनाएको दुईकोठे पक्की भवनबाट सञ्चालन हुँदै आएको थियो । ठूलो आवाजसहितको विष्फोटले उक्त भवनको ढलानसमेत फुट्न पुगेको प्रहरी चौकी ओखरपौवाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यलयमा आगलागी भएको छ । आज बिहान भएको आगलागीबाट सम्पूर्ण कागजपत्रसहित वडा कार्यलय जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । 

आगलागी कसले ग¥यो भन्ने यकिन थाहा नभएको तर घटना शङ्कास्पद रहेको प्रहरीको भनाइ छ । ताल्चा काटेर आगो लगाएको र काटेको ताल्चा र ह्याक्सो ब्लेट फेला परेको प्रहरी निरीक्षक दर्नालले जानकारी दिनुभयो । आगो कसले र किन लगायो भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएकोे छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान