2026-07-09 05:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

जग्गा प्लटिङ्गका कारण सयौँ रोपनी जमिन बन्जरमा परिणत

जितेन्द्र खत्रि, भदौ १३, अर्घाखाँची / अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको खेती योग्य जमिन बन्जरमा परिणत भएको छ ।सदरमुकामको आसपासका क्षेत्रमा रहेको खेती योग्य जमिनमा प्लटिङ्ग गरी टुक्राए पछि   सयौँ रोपनी खेतीयोग्य जमिन बाझै पल्टिएको हो । योसमयमा लटरम्मै गहुँ र तरकारी खेतीले भरिभराउ हुने यहाँका मलिला फाँटहरु खाली बगरमा परिणत भई दिंदा लाखौंको क्षती हुने गरेको छ । जिल्लाका ठुला ठालुहरुले छोंटो समयमै अकुत रकम कमाउने उदेश्यले अव्यवस्थीत रुपमा सदरकुकाममा घडेरी पलटिङ्ग गर्दा सदरमुकाममा खेती योग्य जमिन भेट्टाउनै मुस्कील पर्न थालेको छ ।

जग्गा व्यवसायीहरुले सन्धिखर्ककका खेतीयोग्य फा“टहरुमा पलटिङ्ग गरेर साना साना टुक्रापारी घडेरी विक्री गर्दा सयौं रोपनी खेती योग्य जमिन बन्जरमा परिणत मात्र भएन दिन दिन घडेरी सम्याउने नाममा बजारको वीचमा संचालन गरिने भ्याकु, स्काभेटर, डोजर लगायतका भारी उपकरणका कारण जग्गा जमिनको भू– बनोट खलबलाउने कामभएको स्थानीय वासीन्दाको गुनासो छ ।

जग्गा व्यवसायी र कतिपय व्यक्तिहरुले व्यक्तिगत लाभका लागि सार्वजनिक जग्गा , खोला तथा खोल्सीहरु लाई सडक बनाएर आफ्नो नीजि जग्गालाइ मोटो रकम असुलेर घडेरीका रुपमा विक्रि गर्दै आएका छन् । कतिपय व्यक्तिहरुले त सार्वजनिक जग्गा विक्रि गर्ने तथा घर बनाउने समेत गरेको स्थानीय बासिन्दाको आरोप छ ।

चुत्रावेसी र सन्धिखर्कको वीचमा बग्ने वाँगी खोला , भद्रिखोला र घोंचेखोला अतिक्रमण गर्ने काम तिव्र गतिमा भएको छ । वगिरहेको खोलामा व्यक्तिहरुले तार जाली लगाएर घडेरी बनाउने काम गरेका छन् । खोलाको किनारामा रहेको दर्जनौ घरहरु सार्वजनिक जग्गामा निर्माण गरिएको स्थानीयको आरोप छ । वर्षातको समयमा बगर, ढाकेर वग्ने बागी खोलालाई अहिले ४–६ मिटरमा मात्र सिमित गरेर कुलाको रुपमा परिणत गरिएको छ । सदरमुकामको आसपासमा रहेका भिराला पाखाहरु भत्काउने र ्बागी खोलालाई अतिक्रमण गरेर सिमित ठाउमा कैद गर्ने काम भएको छ । जग्गा व्यवसायीहरु र व्यक्तिले जती नै सुकै जग्गा हडपे पनि यसतर्फ कुनै पनि निकायको चासो नपुगेको स्थानीय बासीनदाको गुनासो छ ।

सन्धिखर्कमा सुरु देखि वासोवास गर्दै आएका बुढापाकाहरु बाँगीखोला कम्तीमा पनि ३० देखि ४० मिटरको चौडाइमा वग्ने गरेको वताउछन् । जिल्लाका समाजसेवी र बुझ्रुक  भन्नेहरुले ४० मिटर क्षेत्रमा वग्ने खोलालाई ४–६ मिटरमा मात्र सिमित गरी पानी वग्ने ठाउमा वाल लगाएर मेरो आफ्नै  जग्गा हो भन्दै बहादुरी गरेर घडेरी निमार्ण गर्नु लाई स्थानीय वासीन्दाहरुले चरम दण्डहिनताको रुपमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो