२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

जग्गा प्लटिङ्गका कारण सयौँ रोपनी जमिन बन्जरमा परिणत

१३ भाद्र २०७२, आईतवार ०१:११

जितेन्द्र खत्रि, भदौ १३, अर्घाखाँची / अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको खेती योग्य जमिन बन्जरमा परिणत भएको छ ।सदरमुकामको आसपासका क्षेत्रमा रहेको खेती योग्य जमिनमा प्लटिङ्ग गरी टुक्राए पछि   सयौँ रोपनी खेतीयोग्य जमिन बाझै पल्टिएको हो । योसमयमा लटरम्मै गहुँ र तरकारी खेतीले भरिभराउ हुने यहाँका मलिला फाँटहरु खाली बगरमा परिणत भई दिंदा लाखौंको क्षती हुने गरेको छ । जिल्लाका ठुला ठालुहरुले छोंटो समयमै अकुत रकम कमाउने उदेश्यले अव्यवस्थीत रुपमा सदरकुकाममा घडेरी पलटिङ्ग गर्दा सदरमुकाममा खेती योग्य जमिन भेट्टाउनै मुस्कील पर्न थालेको छ ।

जग्गा व्यवसायीहरुले सन्धिखर्ककका खेतीयोग्य फा“टहरुमा पलटिङ्ग गरेर साना साना टुक्रापारी घडेरी विक्री गर्दा सयौं रोपनी खेती योग्य जमिन बन्जरमा परिणत मात्र भएन दिन दिन घडेरी सम्याउने नाममा बजारको वीचमा संचालन गरिने भ्याकु, स्काभेटर, डोजर लगायतका भारी उपकरणका कारण जग्गा जमिनको भू– बनोट खलबलाउने कामभएको स्थानीय वासीन्दाको गुनासो छ ।

जग्गा व्यवसायी र कतिपय व्यक्तिहरुले व्यक्तिगत लाभका लागि सार्वजनिक जग्गा , खोला तथा खोल्सीहरु लाई सडक बनाएर आफ्नो नीजि जग्गालाइ मोटो रकम असुलेर घडेरीका रुपमा विक्रि गर्दै आएका छन् । कतिपय व्यक्तिहरुले त सार्वजनिक जग्गा विक्रि गर्ने तथा घर बनाउने समेत गरेको स्थानीय बासिन्दाको आरोप छ ।

चुत्रावेसी र सन्धिखर्कको वीचमा बग्ने वाँगी खोला , भद्रिखोला र घोंचेखोला अतिक्रमण गर्ने काम तिव्र गतिमा भएको छ । वगिरहेको खोलामा व्यक्तिहरुले तार जाली लगाएर घडेरी बनाउने काम गरेका छन् । खोलाको किनारामा रहेको दर्जनौ घरहरु सार्वजनिक जग्गामा निर्माण गरिएको स्थानीयको आरोप छ । वर्षातको समयमा बगर, ढाकेर वग्ने बागी खोलालाई अहिले ४–६ मिटरमा मात्र सिमित गरेर कुलाको रुपमा परिणत गरिएको छ । सदरमुकामको आसपासमा रहेका भिराला पाखाहरु भत्काउने र ्बागी खोलालाई अतिक्रमण गरेर सिमित ठाउमा कैद गर्ने काम भएको छ । जग्गा व्यवसायीहरु र व्यक्तिले जती नै सुकै जग्गा हडपे पनि यसतर्फ कुनै पनि निकायको चासो नपुगेको स्थानीय बासीनदाको गुनासो छ ।

सन्धिखर्कमा सुरु देखि वासोवास गर्दै आएका बुढापाकाहरु बाँगीखोला कम्तीमा पनि ३० देखि ४० मिटरको चौडाइमा वग्ने गरेको वताउछन् । जिल्लाका समाजसेवी र बुझ्रुक  भन्नेहरुले ४० मिटर क्षेत्रमा वग्ने खोलालाई ४–६ मिटरमा मात्र सिमित गरी पानी वग्ने ठाउमा वाल लगाएर मेरो आफ्नै  जग्गा हो भन्दै बहादुरी गरेर घडेरी निमार्ण गर्नु लाई स्थानीय वासीन्दाहरुले चरम दण्डहिनताको रुपमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ